नेपाललाई केन्याको मध्यम लक्ष्य
केन्याविरुद्ध टी–२० सिरिनको पहिलो खेलमा नेपाललाई घरेलु टोली केन्याले जितका लागि ३१ रनको लक्ष्य दिएको छ । नैरोबी स्थित जिमखान क्लब क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३० रन बनायो ।
एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड यसै मिहना
एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहिबार पत्रकार सम्मेलन गरी अवार्ड बारे जानकारी दिएको हो ।
केन्याविरुद्ध पहिले बलिङ गर्दै नेपाल
केन्याविरुद्धको पहिलो टी–२० खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ । नैरोबी स्थित जिमखान क्लबको मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो । पाँच खेलको टी–२० सिरिजमा नेपाल सुखद सुरुवात गर्ने अभियानमा छ ।
नेपाल टी–२० लिगका लागि जनकपुरको तयारी
सेप्टेम्बर २२ देखि कामठाडौंमा आयोजना हुने नेपाल प्रिमियर लिगका लागि जनकपुर रोयल्सले आन्तरिक तयारी सुरु गरेको छ । क्रिकेट संघ मधेश प्रदेशले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी सहभागिता र तयारी बारे जानकारी दिएको हो ।
‘केन्या भ्रमण स्तर सुधारको अवसर’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमण नेपाली क्रिकेट खेलाडीको स्तर सुधारको अवसर भएको बताउनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आयोजना गरेको खेलाडी विदाइ कार्यक्रममा प्रशिक्षक प्रभाकरले टोलीमा युवा खेलाडी रहेकोले एक दुई दिनमै सोचे जस्तो नहुने बताउनुभयो ।
क्यान र क्रिकएचक्युबीच सम्झौता
नेपाल क्रिकेट संघ (क्यान)ले न्युजिल्यान्डको क्रिकएचक्युसँग सम्झौता गरेको छ । क्यानले शनिबार विज्ञप्ती निकाल्दै क्रिकएचक्युसँगको सम्झौताले सबै तहका क्रिकेटको डिजिटलाइजेसन, लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकासमा मद्दत पुग्ने उल्लेख गरेको छ ।
क्रिकेटर अमितलाई ‘आइटेल’ मोबाइलको साथ
नेपाली युवा क्रिकेटर एवं नेपाल पुलिस क्लबका ब्याट्सम्यान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको ‘आइटेल’ ले प्रायोजन सहयोग गरेको छ ।
दुई तीन महिनामा ब्याटिङ समस्या सुधार्ने प्रशिक्षक प्रभाकरको प्रतिबद्धता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका देखिएको सदाबहार ब्याटिङ समस्या दुई देखि तीन महिनामा सुधार गर्ने बताउनु भएको छ ।
क्रिकेट प्रशिक्षक प्रभाकर आइपुग्नुभयो
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर शनिबार साँझ नेपाल आइपुग्नुभएको छ । नेपाल क्रिकेट संघ क्यानले साउन २३ गते उहाँलाई नेपालको प्रशिक्षकमा नियुक्त गरेको थियो ।