खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोईराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो ।
आयोजक मलेसियालाई हराउँदै यूएई च्याम्पियन
आयोजक टोली मलेसियालाई फाइनलममा पाँच विकेटले पराजित गर्दै एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेटको उपाधि संयुक्त अरव इमिरेट्स (यूएई)ले जितेको छ ।
नेपाल हङकङसँग पराजित
एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल मैदानमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भयो ।
बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत दर्ता गराएको छ ।
कप्तान कृतिका र आश्मा बुटवलमा सम्मानित
नेपाली यू–१९ राष्ट्रिय टोलीका दुई जना महिला क्रिकेटर बुटवलमा सम्मानित हुनुभएको छ । बुटवल क्रिकेट विकास समितिले बुटवलबाट राष्ट्रिय युवा टोलीमा स्थान बनाएर उत्कृष्ट प्रदर्शन गर्न सफल यू–१९ राष्ट्रिय टोलीकी कप्तान कृतिका मरासिनी र आश्मा पुलामीलाई जनही १० हजार ५ सय रुपियाँ सहित सम्मानपत्रबाट सम्मान गरेको हो ।
नेपालको लगातार दोस्रो जित
नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हरायो ।
नेपालको सुखद सुरुवात
नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेटमा सुखद सुरुवात गरेको छ । मलेसिया स्थित युकेएम एसडी क्रिकेट ओभल बांगीमा शुक्रबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हरायो ।
आइसिसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग पराजित
आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो ।
आईसीसी विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालको सानदार जित
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा नेपालले ओमानलाई सात विकेटले हरायो ।