प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक
प्युठान दम्पती हत्या प्रकरण: इगोको बदलामा काका काकीको हत्या
माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उहाँकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ।
विश्वसनीय र सन्तुलित समाचारको सङ्कल्प
गोरखापत्र संस्थानको कान्छो प्रकाशन हो डिजिटल प्रकाशन । गोरखापत्र दैनिकले १२४ वर्ष पूरा गरी १२५ वर्षको खुट्किलो टेक्नै लाग्दा हामी डिजिटल प्रकाशनको आज तेस्रो वार्षिकोत्सव मनाइरहेका छौं । २०६९ मंसिरदेखि गोरखापत्र अनलाइन डट कम डोमेनमा व्यवस्थित रुपले समाचार प्रकाशन गर्दैआएका छौं ।
‘ग्रे लिस्ट’ बाट बाहिरिने तयारी
सम्पत्ति शुद्धीकरण निवारणका मापदण्ड पूरा नगर्दा अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई समावेश गरिएपछि सरोकारवाला निकायले यसबाट मुक्त हुन विभिन्न प्रयास थालेको बताएका छन् ।
उपचार खोज्दा अस्पताल सिर्जना
देवचुली–१६, रजहरका हरिप्रसाद सापकोटा अत्यन्तै जटिल र जीर्ण मानिएका सात थरी रोग बोकेर २०६० सालदेखि हिँडिरहनुभएको थियो । ३० बर्से सापकोटाको आन्द्रामा अल्सर, पिनास, न्यून रक्तचाप, दिसा नहुने र डिप्रेसनको समस्या थियो ।
केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ
राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गर्नुभएको हो।
प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष पसारण)
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरुभएको हो । आजको बैठकमा मुस्लिम आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
प्युठानमा दम्पतीको हत्या पुष्टि, अनुसन्धान जारी
शनिवार दिउँसो मृत अवस्थामा फेला परेका दम्पतीको हत्या पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट माण्डवी गाउँपालिका–२ रातापानी निवासी ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको हत्या भएको पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
विकासे मन्त्रालयकै नतिजा कमजोर
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा विकासे मन्त्रालयको नतिजा कमजोर देखिएको छ । विकासे मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कनमा उत्तीर्ण हुनका लागि आवश्यक अङ्कसमेत ल्याउन सकेका छैनन् ।
टाउकामाथि औचित्य सकिएका सन्देश
आमनिर्वाचन २०७९ सम्पन्न भएको दुई वर्षभन्दा बढी भयो तर निर्वाचन आयोगले आफ्नै परिसरवरिपरि गुज्रेकै तिथिमितिको प्रचारप्रसार हुने सामग्रीसहितको होर्डिङ बोर्ड राखिरहेको छ ।
फुङलिङमा दुई पक्षबिच पुनः झडप, सात जना घाइते
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच आज फेरि झडप भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो ।
संविधान संशोधन जनताकै लागि हुन्छ : सांसद राठौर
हालको कर्णाली प्रदेशको सल्यान जिल्लाको वडागाउँ वडा ५ बिसेपानी टोलमा बुवा महेन्द्रबहादुर सिंह र आमा इन्दिरा सिंहबाट वि.सं. २०२६ वैशाख १५ गते जन्मनु भएका किशोरसिंह राठौर नेपाली कांग्रेसको सहमहामन्त्री हुनुहुन्छ ।
लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउनुभयो ।
अमेरिकाले गर्यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने
अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । टीपीएस खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासीहरूको अब बिचल्ली हुने भएको छ । ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरूको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै टिपीएस वाहकहरूको स्थिति नाजुक हुने भएको हो । उनीहरू अबको केही महिनापछि अवैध हुने भएका छन् ।
प्रभावकारी बन्दै वैदेशिक रोजगारी टेलिमेडिसिन सेवा
“डाक्टरसाब नमस्कार ! एक महिनाभन्दा बढी भयो खाना खाएपछि सधैँ पेट दुुख्ने र पोल्ने हुन्छ के भएर हो, ठुलै रोग पो लागेको हो कि ? सिरियस भएर हेरिदिनुु है ।
हरायो ढिँडोको स्वाद
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८, मल्पीका राजेन्द्र केसीको घरमा ८० वर्षसम्म पाक्दै आएको घट्टको पिठो यतिखेर सम्झना मात्र भएको छ । उहाँको भान्सामा मिलमा पिसिएको मकैको ढिँडो
अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गर्नुभएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षता शुक्रबार भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।
सबै धर्मको लक्ष्य मानव सेवा हो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै रहेको बताउनुभएको छ ।
नेसनल आइसिटी स्कलरसिपको आवेदन खुला, दुई करोड १३ लाखको छात्रवृत्ति वितरण हुने
नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एसाेसिएसन नेपाल (क्यान) महासङ्घले ‘नेसनल आइसिटी स्कलरसिप– २०८१’ का लागि आवेदन खुला गरेको छ ।
कुमारी सहकारीको रकम अपचलन आरोपमा कस्तुरी सहकारीका प्रबन्धक गिरफ्तार
गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेको प्रहरीले कुमारी सहकारीको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–७ को कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धकलाई गिरफ्तार गरेको छ ।
खानेतेलले बढायो निर्यात
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आजको सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब ८३ करोड नौ लाख रुपियाँको भएको थियो ।
विद्यार्थीको विदेश मोह, बिरानो बन्दै स्वदेशी विश्वविद्यालय
छिमेकी मुलुक भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको घुइँचो लागिरहँदा नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाइरहेका छन् ।