विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने
गाेरखापत्र अनलाइनकाठमाडाैं, जेठ १६ गते । मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरेको छ । संविधानसभा सदस्य (२०६४–६९) समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको उल्लेखनीय योगदानका लागि मानवअधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७९ मङ्सिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा एक लाख १० हजार रूपियाँ पुरस्कार राशी र सम्मानपत्रसहित उहाँलाई पुरस्कृत गरिनेछ ।तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ पर्नुभएका विनोद पहाडी डा. भीमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भइसक्नुभएको छ ।पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष , नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल (२०५३–५८)मा सभापति रहिसक्नुभएको छ ।
दार्चुलामा बृहत साहित्यिक महोत्सव
लोकेन्द्र जोशीदार्चुला, जेठ १४ गते । दार्चुलामा दुई दिने बृहत साहित्यिक महोत्सवले रौनकता छाएको छ । दार्चुला साहित्य समाजको आयोजनामा शुक्रबारदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको आँगन जिल्ला सदरमुकाम खलंगामा साहित्यिक महोत्सव सुरु भएको हो ।अमेरिकास्थित तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षतामा सुरु भएको महोत्सवमा देशकै चर्चित साहित्यकारहरुका साथै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मरराज जोशी, महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीरलगायत जनप्रतिनिधि, समाजसेवी, साहित्यप्रेमी, बुद्धिजिवस्हरुको उपस्थिति छ । महोत्सवमा जिल्लाका नौँ वटै स्थानीय तहका मौलिक संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकार, लेखक तथा प्राज्ञहरुको उपस्थितिले दार्चुलाको वातावरण साहित्यमय बनेको महोत्सवमा सहभागिहरुले बताउनुभएको छ ।महोत्सवमा शिक्षकद्वय नरेन्द्र बडाल र लाकेन्द्रबहादुर बमको संयुक्त मुक्तक संग्रह ‘छुटेका यादहरु’ विमोचन गरिएको छ । यस्तै साहित्यकार किशन धामीको अंग्रेजी संस्करण एटलान्टिकका भंगालहरुको पनि विमोचन गरिएको लेकम लोकेन्द्र बमले बताउनुभयो ।जिल्ला बाहिरबाट आएका लेखक र साहित्यकारहरुले दार्चुलाको मौलिक कला र संस्कृतिको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।
मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार स्थापना
काठमाडौँ, जेठ १४ गते । मदन भण्डारी फाउण्डेशनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ । सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्तिमा सहयोग हुने गरी लोकतान्त्रिक सामाजिक न्यायको क्षेत्र विशेषतः हिंसा तथा विभेदरहित समाज निर्माण, पर्यावरण र सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण, मानवअधिकार, सार्वजनिक शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच, न्यायमा पहुँच, मर्यादित जीवनको लागि निरन्तर कार्यरत व्यक्ति वा संस्थालाई पुरस्कृत गर्नु यस पुरस्कारको मूल उद्देश्य सो संस्थाले जनाएको छ । यस वर्ष समाज परिर्वतन र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएका व्यक्ति/संस्थालाई प्रदान गर्ने भएकाले राष्ट्रिय पुरस्कारको लागि आवेदन आह्वान गरिएको फाउण्डेशनका सचिव पेमा लामाले जानकारी दिनुभयो । विसं २०६८ देखि हरेक वर्ष जननेता मदन भण्डारीको जन्मजयन्ती (असार १४ गते) को अवसरमा रु एक लाख राशिकै मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान हुँदै आएको छ । नेपालको राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा सहयोग हुने गरी आर्थिक समुन्नति तथा अवसरको समन्यायिक वितरणका क्षेत्रमा अध्ययन, अनुसन्धान, उद्यमशीलता, आविष्कार, नवप्रवर्तन र राष्ट्रिय पुँजी निर्माणका लागि योगदान पु¥याउने व्यक्ति/संस्थाको पहिचान गरि पुरस्कृत गर्नु रहेको जनाइएको छ । यस वर्ष राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कृषि क्षेत्रमा नवीन प्रयोग गरेको व्यक्ति/संस्थालाई प्रदान गर्ने निर्णय भएकाले आवेदन माग गरिएको छ ।
नेपाल मिथिला येँ ग्यालरीमा 'लाइभ डेमोन्स्ट्रेसन'
काठमाडौं, जेठ १३ गते । नेपाल मिथिला येँ ग्यालरीमा 'लाइभ डेमोन्स्ट्रेसन' कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विधाका पाँच जना कलाकारहरुले 'लाइभ डेमोन्स्ट्रेसन' गर्नुभएको हो । हामीलाई कलाकृति हेर्न र किन्न सजिलो लाग्छ तर यो बनाउन कति परिश्रम लाग्छ देखाउनका लागि यो कार्यक्रमको आयोजना गरेको मिथिला येँका सञ्चालक श्याम सुन्दर यादवले बताउनुभयो । यस्तै, कार्यक्रमको उद्घघाटन पूर्व राजदूत डा. सुरेश चन्द्र चालिसेले गर्नुभएको हो भने प्रमुख अतिथिको रुपमा कला लेखक तथा कलाकार तीर्थ निरौला र वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य हुनुहुन्थ्याे ।कार्यक्रममा भक्तपुरका श्याम प्रजापति, अमेरिकाका जेजी विल्स, भारतबाट बन्धना सिंह, महेश आचार्य र बंगालादेशबाट मह्मुदा असफरा मिमले ‘लाइभ डेमोन्स्ट्रेसन’ देखाउनुभएको हो ।यस कार्यक्रमको मूल उद्धेश्य भनेकै कला सजिलो काम हैन, यसमा धेरै मिहिनेत र परिश्रम लाग्ने देखाउन गरिएको यादवको भनाइ छ ।
कृष्ण सेन 'इच्छुक'काे सपना पूरा हुने दिशामा छ: माओवादी अध्यक्ष प्रचण्ड
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहिद कृष्ण सेन 'इच्छुक'लगायतले देखाएको सपना पूरा हुने दिशामा रहेको बताउनुभएको छ ।क्रान्तिकारी पत्रकार महासंघ र जनसांस्कृतिक महासंघद्वारा संयुक्त रूपमा २० औं सहिद कृष्ण सेन 'इच्छुकु' स्मृति तथा सांस्कृतिक वलिदान दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलिरहेको स्मरण गर्नुभयो ।उहाँले पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागेको सहिद सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।'म अध्यक्ष भए पनि उहाँको कुरा सुन्दा कुनै असाधारण व्यक्तिको दर्शन, विचार, प्रवचन सुनेको जस्तो हुन्छु' अध्यक्ष प्रचण्डले भन्नुभयो, 'उहाँ समाजवादको लागि वलिदान दिएर मर्नुभए पनि हामीसामू सँधै हुनुहुनेछ ।'कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताको लागि वकालत गर्न सँधै लागिपर्ने बताउनुभयो ।सो कार्यक्रममा जनही ५० हजार रूपियाँ नगदसहित कृष्णसेन इच्छुक स्मृति पुरस्कार पत्रकारद्वय महेश्वर दाहाल र गोविन्द आचार्यलाई र जनही २५ हजार रूपियाँ नगदसहित शक्ति तारा स्मृति पुरस्कार पत्रकारद्वय वलराम थापा र लक्ष्मी पुनलाई प्रदान गरिएको छ ।यसअघि सहिद सेनको स्मृतिमा काठमाडौंमा प्रभातफेरि निकालिएको थियो। तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेर सहिद सेनले जनादेश साप्ताहिकका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर पत्रकारिता गर्नुभएको थियो ।उहाँको ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरि’, तथा ‘इतिहासको यस घडीमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन् ।सेनलाई २०५८ जेठ ६ गते काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट पुलिसले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा लगेर एक हप्तासम्मको चरम यातना दिएपछि जेठ १३ गते मृत्यु भएको बताइन्छ ।
‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ ।
साहित्य सन्ध्याको ४२८औँ शृङ्खला सम्पन्न
विगत दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएको साहित्य सन्ध्याको ४२८औँ शृङ्खला विशेष गोष्ठीसहित ‘मीमांसा दर्शन र प्रगतिशीलता’ विषयमा परिचर्चा आयोजना गरी सम्पन्न गरिएको छ ।
परिवेश कथा संग्रह सार्वजनिक
साहित्यकार लीला झाद्वारा लिखित पुस्तक परिवेश बजारमा आएको छ । आज एक समारोहका बीच राष्ट्रिय मानव अधिकार आयोगको सदस्य लिलि थापाले कथा संग्रह परिवेशको विमोचन गर्नु भयो ।
उषा ठाकुर र तारानाथ दाहाललाई 'भद्र घले पदक'
काठमाडौं, जेठ ९ गते । प्रा.डा.उषा ठाकुर र तारानाथ दाहाललाई यो वर्षको 'भद्र घले पदक' प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनबाट गठित 'विश्वनारी नेपाली साहित्य सम्मेलन' र 'सत्यमोहन जोशी शताब्दी महोत्सव'को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा उल्लेखनीय योगदानका लागि पदक प्रदान गरिएको हो।यस्तै, दाहालले त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि योगदान पुर्याउनुभएकोमा यस पदकबाट सम्मान गरिएको हो । भद्र घले पदकको राशि २५ हजार रूपियाँ रहेको छ । जेठ २१ गते त्रिमूर्ति दिवसकाे अवसर पारेर गोविन्दराज विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार, श्रीमती मिथिला शर्मालाई बालकृष्ण सम पुरस्कार, शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कारका साथै ५९ जनालाई सत्यमोहन जोशी शताब्दी पदक र दुई जनालाई भद्र घले पदक प्रदान गरिने बताइएको छ । यसअघि नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, खनूप्रुदे ‘रामबाबू’, शताब्दी पुरुष डा.सत्यमोहन जोशी, हरिहर विरही, डा. मोदनाथ प्रश्रित, प्रा.ठाकुर पराजुली, केके कर्माचार्य, सलोमी लेप्चा तिमोथी र प्रा.डा.गार्गी शर्मालाई 'भद्र घले पदक' बाट सम्मान गरिएको थियो ।