बोलेरो गाडीसहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट कागजपत्र बिनाको चोरी गरेर ल्याएको बोलेरो गाडी चालकसहित पक्राउ गरेको छ ।
गाउँपालिकाका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्व मोहन प्रसाद यादवसहित १४ जनाविरुद्ध १४ लाख ५१ हजार ५५१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्राइम सहकारी ठगी प्रकरणः ६६ जनाविरुद्ध मुद्दा दायर
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपियाँ बिगो माग दाबीसहित ६६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो ।
आमाको हत्या अभियोगमा छोरा पक्राउ
आमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ६८ वर्षीया आमा निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरुण गाउँपालिका–४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सेनामा भर्ती गराइदिन्छु भनी ठग्ने थापा पक्राउ
नेपाली सेनामा भर्ती गरिदिन्छु भनी ठगी गरेको आरोपमा एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ बस्ने २७ वर्षीय धर्मराज थापा रहेको प्रहरीले जनाएको छ ।
जीवित बुवाको मृत्यु दर्ता अनि आमाको अर्कैसँग विवाह दर्ता
मोरङको रतुवामाई नगरपालिको ७ नं.वडाका पवन लिम्बूले जीवित बुवाको मृत्यु दर्ता गरेर आमाको अर्कैसँग विवाह दर्ता गराएका छन् । पवनले जीवित बुवा जितबहादुर लिम्बुको मृत्यु भएको भनी घटना दर्ता गराएर आमा होमादेवी लिम्बुलाई पदमबहादुर लिम्बुसँग विवाह दर्ता गराएका हुन् ।
नेपाली ठग्न ‘हाइपर फन्ड’ को जालो
भर्चुअल मुद्रा ‘हाइपर फन्ड’ मा लगानी गरे २० गुणासम्म फाइदा हुने प्रलोभनमा परी काठमाडौँ बस्दै आउनुभएकी इलामकी ६४ वर्षीय कमला न्यौपाने (नाम परिवर्तन) ले २९ लाख ३८ हजार रुपियाँ गुमाउनुभयो । सामान्य मोबाइलसमेत चलाउन नजान्ने न्यौपानेले सो रकम छिमेकीमार्फत ‘हाइपर फन्ड’ मा लगानी गर्नुभएको थियो । सन् २०२१ मा वैदेशिक रोजगारीका क्रममा इजरायल पुग्नुभएकी दोलखा जिरीकी नुर्वु शेर्पा (नाम परिवर्तन) का दम्पतीले सम्पूर्ण कमाइ एक करोड ३६ लाख २४ हजार ‘हाइपर फन्डमा गुमाउनुभयो । यही कारण परिवारमा बेमेल बढ्ने डरले शेर्पा आफ्नो पीडा खुलेर भन्नसमेत सक्नुहुन्न ।
सात करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा स्वायर सहकारीका अध्यक्ष पक्राउ
स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नक्कली नोटसहित दुई जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
त्रिभुवन विमानस्थलबाट सुनसहित चार जना पक्राउ
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरु भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेले उद्घाटन गर्नुभयो ।
नारायणी नदीबाट अवैध रुपमा निकालिँदै गिट्टी बालुवा
गैँडाकोट –२ थुम्सीनजिक नारायणी नदीमा दर्जनौं सङ्ख्यामा जेसिभि, एक्साभेटर र टिप्पर प्रयोग गरेर दोहन गरिएको छ। सोही ठाउँबाट नवलपुर प्रहरीले यसअघि १० वटा टिप्पर नियन्त्रणमा लिएको थियो ।
सरकारी गाडीमा आगजनी
शुल्कवृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थीले विराटनगरमा एउटा सरकारी गाडीमा आइतबार आगजनी गरेका छन् । विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसनजिक कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् ।
रसिया पठाइदिने भन्दै १० लाखभन्दा बढी ठगी गर्ने पक्राउ
रौतहटको यमुनामाई गाउँपलिका वडा नं. २का विद्यार्थी भिसाम रसिया पठाइदिन भन्दै १० लाखभन्दा बढी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्राउन सुगरसहित पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका-१७ लोकप्रिय मार्गबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।
बलात्कार गरेको आरोपमा एक पक्राउ
नाबालिकालाई बलात्कार गरेको आरोपमामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भवानी गाउँपालिका –५, पर्सा बस्ने २० वर्षीय मुकेश पासवान भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कारको ठक्करबाट साइकलयात्रीको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी –७ मा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बिहीबार राति ९ः४० बजेतिर पश्चिमबाट पूर्व जाँदैगरेको मोरङको पथरीशनिश्चरे ५ का ७० वर्षीय साइकलयात्री बन्दु चौधरीलाई कारले ठक्कर दिदाँ चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक गुप्ता अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बचेनप्रसाद गुप्तालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
११ जनाको नक्कली नागरिकता रद्द
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ ।
ठग ठेकेदार: समय सकियो पुल निर्माण सुरु भएन
सहिद मार्ग अन्तर्गत पर्ने रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकामा दुई सडक पुल निर्माण कार्य अवधि सकिन्न लाग्दासम्म पनि काम सुरसार नै गरिएको छैन । दाङ–रोल्पा–रुकुमपूर्व–डोल्पा सहिद मार्ग खण्डमा पर्ने पुथाउत्तरगङ्गा–१० र ११ मा पर्ने उत्तर गङ्गा नदी र सोही गाउँपालिकाको १३ मा पर्ने घट्टे खोलाको सडक पुल निर्माण कार्य ठेकेदारले सुरु गर्न सकेको छैन ।
स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ
सूर्यविनायक नगरपालिका–१० भातेढिकुरबाट स्रोत नखुलेको ६९ लाख पाँच हजार रूपियाँसहित चार जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।
सडक दुर्घटना न्यूनीकरण गर्न सबैको साथ आवश्यक : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रबाट सकारात्मक पहलकदमी हुनुपर्नेमा जोड दिनुभएको छ ।