संसद् भवनमा सर्वदलीय बैठक जारी
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी रहेको छ ।
शीतलहरको कहर
पुस र माघ महिना तराई मधेशका जिल्लामा शीतलहरको कहरले जनजीवन कष्टकर बन्ने गरेको छ । यी दुई महिनामा शीतलहरसँगै चिसो बढ्छ । बिहानदेखि बेलुकासम्म एकैनासको बाक्लो हुस्सु (कुहिरो), पर्दा र पश्चिमी चिसो हावा चल्दा कठ्याङ्ग्रिने जाडो हुन्छ । चिसोले कठ्याङ्ग्रिएर कतिपयको ज्यान नै जाने गरेको पनि पाइएको छ । चिसोमा कठ्याङ्ग्रिएर चार जनाको ज्यान गइसकेको छ । मानिस मात्र होइन, घरपालुवा जनावरसमेत यसको असरमा परेका छन् ।
अवैध क्रसरमा जनप्रतिनिधिकै संलग्नता, चोखिन दिनहुँ पत्रकार सम्मेलन
जिल्ला समन्वय समिति महोत्तरीले पुस ७, १० र १३ गते क्रसर उद्योगको स्थलगत अनुगमन गरी अवैध उद्योग बन्द गर्न निर्देशन दिएको छ ।
स्वयंवरको औँठी [कथा]
थाहा छैन किन मलाई यो पूर्णेको रातप्रति यतिविघ्न मोह लागेर आउँछ । रात छिप्पिँदै जाँदा झन् खुल्दै गएको जूनलाई हेरिरहन पाउँदा मनमा एक प्रकारको ऊर्जा थपिएको महसुस हुन्छ । प्रायः म छुटाउँदिन पूर्णेको रातमा कौसीमा बसेर पुराना गीतहरू सुन्नलाई पनि । तर अरू बेलाको पूर्णेको रात र आजको पूर्णेको रातमा धेरै फरक थियो । अघिल्लो पूर्णेको रातमा म एक्लै थिएँ, आज मेरी उनी मेरो साथमा छिन् । हातमा हात समाएर ।
विमानको पर्खाइमा दिपायल विमानस्थल
तीन वर्षअघि विमानस्थलको निरीक्षणका लागि डोटी पुग्नुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। विमानस्थलको स्तरोन्नति र कालोपत्रे भएपछि २०७७ असोज १७ गते समिट एयरको परीक्षण उडानमा डोटी पुग्नुभएका उहाँले हप्ताको तीन दिन उडान भर्ने व्यवस्था मिलाइने बताउनुभएको थियो।
आधा मूल्यमै लिलाम बिक्री
विराटनगर महानगरपालिका–१६ मा रहेको मुलुककै पुराना उद्योग दी जुद्ध म्याच फ्याक्ट्रीको भवन भत्काउन थालिएको छ । आनन्दराज श्रेष्ठले वि.सं. १९९५ सालमा स्थापना गर्नुभएको सलाई उद्योग नेपाल बैङ्कको लिलामीमा शारडा ग्रुपले सकार गरेपछि झन्डै साढे आठ दशक पुरानो फ्याक्ट्रीको अस्तित्व नै मेटिने गरी भत्काउन लागिएको हो । स्थापनाका हिसाबले नेपालको पहिलो सलाई उद्योग भए पनि दर्ता भने वि.सं. २००२ सालमा भएको थियो । उद्योगको सात बिघा १६ कट्ठा १३ धुर जग्गा र मेसिनरी सामान चलनचल्ती र सरकारी मूल्याङ्कनभन्दा आधाभन्दा कम मूल्यमा लिलाम बिक्री भएको छ ।
घट्यो उद्योग दर्ता र विदेशी लगानी
चालू आर्थिक वर्षको छ महिनामा (साउन–पुस)सम्ममा स्वदेशी लगानीका उद्योग दर्तामा कमी आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योगमार्फत एक खर्ब ३९ अर्ब रुपियाँ बराबरको लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५५ उद्योगमार्फत एक खर्ब ९० अर्ब रुपियाँ लगानी स्वीकृत भएको थियो । अघिल्लो अवधिको तुलनामा यो वर्ष ५१ अर्ब रुपियाँ लगानी कमी हो ।
राष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ। नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ। आयोगका सचिव गोकर्णमणि दुवाडीले पदाधिकारी बैठकले निर्णय गरेको मितिमा राष्ट्रपतिको निर्वाचन हुने बताउनुभयो। उहाँले राष्ट्रपतिको निर्वाचनको मिति घोषणाका लागि पदाधिकारी बैठक कहिले बस्ने छ भन्ने सम्बन्धमा भने खुलाउनुभएन।
काठमाडौँ आएको विमान कोलकाता डाइभर्ट
शुक्रबार बिहान मलेसियाबाट काठमाडौँ आएको नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ को ‘ए ३२०’ न्यारोबडी जहाज भारतको कोलकाता ‘डाइभर्ट’ भएको छ । निगमका प्रवक्ता अर्चना खड्काले सिमराको आकाशबाटै कोलकाता मोडिएको उक्त जहाज आरएनपी–एआर एप्रोच प्रणालीमा काठमाडौँमा अवतरण हुन सक्थ्यो तर विमानमा जडान भएका दुईवटा जीपीएस प्रणाली सिस्टममध्ये एउटा उपकरणमा समस्या आएपछि उक्त जहाज कोलकाता ‘डाइभर्ट’ भएको बताउनुभयो ।
उपसभामुखमा दुई जनाको उम्मेदवारी
प्रतिनिधि सभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
‘छिमेकी सम्बन्ध सन्तुलित र व्यावहारिक बनाउनुपर्छ’
सत्ता साझेदार दलबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेक सम्बन्ध सन्तुलित र व्यावहारिक बनाएर देशको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । आग्रह र पूर्वाग्रहमा छिमेकी कार्ड खेल्दा मुलुक सङ्कटमा पर्ने उहाँको भनाइ छ । एमाले परराष्ट्र मामिला विभागले शुक्रबारबाट यहाँ सुरु गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।
उपसभामुखमा कांग्रेस सांसद मुक्ताकुमारी यादवको उम्मेदवारी
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
वैदेशिक रोजगारीका विकृति र विसङ्गति अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका विकृति र विसङ्गति अन्त्य गर्नुपर्ने बताउनुभएको छ।
इन्दिरा राना मगरले दिनुभयो उपसभामुखमा उम्मेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सभामुख घिमिरेद्वारा पदभार ग्रहण
सिंहदरबारस्थित कार्यालय पुगेर सभामुख घिमिरेले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिद्वारा अङ्गदान गर्ने घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरिले अंगदान गर्ने घोषणा गर्नु भएको हो ।
मिटरब्याजी समस्या समाधान गर्छु: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ। शुक्रवार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।
कृष्णनगर भन्सारको राजस्व सङ्कलन न्यून
कपिलवस्तुको प्रमुख व्यापारीक केन्द्र कृष्ण नगर भन्सार कार्यालयले चालु आवको ६ महिनामा लक्ष्यको आधा भन्दा कम राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक बर्ष २०७९-८० को ६ महिनाका लागि कुल तीन अरब ७५ करोड ४४ लाख उठाउने लक्ष्य रहे पनि एक अरब ७५ करोड २४ लाख मात्र राजस्व सङ्कलन भएको भन्सार अधिकृत ठाकुर गौतमले बताउनुभयो ।
राप्ती राजमार्ग सुधार अलपत्र
राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि मर्मत–सम्भार हुन सकेको छैन। आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब रुपियाँ सडक सुधारका लागि विनियोजन भए पनि ठेक्का नै नखोली फ्रिज भएको थियो। चालू आर्थिक वर्षमा सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन्। तर अधिकांश ठेक्का अलपत्र अवस्थामा रहेका छन्। पाँचवटा ठेकेदारले मात्र काम गरिरहेका छन्। ठुल्ठूला खाल्टाखुल्टी त कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र बनाएको छैन, धुलोले सडक नदेखिँदा दुर्घटनाको जोखिमसमेत बढाएको छ। सडक डिभिजन कार्यालय दाङबाट करिब ४० करोड बजेट विनियोजन गरेर सल्यान चोरखोलादेखि रुकुम खौलासम्म ८८.४ किलोमिटर सडकमा खण्ड–खण्डमा बाँडिएर पुरानो दुईसहित १८ वटा ठेक्का लागेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ। तर सानो ठेक्कामा पनि ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर काम सुरु गर्न नसकेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार एउटै कम्पनीले तीनदेखि चार ठाउँसम्ममा ठेक्काको जिम्मा लिएका कारण पनि काम अलपत्र हुने गरेको हो। कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी रिकेश महर्जनले ठेकेदारलाई पटक–पटक ताकिता गर्दा पनि काम गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार कार्यालयले काम नगर्ने ठेकेदारलाई मौखिक र लिखित रूपमा चिठ्ठी काटेको, पत्रपत्रिकामा सूचना र एपीजी निकालेको छ। २०७६/७७ मा ऊर्जा/कृषक/मस्त जेभी कम्पनीले राप्ती राजमार्गअन्तर्गत पटारे–मोख्ला एक किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता गरेर काम सुरु गरेको थियो। तर नालामात्र निर्माण गरेर बाँकी काम अलपत्र छाडेको छ।
तीन महिनामा दुई किलोमिटर सुरुङ
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।
एनएचपीसीले बुझायो पश्चिम सेतीको प्रतिवेदन
भारतीय सरकारी ऊर्जा उत्पादक कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) इन्डियाले जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निरीक्षण प्रतिवेदन (इन्स्पेक्सन रिपोर्ट) लगानी बोर्डलाई बुझाएको छ । ७५० मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको सर्वेक्षण अनुमति प्राप्त गरेको सो कम्पनीले थप अध्ययनका लागि आवश्यक विवरण समावेश गरी बिहीबार सो प्रतिवेदन बुझाएको हो ।
विमानस्थल सञ्चालनका लागि भारतसँग पहल
नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्वाध सञ्चालनका लागि सहज वातावरण बनाउन नेपालले भारतसँग पहल थालेको छ । त्यस क्रममा भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले भारतको नागरिक उड्डयन तथा स्टिलमन्त्री ज्योतिरादित्य सिन्दियासँग नयाँ दिल्लीमा कुरा गर्नुभएको हो ।
जापान जाने लोभमा बिल्लीबाठ
चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्नुहुन्थ्यो । उहाँहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार दवाडी । यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवालाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजयलाई जापान जाने युवा खोजेर पैसा सङ्कलन गर्ने जिम्मा दिइयो । अजयले आफन्तहरूमा यसको जानकारी गराएपछि सबैले धमाधम पैसा बुझाए ।
उपसभामुखको निर्वाचन शनिबार
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त जानकारी गराउनुभएको हो ।