सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित
प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उहाँले १६७ मत प्राप्त गर्नुभएको छ ।
वितरणतर्फको विद्युत चुहावट ७.४९ प्रतिशतमा झर्यो
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको जनाएको छ ।
गृह मन्त्रालय आफ्नो विधि र पद्धतिभन्दा बाहिर जाँदैन : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताउनुभएको छ ।
विमान दुर्घटनाका मृतक परिवारसँग प्रधानमन्त्रीका भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ।
रारा विमानस्थलको टर्मिनल भवन वर्षौँदेखि अलपत्र हुँदा उडानमा समस्या
लामो समय देखि अलपत्र रहेको रारा विमानस्थलको ट्रस टर्मिनल भवन अझै निर्माण सम्पन्न नहुँदा उडान प्रभावित बन्दै आएको छ । गत वर्षनै निर्माण सम्पन्न हुनु पर्ने भवनको निर्माण ठेकेदार कम्पनी ओमबुद्ध इन्टरनेस्नल कन्स्ट्रक्सनको बदमासीका कारण पर्यटक र कर्णालीवासीले समस्या खेप्नु परेको छ ।
नेपाल र भारतको डम्पिङ साइट बन्दै महाकाली
नेपाल–भारतको पश्चिमी सिमानाको महाकाली नदी दुवै देशको फोहोर विसर्जन गर्ने स्थल बन्दै छ। नदीमा दुई देशका निकटवर्ती सहरको फोहोर थुप्रिँदा नदी प्रदूषित बन्दै गएको छ। नेपालतर्फ बैतडीको दशरथचन्द नगरपालिका–१०, झुलाघाटका शौचालयको ढल सिधै महाकालीमा मिसिन्छ भने दार्चुलाको महाकाली नगरपालिकाको डम्पिङ साइट महाकाली नदीछेउमै छ। उता भारततर्फको झुलाघाट बजार र धार्चुला बजारको फोहोर पनि महाकाली नदीमै मिसिएको छ। दशरथचन्द नगरपालिकाले स्वच्छ सफा नगरको नारा अघि सारेर सडक किनारमा फूल रोपेर बजार क्षेत्र चिटिक्क बनाए पनि ढल निकास तथा कुहिने र प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न नसक्दा नदी प्रदूषित बनेको हो। भारतमा प्लास्टिकका झोला प्रयोग गर्न नपाइने हुँदा उताको प्लास्टिकजन्य फोहोर नदीमा आउँदैन तर शौचालयका ढल भने महाकालीमै मिसिने गरेको भारतका सञ्चारकर्मी सुरेन्द्र आर्यले बताउनुभयो। नदी किनारमा फोहोर थुप्रिन थालेको गुनासो बढेपछि भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशीले अनुगमन गरेसँगै नदी किनारको फोहोर उठ्न थालेको उहाँले बताउनुभयो। महाकाली नदी दुवै देशको धार्मिक र सांस्कृतिक विरासत जोड्ने पवित्र नदी भएकोले नदीको स्वच्छताका विषयमा दुवै देशका सरकार र नागरिक जिम्मेवार बन्नुपर्ने भारतको मजिरकाँडा ग्राम पञ्चायत सदस्य दिवाकर भट्टले बताउनुभयो। नेपालतर्फ बैतडी सदरमुकाम, गढी, गोठालापानी, शाहीलेक र दार्चुला सदरमुकामको महाकाली नगरपालिका क्षेत्रमा प्लास्टिकका झोलाको अत्यधिक प्रयोग हुने गरेको छ। त्यसमाथि मदिराका खाली सिसी बोतल पनि फोहोरमै मिसिने गरेका छन्।
छ महिनामा रोजगारीका लागि विदेशिए चार लाख
सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिना (साउनदेखि पुससम्म)मा करिब चार लाख नेपाली रोजगारीको खोजीमा मलेसिया र खाडीलगायतका मुलुकमा गएका छन् ।
‘ब्लु लाइन’ सुरक्षाको जिम्मा नेपाली सेनालाई
सबैभन्दा जोखिम र सुरक्षा चुनौती मानिएको ‘ब्लु लाइन’ क्षेत्रको सुरक्षाको पूर्ण जिम्मा नेपाली सेनाले लिँदै आएको छ। यस क्षेत्रमा अन्य मुलुकका सैनिकलाई पनि खटाइएकोमा नेपाली सेनाको भूमिका निकै प्रभावकारी देखिएकाले यहाँको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई नै दिइएको हो।
विमान दुर्घटनाको आठ महिना बित्दा पनि आएन प्रतिवेदन
आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनापछि सरकारले ४५ दिनमा दुर्घटनाको प्रतिवेदन पेस गर्नेगरी समिति गठन गरेको छ । तर आठ महिनाअघि दुर्घटनामा परेको तारा एयरको जहाजको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।
मन्त्रिपरिषद् निर्णय : सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो ।
मेरो जित्ने आधार सांसद हुन्, जित्नेमा विश्वस्त छु : उम्मेदवार न्यौपाने
सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखका लागि नेकपा (एमाले) का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी देवी न्यौपानेले उम्मेदवारी दिनुभएको जानकारी दिनुभयो ।
युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु
राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक आज (बुधबार) भएको हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
सभामुख पदमा एमाले सांसद घिमिरेद्वारा उम्मेदवारी दर्ता
नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो
सभामुखमा उम्मेदवारी दिन १ बजे कांग्रेसकाे बैठक बस्दै
प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ ।
सहयोगी दलहरुसँग समझदारीका लागि छलफल गर्ने
नेपाली कांग्रेसले सभामुख र उपसभामुख पदमा उम्मेदवारी सम्बन्धमा सहयोगी दलहरुसँग समझदारीका लागि छलफल गर्ने भएको छ । बुधबार सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
पुसमा उठ्यो ७१ अर्ब आन्तरिक राजस्व
आन्तरिक राजस्व विभागले पुसमा ७१ अर्ब १३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्वका स्रोतमार्फत कर परिचालनको जिम्मेवारी पाएको विभागले विभिन्न सात शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो । विभागले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा भने अत्यन्त न्यून हो । पुसमा कुल एक खर्ब छ अर्ब ९८ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिएकोमा त्यसको ६६.५ प्रतिशत मात्र राजस्व उठेको हो । यद्यपि विभागले भने विषम अवस्थाका बीच पनि ७१ अर्ब रुपियाँ राजस्व उठ्नु सुखद भएको जनाएको छ ।
राजनीतिक विषयमा सहकार्य गरेर अघि बढ्न प्रधानमन्त्री प्रचण्डको आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक विषयहरूमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ । मंगलबार अपराह्न बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उहाँले सो आग्रह गर्नुभएको हो ।
कलाकार पल शाहलाई सफाइ
तनहुँ जिल्ला अदालतले कलकार पल शाह विरुद्धको बलत्कारको मुद्दा माथि सफाइ पाउनुभएको छ । पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाईका क्रममा सफाइ पाउनुभएको हो ।
मन्त्रिपरिषद्मा २६ प्रतिशत महिला प्रतिनिधित्व
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता साझेदार सरकारले मन्त्रिपरिषद्लाई विस्तार गरेको छ ।
प्राथमिकता निर्धारण गर्न तीन सदस्यीय कार्यदल गठनको निर्णय
नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
आज (मङ्गलबार) मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्रीकाे टुङ्गाे लाग्याे
नेकपा (माओवादी केन्द्र) बाट मन्त्रीमा नियुक्त हुनेकाे नाम र मन्त्रालय टुङ्ग्याएकाे छ । साे पार्टीले पाएकाे चार मन्त्री र एक राज्यमन्त्री लिने सहमति सत्ता पक्षीय दलहरूकाे बैठकमा निर्णय भएकाे थियाे ।
प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै
यही माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद् सचिवालयले आज (मङ्गलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ ।
दुर्घटनाले तरङ्गित हवाई क्षेत्र
मानवीय त्रुटि र खराब मौसमपछि दुर्घटनाको तेस्रो कारकका रूपमा यहाँका डाँडाकाँडा तथा पहाडी भूभागलाई लिन सकिन्छ। हालसम्म घटेका १०० प्रतिशत दुर्घटनामध्ये ९५ प्रतिशत पहाडी भूभागमा नै घटेको छ।करिब सात महिना अगाडि पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरलाइन्सको विमान दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको थियो। हालै ६८ जना यात्रु र चार चालक दलका सदस्य सवार काठमाडौँबाट उडेको यती एयरलाइन्सको विमान पोखरामा भएको दुर्घटनाले नेपाली उड्डयन क्षेत्र थप तरङ्गित भएको छ। पछिल्लो समय विमान दुर्घटना र मानवीय क्षतिको ग्राफ बढ्दो छ । छोटो अन्तरालमा घटिरहेका यी हवाई दुर्घटनाले आमनेपालीमा हवाईयात्राको सुरक्षालाई लिएर निकै चासो र चिन्ता बढिरहेको छ। उडान सञ्चालनमा मानवीय त्रुटिप्रायः हरेक हवाई दुर्घटनापश्चात् दुर्घटनाको दोष चालकमाथि थोपरेर अन्य सम्बद्ध निकाय (मन्त्रालय, प्राधिकरण, वायुसेवा कम्पनी)का पदाधिकारी आफू उन्मुक्त हुन खोजेका छन् भन्ने आरोप मिडिया तथा सर्वसाधारणबाट लाग्ने गरेको छ तर यथार्थमा त्यो सत्य होइन। आइकाओको अनुसन्धानअनुसार संसारभरि भइरहेका अधिकांश हवाई दुर्घटना कुनै न कुनै मानवीय त्रुटिले गर्दा नै भइरहेका हुन्छन् तर दुर्घटना पाइलटको कमीकमजोरीले गर्दा मात्र नभई निजको उडान कार्यसम्पादन तथा निर्णय प्रक्रियामा प्रभाव पार्ने सम्पूर्ण पक्ष तथा अवयव हुने गर्छन्। उडान सम्पादनमा एटीसी, फ्लाइट डिस्प्याचर र जहाजको एरोनोटिकल तथा मेन्टिनेन्स इन्जिनियर प्रत्यक्ष सहयोगी भूमिकामा देखिए पनि वायुसेवा कम्पनी र विमानस्थलको व्यवस्थापन तथा पाइलटको व्यक्तिगत एवं घरायसी पक्ष पनि उत्तिकै जिम्मेवार हुने गर्छ।नेपालमा हवाईसेवा सन् १९५१ मा सुरु भएदेखि हालसम्ममा हवाई दुर्घटनाको सङ्ख्या १०२ भन्दा बढी नाघेको छ। तीमध्ये अधिकांश दुर्घटना सीएफटी (कन्ट्रोल फ्लाइट इन्टु टेरेन) रहेको र ८० देखि ८५ प्रतिशत दुर्घटना मानवीय त्रुटिले गर्दा नै भइरहेको भनी दुर्घटना जाँच आयोगका प्रतिवेदनले देखाएका छन्। मानवीय पक्ष सिद्धान्तअनुरूप हरेक व्यक्तिमा एउटा निश्चित कार्य गर्ने क्षमता, कार्यसम्पादन गर्ने सीमा र कार्य गर्ने व्यक्तिगत अभिरुचि तथा प्रवृत्ति हुन्छ। कार्य गर्ने क्षमता व्यक्तिले प्राप्त गरेको तालिम, सीप, अनुभवले निर्धारित गरेको हुन्छ।मौसमी प्रतिकूलता एवं जटिलतानेपालमा हाल घटिरहेका दुर्घटनाका कारणमध्ये प्रतिकूल मौसम एउटा मुख्य कारणका रूपमा रहेको छ। हालसम्म घटेका अधिकांश दुर्घटनामा खराब मौसम एउटा कारक तìवका रूपमा रहेको छ। उडान सम्पादन कार्यका लागि वायुमण्डलमा एउटा निश्चित स्तरको हावाको वेग, बाह्य दृश्य, वायुचाप, तापक्रम, आद्रता आवश्यक हुन्छ। निर्धारित स्तरका यी तìवले उडान सम्पादन कार्यमा निरन्तर सहयोग पुर्याइरहेको हुन्छ। यसको विपरीत यी तत्वमध्ये कुनै पनि तत्व असमान र उग्र हुनेबित्तिकै उडान सम्पादन कार्य जोखिमपूर्ण हुन्छ। खासगरी जाडोयाममा तुवाँलो, हिउँ, कुहिरो, हुस्सुले बाह्य दृश्यमा असर पारिरहेको हुन्छ। सुक्खा मौसममा हुरीबतास र वर्षायाममा घना बादल, भारी वर्षा, सीबी लाइटनिङ, थन्डरिङ, अपड्राफ्ट, डाउनड्राफ्टजस्ता तत्वले उडान सम्पादन कार्यमा अप्ठ्यारा स्थिति उत्पन्न गरिरहेको हुन्छ।नागरिक उड्डयन आवश्यकताअनुरूप कुनै गन्तव्यका लागि उडान भर्नुअघि उडानका कप्तानलाई अद्यावधिक तथा प्रक्षेपित मौसमको सही जानकारी तथा गहन विश्लेषण भएको हुनुपर्छ। त्यसैगरी आइकाओको एनेक्स–२ को प्रावधानअनुसार (भीएफआर) पाइलट स्वयंले अगाडिको डाँडाकाँडा बादल छलेर उडान भर्ने उडानका लागि पाइलटलाई गन्तव्य, इनरुट, उडान भर्ने र वैकल्पिक विमानस्थलको वर्तमान तथा पूर्वअनुमानित मौसमको जानकारी हुनु अपरिहार्य हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँस्थित मौसम तथा जलवायु विभागले हरेक आधा घण्टाको फरकमा मेटारमार्फत अद्यावधिक मौसम र हरेक छ घण्टाको अन्तरालमा पूर्वानुमानित ट्याफ (टर्मिनल ऐयर फोरकास्ट) र आवश्यकताअनुसार विशेष मौसम ‘स्पेसी’को जानकारी गराइरहेका छन्। अन्य सातवटा विमानस्थल विराटनगर, जनकपुर, सिमरा, भैरहवा, पोखरा, सुर्खेत र नेपालगन्जस्थित मौसम तथा जलवायु कार्यालयले घण्टैपिच्छे कन्ट्रोल टावर तथा एयरलाइन्सलाई मेटारमार्फत अद्यावधिक मौसमको जानकारी गराइरहेका हुन्छन्।विकट भौगोलिक अवस्थानेपालको भौगोलिक बनोटको यथार्थलाई दृष्टिगत गर्दा असुरक्षित उडान तथा अवतरणको सन्दर्भमा जहाज दुर्घटनाको अन्य पक्षमध्ये भौगोलिक अवस्था (डाँडाकाँडा)को भूमिका पनि त्यत्तिकै रहेको छ। मानवीय त्रुटि र खराब मौसमपछि दुर्घटनाको तेस्रो कारकका रूपमा यहाँका डाँडाकाँडा तथा पहाडी भूभागलाई लिन सकिन्छ। हालसम्म घटेका १०० प्रतिशत दुर्घटनामध्ये ९५ प्रतिशत पहाडी भूभागमा नै घटेको छ। नेपाल दक्षिणदेखि उत्तरसम्मको सरदर २०० किलोमिटरको साँघुरो भूभागमा समुद्र सतहको २३६ फिट उचाइको समतल मैदानदेखि २९ हजार फिट उचाइसम्मको विकट पहाडी क्षेत्रमा अवस्थित छ। देशको सम्पूर्ण क्षेत्रफलको ८३ प्रतिशत भूभाग हिमाली र पहाडी भूभागले ढाकेको छ। साँघुरो पहाडी भूभागभित्र उडान सम्पादन कार्य समतल तथा खुला मैदानको तुलनामा जोखिमपूर्ण तथा चुनौतीपूर्ण नै हुन्छ। उडानका क्रममा अपर्झट खराब मौसमको सामना गर्नुपर्दा पहाडी भूभागमा उडान सुरक्षाको दायरा झनै घटेर उडान जोखिमपूर्ण हुन्छ। यस्तो अवस्थामा पाइलटले डाँडाकाँडा र प्रतिकूल मौसमको खतरालाई तत्कालै आकलन गर्न सकेन भने उडान दुर्घटनाको धरापमा पर्न सक्छ। हाल देशमा घटिरहेको अधिकांश दुर्घटना आकस्मिक रूपमा उत्पन्न प्रतिकूल मौसमलाई छल्ने क्रममा आसपासको डाँडाकाँडामा ठोक्किएर हुने गरेको छ। जहाज उपकरणको नियमित परीक्षणविषम भौगोलिक बनोट, सीमित वायुक्षेत्र र मौसमको स्थितिले गर्दा नेपालभित्र सुरक्षित आन्तरिक उडानका लागि निश्चित किसिमको जहाज; जसले डाँडाकाँडा छल्न सजिलै म्यानुभर तथा लिफ्टअप र सानो स्टोल विमानस्थल (सर्ट टेक अफ एन्ड ल्यान्डिङ)हरूमा सञ्चालन गर्न सक्छ। उडान उपकरण जसले पाइलटलाई अगाडिको डाँडाकाँडा तथा प्रतिकूल मौसमको अवस्था अग्रिम सचेत गराई छल्न तथा गन्तव्यसँग दिशानिर्देश गर्न मद्दत गर्न सक्छ। त्यस्तो किसिमको जहाज आन्तरिक उडानका लागि उपयुक्त देखिन्छ। तसर्थ बढ्दो हवाई दुर्घटना कम गर्न यहाँको वातावरण सुहाउँदो उपयुक्त किसिमको जहाज र उडान उपकरण चयन हुनु महत्वपूर्ण छ। साथै नेपालमा हवाई सेवा सर्वसुलभ र आमजनताको पहुँचयोग्य बनाइराख्न जहाजको प्रकार तथा उडान उपकरण चयनमा जहाजको न्यून सम्पादन खर्च पनि एउटा मुख्य विषयका रूपमा रहेको छ । नेपालमा आन्तरिक उडानका लागि उपयुक्त जहाज तथा उडान उपकरण छनोट गर्न उडान सुरक्षालाई उच्च प्राथमिकता दिँदै उडान सुरक्षा, जनअपेक्षा र व्यावसायिक कम्पनीको दिगोपनाबीच सही सन्तुलन कायम हुने किसिमको आवश्यक नीति–नियम तर्जुमा गर्नुपर्ने देखिन्छ । यसका लागि प्राधिकरणबाट आवश्यक पहल हुन जरुरी छ। एयर ट्राफिकको उचित व्यवस्थापनउडान सम्पादन कार्यमा उडान भर्ने विमानस्थलदेखि गन्तव्यसम्म सुरक्षित उडानका लागि देशभित्र एउटा भरपर्दो तथा प्रभावकारी सीएनएस (कमिनिकेसन नेभिगेसन एन्ड सर्भाइलेन्स) र एटीएम (एयर ट्राफिक मेनेजमेन्ट) संयन्त्रको ठूलो भूमिका छ । सञ्चार संयन्त्रले उडानका क्रममा पाइलट, एटीसी तथा अन्य सरोकारवालाबीच संवाद कायम राख्न, नेभिगेसन एड्सले गन्तव्यसम्म सही ट्र्याक कायम गर्न र सर्भिलेन्स संयन्त्रले जहाजको पोजिसनदेखि मौसमको जोखिम, अगाडिका डाँडा एवं ट्राफिकलाई ठम्याउन मद्दत गरिरहेको हुन्छ भने एटीएमले उडानलाई सुरक्षित एवं नियमित रूपमा गन्तव्यसम्म पुर्याउन नियन्त्रण तथा व्यवस्थापनको कार्य गरिरहेको हुन्छ। यस खालका उपकरण स्थापना गर्न सके नेपालका जुनसुकै क्षेत्र तथा कुनाकाप्चामा आवश्यक उडान गाइडेन्स तथा एयर ट्राफिक व्यवस्थापन सेवाको सुनिश्चितता गराउन सकिन्छ।संसारभरि घटिरहेका १८ देखि २० प्रतिशत दुर्घटना संवादमा त्रुटि भई हुने गरेको छ भने झन्डै २५ देखि ३० प्रतिशत दुर्घटना सही नेभिगेसन तथा सर्भिलेन्सको अभावमा घटिरहेको पाइन्छ। सन् १९९२ को थाई एयरवेजको दुर्घटना अपर्याप्त तथा स्पष्ट सञ्चार र उचित नेभिगेसनको कमीले गर्दा भएको भनी दुर्घटना जाँच प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपालमा सञ्चालनमा रहेको सम्पूर्ण उडानको करिब ८० प्रतिशत उडान भीएफआर नियमअन्तर्गत सञ्चालन भइरहेको छ।