डिजिटल मुद्रा प्रचलनका लागि कानुन र संयन्त्र आवश्यक
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज १४ गते ।डिजिटल मुद्रा प्रयोगमा ल्याउन विद्यमान कानुनी व्यवस्थामा पर्याप्त सुधार तथा छुट्टै संयन्त्र आवश्यक पर्ने देखिएको छ । सार्वजनिक छलफलका लागि नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सीबीडीसी) ः नेपालका लागि नीतिगत लक्ष्य र डिजाइनको उपयुक्त पहिचान’ नामक सोचपत्रले विद्यमान कानुनी व्यवस्थाअनुसार डिजिटल मुद्रा जारी गर्न नसकिने भएकाले यसमा संशोधन आवश्यक रहेको उल्लेख गरेको हो । विद्यमान नेपाल राष्ट्र बैङ्क ऐनले केन्द्रीय बैङ्कले बैङ्क नोट र सिक्का मात्र जारी गर्न पाउने तथा केन्द्रीय बैङ्कले व्यक्तिगत, सङ्घसंस्था र राजनीतिक दलको खाता सञ्चालन गर्न पाउने व्यवस्थामा रोक लगाएकाले यसमा संशोधन आवश्यक रहेको सोचपत्रमा औँल्याइएको छ । त्यस्तै मुद्राको विद्यमान परिभाषालाई सीबीडीसी पनि परिभाषित हुने गरी व्यवस्था गर्नुपर्ने उक्त सोचपत्रमा उल्लेख गरिएको छ । यसबाहेक बैङ्क तथा वित्तीय संस्था ऐन (बाफिया) २०७३, कम्पनी ऐन, कर कानुनलगायतमा पनि संशोधन आवश्यक पर्ने सुझाव सोचपत्रले दिएको छ । डिजिटल मुद्राको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सोचपत्रले डिजिटल डेटा सुरक्षाको पनि छुट्टै कानुन आवश्यक पर्ने जनाएको छ । डिजिटल मुद्रा कार्यान्वयनमा ल्याउन राष्ट्र बैङ्कले एउटा छुट्टै समूह अथवा संयन्त्र बनाउनुपर्ने उल्लेख छ । यसरी संयन्त्र निर्माण गर्दा राष्ट्र बैङ्कअन्तर्गतका सरोकारवाला विभागका सदस्यसहितको संलग्नता हुनुपर्ने जनाइएको छ । यस किसिमको संयन्त्र सुरुको चरणमै आवश्यक नपरे पनि डिजिटल मुद्रा कार्यान्वयनमा आएपछि भने आवश्यक पर्ने सोचपत्रले देखाएको छ । सञ्चालन प्रक्रियासँग सम्बन्धित समस्या समाधान गर्न सक्ने अधिकारसहित यस्तो संयन्त्रको परिकल्पनाले सोचपत्रले गरेको छ । सोचपत्रले सीबीडीसीका लागि रणनीतिक योजना आवश्यक पर्ने र त्यसलाई सहयोग पुग्ने गरी सम्भाव्यता अध्ययन हुन जरुरी ठानेको छ । सीबीडीसी कार्यान्वयनमा अर्थतन्त्रमा पर्ने भार तथा लाभ र स्रोतको उपयोगका सन्दर्भमा यस्तो अध्ययन आवश्यक पर्ने उल्लेख छ । यसबाहेक सुरक्षित सीबीडीसी प्रणाली, उपयुक्त नीतिगत व्यवस्था र राष्ट्र बैङ्कको क्षमता वृद्धि महŒवपूर्ण हुने सोचपत्रमा जनाइएको छ । सहयोगी निकायसँगको निरन्तर समन्वय, सीबीडीसीका फाइदा र उपयोगका लाभका सन्दर्भमा जनचेतना अभिवृद्धि र डिजिटल बैङ्किङको निरन्तर प्रवद्र्धनलाई सोचपत्रले प्राथमिकतामा राखेको छ । त्यस्तै सीबीडीसी सार्वजनिकपूर्व यसको ‘प्रोटोटाइप’ आवश्यक पर्ने सुझाव सोचपत्रले दिएको छ । डिजिटल मुद्राको कार्यान्वयन चुनौतीपूर्ण भए पनि विश्वका कतिपय ठाउँमा यसको प्रयोग भइसकेको सन्दर्भमा त्यसबाट पाठ सिकेर नेपालमा लागू गर्नुपर्ने सोचपत्रले जनाएको छ ।
अटो एक्स्पो दशैँ कार मेला : पुरानो गाडी बेच्ने र नयाँ किन्नेको आकर्षण बढ्दो
अटो एक्स्पो दशैँ कार मेलामा पुरानो (सेकेण्ड ह्याण्ड) गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधबारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दशैँ लक्षित अटो एक्स्पो सुरु गरेको हो ।
सिमेन्ट उद्योगका कामदार आन्दोलनमा
पाल्पाको रैनादेवी छहरा –२, सर्देवामा निर्माणाधीन सिजी सिमेन्ट उद्योगमा कार्यरत कामदार आन्दोलित भएका छन् । तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै कम्पनीमा काम गर्ने कामदारहरूले कार्यालयमा तालाबन्दी गरेर काम ठप्प पारेका हुन् ।
अर्थचित्र विमोचन, तीन आर्थिक पत्रकार पुरस्कृत
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित रहेको छ ।
रुपन्देहीमा कर्कट पाता उत्पादन गर्ने उद्योग स्थापना
रुपन्देहीको सियारीमा कर्कट पाता उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । सियारी–३ बोहरवामा युवा उद्योगी अजय जयसवालले शिवपुजन स्ट्रिप्स प्रालि उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

शेर्पा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा सङ्गम
शेर्पा पर्यटन व्यवसायी सङ्घ नेपालको अध्यक्षमा पेम्वा शेर्पा (सङ्गम) चयन हुनुभएको छ । सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट शेर्पा सहितको नयाँ कार्यसमिति चयन भएको छ ।

“बियर जात्रा” मा उल्लेख्य सहभागिता
बडादशैँ, दीपावली, नेपाल संवत् ११४३ तथा छठपर्वको शुभकामना आदानप्रदानसहित आयोजना गरिएको वियर जात्रामा नेपालका प्रतिष्ठित ब्रुअरी कम्पनिहरुबाट उत्पादन गरिएका ३० थरिभन्दा बढि ब्राण्डका वियरहरु राखिएका थिए ।

मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने
जग्गा विवादका कारण विगत ६ वर्षदेखि अलपत्र पर्दै आएको बुटवल १७ मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अव अघि बढ्ने भएको छ ।

आयात निर्यातमा गिरावट
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिना (साउन–भदौ)सम्मको तथ्याङ्कअनुसार नेपालले कुल तीन खर्ब दुई अर्ब २८ करोड रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७० प्रतिशतले कम हो । गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड रुपियाँ थियो ।