मलामी बोक्न निःशुल्क बस
विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी लिएर घाट जानु छ। उहाँलाई अचेल यस्ता फोन निरन्तर आउन थालेका छन्।
मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ वर्षदेखि जिउँदो शहीदका रूपमा चिनिएका कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चद्वारा सदर
सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा दोषी रेशमलाल चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ ।
आरोप नै नलागेकालाई दोषी बनाउन मिल्दैन : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप नै नलागेकालाई दोषी बनाउने कार्य भएको बताउनुभएको छ ।
सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते पेस गर्ने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
समय थपिँदै जाँदा लागत बढेर ५३ अर्ब पुग्यो
१३ अर्बको लागतमा आठ वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १८ वर्षमा पनि पूरा हुन सकेको छैन । समय थपिँदै जाँदा आयोजनाको लागत बढेर ५३ अर्ब पुगेको छ ।
काठमाडौंका सडक छेउमा पार्किङ निषेध, भ्यु टावरमा पार्किङ सुरु
काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाएको छ । महानगर प्रमुख बालेन्द्र साहको एक वर्षको प्रयासपछि अहिले महानगर भित्रका सडकमा पार्किङ निषेधित बनेका छन् ।
थोकमा भाउ घट्यो खुद्रामा घटेन
दैनिक उपभोग्य वस्तुुको भाउ थोकमा घटेको भनिए पनि खुुद्रा बजारमा उपभोक्ताले भाउ घटेको महसुुस गर्न पाएका छैन । थोक व्यापारीले भने पछिल्लो तीन महिनाको बिचमा खाने तेल, चामल, चिनी, दहलन, आँटा, मैदाको मूल्य १० देखि ४० प्रतिशत घटेको दाबी गरेका छन् । यता खुुद्रा व्यापारीहरू पछिल्लो तीन महिनाको बिचमा चिनी प्रतिकेजी पाँच रुपियाँ, सनफ्लावर र भटमास तेल प्रतिलिटरमा ३० रुपियाँसम्म मात्रै घटेको बताउँदै आएका छन् ।
ठुलो दुर्घटनाको जोखिम
आइतबार राति अचानकको वर्षाले बिपी राजमार्गको काभ्रेस्थित रोसी गाउँपालिका–११ को कालढुङ्गामा बगेर आएको गेग्य्रानले चार वटा सवारीसाधन पुरिए । मूल वर्षा सुरु नहुँदै जेठ लाग्दै गरेकै दिनको उक्त घटनामा कुनै मानवीय क्षति भने भएन । सोमबार दिउँसोदेखि यातायात पनि दुईतर्फी नै खुलिसकेको छ ।
ऐतिहासिक फोटोहरू राखिएको पाइयो : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले धर्मपथस्थित गोरखापत्र संस्थानमा आयोजना गरिएको फोटो प्रदर्शनीको सोमबार अवलोकन गर्नुभयो ।
मेलम्चीको पानी १० दिन नआउने, वितरण तीनदेखि १० दिनमा
दैनिक जसो खानेपानीको सुविधा पाउँदै आएका उपत्यका बासीले अब तीनदेखि १० दिनको फरकमा खाने पानी थाप्न पाउने भएका छन् ।
शोधान्तरमा उल्लेख्य सुधार : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्रलाई सङ्कटतर्फ जानबाट रोक्न सरकारले चालेका कदमहरूको कारण अहिले शोधान्तरमा उल्लेख्य सुधार आएको बत्ताउनुभएको छ ।
किरातेश्वर कन्स्ट्रक्सनलाई दैनिक ३२ हजार जरिवाना
अर्जुन चौपारी गाउँपालिकाले किरातेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी प्रालि सुकेधारा काठमाडौँलाई दैनिक ३२ हजार ४९२ रुपियाँ ४७ पैसा जरिवाना गर्ने भएको छ ।
मेलम्चीको पानी दुई हप्ता नआउने : वितरण प्रणालीमा फेरबदल हुने
पुतलीसडकका पुष्करराज सेढाँईलाई जेठ १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाले दुई हप्ता पानीको आपूर्ति बन्द गर्न लागेकोप्रति दुः ख लागेको छ ।
वर्षासँगै आएको लेदोले चारवटा गाडी पुर्यो
आइतबार (साँझ) वर्षासँगै आएको लेदोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा क्षेत्रमा सवार सवारीसाधन पुरिएका छन् ।
मोखा चक्रवातको असर सुरु
बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
टोपबहादुर रायमाझी बुढानीलकण्ठबाट पक्राउ
पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझी बुढानीलकण्ठबाट पक्राउ पर्नुभएको छ ।
जनताले दुःख नपाउने गरी काम गर्नुहोस् : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिनुभएको छ।
संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने सहमति
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताबीच संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने कुरामा सहमति भएको जानकारी दिनुभएको छ।
डिजिटल उपकरणको प्रयोगले आँखाको समस्या बढ्दै
कम्प्युटर, ल्यापटप, मोवाइलजस्ता डिजिटल उपकरणहरू मानिसका अत्यावश्यक सामग्री भित्र पर्छन् । यस्ता डिजिटल उपकरणहरुले दैनिकी जति सहज बन्दै गइरहेको छ, मानवस्वास्थ्यमा पर्ने असर पनि उत्तिकै बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएको छ ।
नक्कली मह बनाएर बेच्ने सात भारतीय नागरिक पक्राउ
अर्गानिक मह भन्दै घर–घरमा बेच्दै हिड्ने तर बुटवलमै घर भाडा लिएर नक्कली मह उत्पादन गर्ने सात जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका –११ सिर्जनानगरमा चार वटा घर भाडामा लिई नक्कली महको कारखाना खोलको प्रहरीले जनाएको छ ।
लामाे खडेरी: मर्स्याङ्दीको जलविद्युत उत्पादन बढेन
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढ्न सकेको छैन । हाल पूर्ण क्षमतामै उत्पादन हुनुपर्नेमा लामो समयसम्म खडेरी भएकाले उत्पादन बढ्न नसकेको केन्द्रले जनाएको छ ।
संसदलाई प्रभावकारी बनाउन तीन दलका नेता र सचेतकबीच छलफल
प्रधानमन्त्रीको आव्हानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ।
पुष्पा र अञ्जलीलाई प्राकृतिक रूपमा छाडिँदै
प्रकृति संरक्षण कोष सौराहामा हुर्काएका पुष्पा र अञ्जली नामका दुई गैँडाका बच्चालाई निकुञ्जमै पुर्न स्थापित गरिने भएको छ । निकुञ्जको लामि ताल क्षेत्रमा ती दुवै गैँडालाई स्थानान्तरण गर्न लागिएको हो ।