• ७ जेठ २०८१, सोमबार

नेपाल टी–२० लिगका लागि जनकपुरको तयारी

blog

नेपाल टी–२० क्रिकेट लिगबारे जानकारी दिँदै जनकपुर रोयल्सका पदाधिकारी । तस्बिर : गोरखापत्र

धर्बेन्द्र झा 

धनुषा, भदौ ७ गते । सेप्टेम्बर २२ देखि कामठाडौंमा आयोजना हुने नेपाल प्रिमियर लिगका लागि जनकपुर रोयल्सले आन्तरिक तयारी सुरु गरेको छ । क्रिकेट संघ मधेश प्रदेशले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी सहभागिता र तयारी बारे जानकारी दिएको हो ।

टिमका संचालक एवं भारत जयपुर गोल्ड स्पोर्ट्स प्रालिका निर्देशक गौरी शंकर धवानीले नेपाल क्रिकेट संघ (क्यान) सँग सो टिमका लागि आठ वर्षको सम्झौता भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा क्रिकेट संघ मधेश प्रदेशका अध्यक्ष हिरा भगतले भारत जयपुर गोल्ड स्पोर्ट्स प्राइभेट लिमिटेडले आफनो टिमको नाँउ जनकपुर रोयल्स राखेकोमा धन्यवाद दिनुभयो । यसले जनकपुरधामको खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिने पनि बताउनु भयो । 

नेपाल टी–२० क्रिकेट लिगमा ६ टोलीको सहभागिता रहनेछ । चार टोलीको सहभागिता सुनिश्चित भईसकेको छ । क्यानले कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताको आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ ।