• ७ जेठ २०८१, सोमबार

नेपाललाई केन्याको मध्यम लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ ९ गते । केन्याविरुद्ध टी–२० सिरिनको पहिलो खेलमा नेपाललाई घरेलु टोली केन्याले जितका लागि ३१ रनको लक्ष्य दिएको छ । नैरोबी स्थित जिमखान क्लब क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३० रन बनायो ।

केन्याका लागि इफरान करिमले सर्वाधिक ३४ रन बनाउनुभयो । लुकास अलुओचले ३१, नेल्सन ओढीयाम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाउनुभयो ।

बलिङमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिनुभयो । कप्तान सन्दीप लामिछानेले दुई तथा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।