धान र बादलसँग लुकामारी खेलेको माछापुच्छ्रे हिमाल
पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटे क्षेत्रबाट देखिएको हरियो बन्दै गरेको धान र बादलसँग लुकामारी खेलेको माछापुच्छ्रे हिमाल ।
अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु : कुन मन्त्रालयमा कति ?
अर्थ मन्त्रालय सबैभन्दा बढी रकम बेरुजु हुने मन्त्रालय बनेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन अनुसार अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको हो ।
नेपालमा भेटियो लोपोन्मुख कालो प्रजातिको गिद्ध
एसिया महादीपमै नरहेको कालो प्रजातिको गिद्ध नेपालमा देखिएको छ । नवलपरासीमा रहेको कावासोती गिद्ध रेष्टुरेन्टमा सो गिद्ध भेटिएको हो । कालो गिद्धलाई नयाँ गद्धको रुपमा चिनिन्छ । गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार कालोप्रजातिको गिद्धले सुघँेर सिनो पत्ता लगाउने गर्छ ।
उपसभामुख पदमा भुसाल र भट्टराईको उम्मेदवारी
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की नेत्री विद्या भट्टराईले प्रतिनिधिसभाको उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । बिहीबार संसद भवनमा पुगेर नेत्री भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
राजनीतिक पार्टी र नेताले वैज्ञानिक ढङ्गबाट सोच्नुपर्छ : अध्यक्ष दाहाल
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खुलेआम सङ्घीयता खारेज गर्ने र पुरानै राजतन्त्रमा जाने प्रवृत्ति अझै रहेको बताउनुभएको छ ।
अभियन्ताहरु भन्छन् : सरकारले हाम्रो माग सम्बोधन गर्याे
सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत ‘रातो कर हटाउ’ भन्ने आन्दोलनको सम्बोधन गर्दै सेनिटरी प्याड (महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड) र यसको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुलमा भारी छुट गरेको छ । बजेट वक्तव्यको बुँदा ४०३ मा ‘सेनिटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट र नेपालमै प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने’ उल्लेख छ । यसले नेपाली उद्योगहरु पनि लाभान्वित भएका छन् ।
काभ्रेभीरमा सडक ९० प्रतिशत निर्माण सम्पन्न
राष्ट्रिय गौरबको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडक फराकिलो बनाउने कार्य अन्तिमचरणमा पुगेको छ ।
एक वर्षमा चारको मृत्यु, मापदण्डबारे अनुगमनकर्ता नै बेखबर
बाँकेको नेपालगञ्जस्थित मेरो प्लानेट वाटरपार्कको पौडी पोखरी (स्विमिङ पुल)मा आइतबार पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय अलतमस जरगरको ज्यान गयो । त्यसअघि असार ३ मा सिद्धार्थनगर रुपन्देहीमा रहेको होटल पौवाको स्विमिङ पुलमा डुबेर स्थानीय २५ वर्षीय सुमित तुलाधरको ज्यान गएको थियो । योसहित रुपन्देहीमा मात्र यही आर्थिक वर्षमा स्विमिङ पुलमा डुबेर चार जनाले ज्यान गुमाएका छन् ।
खुले ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल
चन्द्रमामा मानव पाइला टेकाउने सुरुवाती अभियानलाई नेतृत्व दिएका नासाका तत्कालीन प्रमुख जेम्स ई. वेबको नाममा राखिएको ‘जेम्सवेब स्पेस टेलिस्कोप’ले खिचेका चार थान तस्बिरले ब्रह्माण्डबारे मानव सोचलाई फराकिलो बनाइदिएको छ ।
नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध युगौँ पुरानो भएको चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहँदै आएको बताउनु भएको छ ।
२९ दिनमा एक हजार ८७७ जनामा कोरोना पुष्टि
काठमाडौं, असार २९ गते। नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङक्रमणदर बढ्दै गइरहेको छ। बुधबार परीक्षण गरिएकामध्ये ६.४८ प्रतिशतमा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा असार १ गते परीक्षण गरिएकामध्ये ०.६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो। सो सङ्ख्या बढेर असार ५ गते १.१३ प्रतिशत पुगेको थियो। त्यसैगरी, असार १९ गते सङ्क्रमणदर बढेर २.५ प्रतिशत पुगेको थियो। सो सङ्ख्या असार २९ गते पुग्दासम्म बढेर ६.४८ पुगेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार असार १ गतेदेखि असार २९ गतेसम्म एक हजार ८७७ जनामा कोरोना पुष्टि भएको छ। असार २५ गतेबाट सङ्क्रमण एक सय बढीमा पुष्टि भएको मन्त्रालयले जनाएको छ। बुधबार देशभर ३ तीन हजार १७५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना पुष्टि भएको छ।उपत्यमा मात्रै कुल सङ्क्रमित मध्ये ६०.६७ प्रतिशत अर्थात् १२५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो। बुधबार थपिएका सङ्क्रमित मध्ये काठमाडौंमा एक सय, ललितपुरमा १८ र भक्तपुरमा सात जना छन्।बुधबार देशभर सक्रिय सङक्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ। जसमध्ये ६९४ जना काठमाडौं उपत्यका भित्र रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये काठमाडौंमा ६०७ भक्तपुरमा ११ र ललितपुरमा ७६ जना रहेका छन्। मन्त्रालयका सहप्रवक्ता अधिकारीले अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने यात्रुमा परीक्षण गर्दा अधिंकाश यात्रुमा कोरोना पुष्टि भएकोले नेपालमा सङ्क्रमण बढ्दै गएको जानकारी दिनुभयो। डा. अधिकारीका अनुसार मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई हप्तामा एक पटक जिन सिक्वान्सीङ् गर्दै आएको छ। परीक्षण गरिएका अधिकांश नमूनामा ओमिक्रोनको उपप्रजाती बिए टु र अन्य नमूनामा बिए वान र बिए फाइभ पुष्टि भएको डा. अधिकारी बताउनुहुन्छ। विश्वमा ओमिक्रोनको उपप्रजाती बिए वान र बिए टुलाई बिए फाइभले प्रतिस्थापन गर्दै गएको छ। विभिन्न अध्ययनले बिए फाइभ भेरियन्ट ओमिक्रोनका अन्य प्रजाति भन्दा बढी सङ्क्रमक भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन डा. अधिकारीले आग्रह गर्नुभयो।अध्ययनले कोरोना विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरको एन्टिबडी विस्तारै कम हुँदै जाने देखाएको छ। जनस्वास्थ्यविद् डा. केदार बराल कोरोना विरुद्धको खोपले काम गर्न छोड्दै गएकाले नेपालमा सङ्क्रमणदर बढ्दै गएको हुनसक्ने बताउनुहुन्छ। अस्पतालमा कस्ता खाले बिरामी भर्ना भएका छन् त्यसको विषयमा अध्ययन भएपछि मात्र नेपालमा सङ्क्रमणदर किन बढ्यो भन्ने कुरा यकिनका साथ भन्न सकिने डा.बरालको तर्क छ। उहाँ भन्नुहुन्छ, “अस्पतालमा तथा आइसियूमा कस्तो खालको बिरामी भर्ना भएका छन्। दीर्घरोगी हुन् कि, खोप लगाएका छन् कि छैनन्, यदि लगाएका छन् भने एउटा मात्र लगाएका छन् कि दुई मात्रा लगाएका छन् वा बुस्टर लगाएका छन् कि छैनन् भनेर अध्ययन गरिसकेपछि मात्रै नेपालमा किन सङ्कमणदर बढ्दै गएको छ भन्ने कुरा एकिनका साथ भन्न सकिन्छ।” चिकित्सकका अनुसार खोप लगाउँदैमा रोग नलाग्ने होइन, खोप लगाएकालाई सङ्क्रमण भए पनि त्यसबाट हुने जोखिम कम हुनुका साथै मृत्युदर घटाउँछ।यो भेरियन्ट नेपालमा देखिएको भए पनि दोस्रो र तेस्रो लहरमा जस्तै अवस्था नआउने डा.पुनको भनाइ छ। डा.पुन भन्नुहुन्छ, “सङ्कमणदर बढे पनि यसले खासै अस्पतालमा भर्नादर र मृत्युदर निकै कम भएको विदेशमा फैलिएको तथ्याङ्कले देखाएको छ। यदि नेपालमा सोही भाइरस फैलिहाल्यो भने पनि धेरै जनाले खोप लगाइसकेकाले पहिलाको जस्तो आउँदैन।’’नेपालमा कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ११ लाख २१ हजार ५०७ जनामा कोरोना पुष्टि भइसकेको छ। जसमध्ये नौ लाख ६७ हजार ८१० जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ९५२ जनाको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या हाल एक हजार पाँच रहेका छन्। संक्रमितमध्ये ९८४ जना होम आइसोलेसन, संस्थागत आइसोलेसनमा २१ र आईसीयुमा १२ र एकजना भेन्टिलेटरमा उपचाररत छन्। कोरोना बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र भीडभाडमा नजान चिकित्सकको सुझाव छ।
अब लाखौँ युवाले नागरिकता पाउने छन् : गृहमन्त्री खाण
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ। गृहमन्त्री बालकृष्ण खाणले बुधबार विधेयक पेस गरेपछि प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक अघि बढेको छ।
प्रधानमन्त्री देउवासँग गैरआवासीय सङ्घका पदाधिकारीको भेट
गैरआवासीय नेपाली सङ्घको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटघाट गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अध्यक्ष डा. बद्री केसी नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीसँग आज भेटघाट गरेको हो ।
राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनमा सरकार सकारात्मक : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । २०९औँ भानु जयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक राहेको बताउनुभएको हो ।
२०९औं भानु जयन्तीमा प्रभातफेरी (फोटो फिचर)
प्रधानमन्त्री शेरबहादुर देउवाले २०९औं भानु जयन्तीको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।
लिकमा राजनीति, लय समात्दै अर्थतन्त्र
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यसबीचमा मुलुकको राजनीति लिकमा आएको छ भने अर्थतन्त्रले लय समात्न थालेको छ । तत्कालीन प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा भङ्ग गरी देशलाई अनिश्चयको दिशातर्फ धकेलेपछि सर्वोच्च अदालतले दुई पटक नै प्रतिनिधि सभा ब्युँताइदिएको थियो । दोस्रो पटक ब्युताउँदा भने नयाँ सरकार गठनको मार्ग पनि प्रशस्त गरिदिएपछि २०७८ असार २९ गते देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको थियो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले स्थानीय निर्वाचन गराई सफलता पनि हात पा¥यो ।
देश छाडेर भाग्नुभयो श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षे
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भाग्नुभएको छ । श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा हुनुहुन्थ्यो ।
तस्बिरमा सरकारको एक वर्ष
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको नेपाल सरकारको वर्ष दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस) बाट सम्प्रेषण भएका फाइल तस्वीर ।
अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेख्नुभयो, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पु-याउन सबै लाग्नुपर्ने देखिन्छ ।”
अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने
मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सक्ने भएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै निर्वाचन आयोगले बिहीबारदेखि अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सक्ने जानकारी दिएको हो ।
नगरप्रमुख र जनताको श्रमदानबाट पकुवा खोलाको पानी धरानका घरघरमा
धरानमा नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ।
राष्ट्रियसभा: त्रिविमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती'ले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
संविधान, संसद् र लोकतन्त्र जोगाउन सरकार सफल
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा जनजीविकाका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल भएको छ ।