तत्कालीन शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप
दाङको श्री प्राथमिक विद्यालय, गलटाकुरीका तत्कालीन शिक्षक भीम कुमार डिसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ ।
भरुवा बन्दुक, बारुद र छर्रासहित एक जना पक्राउ
प्रहरीले धरानबाट भरुवा बन्दुक एक थान, बारुद र छर्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राई रहेका छन् ।
महिलालाई भारतमा विक्री गर्ने सिलवाल तीस वर्षपछि पक्राउ
३० वर्षपछि मानव बेचबिखन मुद्दाका फरार प्रतिबादीलाई सिन्धुपाल्चोक प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ ।
नगर प्रमुखसहित नौ जनाविरुद्ध २६ करोडको भ्रष्टाचार मुद्दा
ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख गजेन्द्र महर्जनसहित नौ जनाविरुद्ध २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बालिकाको शङ्कास्पद मृत्यु, प्रहरीलाई जानकारी नदिई दाहसंस्कार
सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीमा एक बालिकाको हत्या भएको आशङ्का गरिएको छ । जेठ ४ गते हरिनगर गाउँपालिका-७ घुस्कीका रामचन्द्र सरदारकी १५ वर्षीया छोरी लक्ष्मी कुमारी सरदारको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।
लागूऔषधसहित दुई युवक पक्रउ
लागूऔषधसहित प्रहरीले तनहुँका दुई युवकलाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।
एक अर्ब ५१ करोड रुपियाँ ठगी गरेको आरोपमा एक पक्राउ
एक अर्ब ५१ करोड रुपियाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
सुनसरीबाट एक करोड एक लाखसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।
लागूऔषधसहित ६ जना पक्राउ
अत्तरियाको एक होटलबाट लागूऔषध (खैरो हिरोइन) सहित पाँच जना युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका –२ बसपार्क रोडस्थित डोटी–बैतडी होटलको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा ती युवाहरु पक्राउ परेका हुन् ।
वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न
अवैध सिकार तथा वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी शुक्रबार यहाँ सम्पन्न भएको छ ।
वडाध्यक्षको फेसबुक ह्याक गरी अनलाइनबाट ठगी गर्ने पक्राउ
तनहुँको एक जना वडाध्यक्षको फेसबुक ह्याक गरी अनलाइनको माध्यमबाट पटक–पटक ठगी गर्ने प्रहरी फन्दामा परेका छन् ।
५३ बोरा सुपारीसहित बोलेरो नियन्त्रणमा
झापा प्रहरीले राजस्व छलेको ५३ वटा बोरा सुपारीसहित बोलेरो नियन्त्रणमा लिएको छ । नेपालमा उत्पादित उसिनेको दुई हजार ३७८ केजी सुपारीसहित प्रदेश १–०१–००१ च ७१२५ नम्बरको पिकअप बोलेरो र गाडी चालक बुद्धशान्ति गाउँपालिका ३ बस्ने ४१ वर्षीय युवराज उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सब–इन्जिनियर भट्टराई र अर्याल घुस रकमसहित नियन्त्रणमा
पर्यटन विकास आयोजना एकाइ कार्यालय, काठमाडौंका सब–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याल घुस रकमसहित पक्राउ परेका छन्।
राँझा विमानस्थलबाट १८ लाख बराबरको मोबाइल डिस्प्ले बरामद
बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका २० स्थित राँझा विमानस्थलबाट १८ लाख रुपियाँ बराबरको मोबाइलको कम्बो डिस्प्ले बरामद गरेको जनाएको छ ।
बलात्कार आरोपमा एक पक्राउ
गोरखामा नाबालिका बलात्कार गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ बस्ने ४५ वर्षीय भगीरथ भन्ने कृष्ण प्रसाद सोडारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारी रकम हिनामिनाको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै
छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
लागूऔषधसहित एक युवक पक्राउ
तनहुँमा प्रहरीले दुई किलो गाजाँसहित एक युवकलाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ड्युटीमा खटिएको प्रहरी टोलीले युवालाई पक्राउ गरेको हो ।
दाइको हत्या अभियोगमा भाइ पक्राउ
जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ ।
वित्तीय अपराधको प्रभावकारी नियन्त्रण
सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्याङ्कन प्रणाली अवलम्वन गर्ने भएको छ ।
छात्रालाई करणी गर्न खोज्ने युवक पक्राउ
ताप्लेजुङमा एक किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् । विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी (छात्रा) लाई बाटोमै जबरजस्ती करणी गर्न खोज्ने फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २० वर्षीय बिक्रम तामाङ पक्राउ परेका हुन् ।
गोरु हत्या अभियोगमा दुई पक्राउ
पाल्पामा गोरु हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
जुवाको खालबाट २२ जना पक्राउ
नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
दुईपाङ्ग्रे सवारीसाधन चोरीका घटना बढ्दै
सङ्घीय राजधानी काठमाडौँ उपत्यकासँगै जोडिएको प्रमुख व्यापारिक केन्द्र बनेपामा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढ्न थालका छन् ।
सडेको अवस्थामा बेवारिसे शव फेला
ओखलढुङ्गामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।