१ जेठ २०८०, सोमबार
२ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
१ जेठ २०८०, सोमबार
२ वर्ष पहिले
काभ्रे, जेठ १ गते । आइतबार (साँझ) वर्षासँगै आएको लेदोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा क्षेत्रमा सवार सवारीसाधन पुरिएका छन् ।
इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार चार वटा सवारी साधन पुरिएका जनाएको छ । प्रहरीका अनुसार पुरिएका मध्ये एक वटा गाडी निकालिएको छ भने अझै तीन वटा पुरिएकै अवस्थामा रहेको जनाएको छ ।
अहिले राजमार्ग एकतर्फी सुचारु गरिएको छ भने पूर्ण रुपमा खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

केशवराज पौडेल