मिटरब्याजमा नयाँ शैली अपनाइँदै
मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ ।
आत्मदाह गर्ने आचार्यले उठाएका विषयको छानबिन गर्ने सरकारको निर्णय
सरकारले मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यले उठाउनुभएका विषयको छानबिन गर्ने निर्णय गरेको छ।
वसन्तपुर क्षेत्रको पुनर्निर्माण सक्न अझै दुई वर्ष लाग्ने
२०७२ सालको भूकम्पले क्षतविक्षत भएको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पुनःनिर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको छ।
प्रधानमन्त्री प्रचण्डद्वारा मातहतका कार्यालयबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको बारेमा जानकारी लिनुभएको छ ।
हुम्लामा बाक्लो हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)
हुम्लामा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि आन्तरिक पर्यटक खुसी भएका छन् । लामो समयको प्रतीक्षापछि हिमपात भएकाले वातावरण सुन्दर देखिएको छ । हुम्लामा करिब दुई फिट बाक्लो हिमपात भएको छ ।
सुनथराली विमानस्थल उडानको पर्खाइमा
कालीकोटको एकमात्र सुनथराली विमानस्थल ३७ वर्षपछि तयार भएको छ । वि.सं. २०४२ सालमा निर्माण कार्य सुरु भएको सुनथराली विमानस्थल कालोपत्रेको काम सकिएपछि अब विमान उडान सकिने भएको हो ।
रुकुमपूर्वका लेकाली भेगमा भारी हिमपात (फोटो फिचर)
मङ्गलबार दिउँसोदेखि मौसम बदली भएपछि जिल्लाका अधिकांश ठाउँमा हिमपात तथा वर्षा भइरहेको छ । जिल्लाका तीन वटै पुथाउत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकाको लेकाली भेगमा तथा उच्च भू–भागमा हिमपात भइरहेको हो ।
मुलुकको समस्या समाधान केन्द्रित राजनीति गरौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समस्या समाधानमा राजनीतिक दल केन्द्रित हुनुपर्ने बताउनुभएको छ । पार्टी स्कुल विभागद्वारा बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित अनुशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
ढुवानी नहुनाले सडकका खाल्डाखुल्डी पुर्न समस्या
खाल्डाखुल्डी १५ दिनभित्र पुर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिनुभए पनि निर्धारित समयमा खाल्डाखुल्डी पुर्न नसकिने सडक डिभिजन कार्यालय, काठमाडौंले जनाएको छ ।
छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।
कोरियाको पहिलो रोजाइमा नेपाली श्रमिक
पछिल्लो पटक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत जाने नेपालीको माग तीन गुणाले बढेको जनाइएको छ। दक्षिण कोरियाको साना तथा मझौला उद्योगमा श्रमिक अभाव भएपछि रोस्टर (योग्य श्रमिक सूची)मा रहेका नेपालीको माग तीन गुणाले बढेको हो। दक्षिण कोरियाले नेपालसहितका विभिन्न १६ देशबाट ईपीएसमार्फत श्रमिक आपूर्ति गर्दै आएको छ।
अभूतपूर्व विश्वासको मत, २१ दिन सिंहदरबारबाट कामकाज
सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक महिना पुगेको छ । कोभिड महामारी, विश्वव्यापी रूपमा देखा परेको आर्थिक मन्दी र त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव नेपालमा पारिरहेको परिपेक्ष्यमा प्रधानमन्त्री प्रचण्डले देशको नेतृत्व गरिरहनुभएको छ । त्यसलाई स्वयं प्रधानमन्त्रीले चुनौतीपूर्ण अवसरका रूपमा संश्लेषण गर्दै आउनुभएको छ ।
कालापत्थर देखियो कुमारी हिमाल
यस वर्षको पुस गयो, माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन। अहिले सुदूरपश्चिम र कर्णालीतिर हिउँ परे पनि माछापुच्छ्रेसम्म हिउँ आइपुगेको छैन। बायाँ धौलागिरि र दायाँ अन्नपूर्ण च्यापेर बसेको माछापुच्छ्रेको कञ्चन हिउँ पग्लेर क्रमशः कालो पहाडमा परिवर्तन हुँदै गएको छ। पोखरा आउने पर्यटकको रोजाइमा परी क्यामरामा कैद हुने माछापुच्छ्रेसँग यतिबेला पर्यटक पनि खुसी छैनन्। क्यामराका लेन्सले खोजेको माछापुच्छ्रेले आफ्नो रूप लुकाएजस्तो देखिन्छ। पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेकै कुरा आउँछ तर आज माछापुच्छ्रे आफैँ खुसी छैन।
चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँ : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ ।
मन्त्रीले सङ्घीयता र गणतन्त्रको विरोध गर्न मिल्दैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदमा बसेका मन्त्रीले सङ्घीयता र गणतन्त्रको विरोध गर्न नमिल्ने बताउनुभएको छ। राष्ट्रिय सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो धारणा राख्नुभएको हो।
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीले सुरक्षा अवस्था सुदृढ
इलाम जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको दोहोरो गस्ती प्रभावकारी बनेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएपछि सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसपी) को संयुक्त गस्ती प्रभावकारी बनेको हो ।
मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ ।
२१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन
प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बुबाको मृत्युपछि तीन नाबालकको बिचल्ली
भीरबाट लडेर बुबाको मृत्यु भएपछि प्युठानको झिमरुक गाउँपालिका ३ बादिकोटका तीन जना बालकको बिचल्ली भएको छ । स्थानीय वसन्त सामतको मृत्यु भएपछि उहाँको श्रीमती र सन्तानको बिचल्ली भएको हो ।
प्रधानमन्त्री दाहाल र गण्डकी मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी भेटवार्ता भएको छ । बालुवाटारमा मङ्गलवार बिहान उहाँहरू बिच भेटवार्ता भएको हो ।
जुम्लामा हिमपात, किसान खुसी (फोटो फिचर)
यो वर्षको हिउँदमा जुम्लामा पहिलो पटक हिउँ परेको छ । हिउँदे सिजनमा जहिले पनि हिउँ पर्नेमा यस पटक ढिलाइ भइरहेको समयमा मङ्गलवार बिहान देखि हिउँ पर्न सुरु गरेको छ ।
फेरिए जनप्रतिनिधि, सुध्रिएन सडक
धनगढी उपमहानगरपालिकावासीको मत आकर्षित गर्न धनगढी गाउँ–जुगेडा सडक मर्मत गर्ने नाराले अघिल्लो निर्वाचनका बेलादेखि नै चर्चा पाउँदै आएको छ। यद्यपि, सडकको अवस्था ज्युँका त्युँ छ। धनगढी उपमहानगरपालिकाका विभिन्न सडक स्तरोन्नतिसमेत हुँदै आएको छ। तर, धनगढी गाउँ–जुगेडा सडक स्तरोन्नति अझै हुन सकेको छैन।
मङ्सिर–पुसमा पनि बढ्यो चामलको भाउ
हरेक वर्ष नयाँ धान भित्र्याएपछि बजारमा चामलको भाउ घट्ने गरे पनि यो वर्ष भने बढेको छ। गएको असोजयता चामलको मूल्य प्रतिबोरा पाँच सय रुपियाँसम्म बढेको छ। विगतका वर्ष नयाँ धान आउँदा प्रतिबोरा चार सय रुपियाँसम्म घटेर आउने गरेकामा यस पटक भने मिलवालाको मनोमानीका कारण भाउ घट्नुको सट्टा बढेको खुद्रा व्यापारी बताउँछन्।
घट्यो आयात–निर्यात
चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा आयात–निर्यात दुवै घटेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा २० दशमलव ६८ प्रतिशतले कमी आई सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपियाँको आयात भएको छ। गत वर्ष सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजार रुपियाँको आयात भएको थियो।