• १३ साउन २०८१, आइतबार

सुनको मूल्य घट्यो

blog

काठमाडौँ,  मङ्सिर  १३ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक सयले घटेर रु ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार पाँच सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार थियो ।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार दुई सय ८५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।