• १३ साउन २०८१, आइतबार

दुई सयले बढ्यो सुनको मूल्य

blog

काठमाडौँ,   मङ्सिर  १४ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु. ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९७ हजार छ सय तोकिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार नौ सय थियो ।  त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु. पाँचले बढेर रु. एक हजार दुई सय ९० पुगेको महासङ्घले जनाएको छ ।