भ्रष्टाचार नियन्त्रण नगरेसम्म समृद्धि प्राप्त गर्न सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन स्थापित गर्ने, समृद्धिको लक्ष्य हासिल गर्ने र सामाजिक न्याय स्थापित गर्नेमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नछुटोस्, निर्दोष नपरोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताउनुभएको छ।
पुराना कलाकार भगवानका वरदान हुन् : नायिका भुवन चन्द
नेपालको पहिलो नायिका हुनुहुन्छ भुवन थापा चन्द । चन्द यस्ता समयका कलाकार हुनुहुन्छ जुनबेला नाच्ने गाउने भनेको नराम्रो मानिन्थ्यो ।
धान उत्पादनमा वृद्धि तर आयात घटेन
आर्थिक वर्ष २०७९/८० को नौ महिनामा नेपालमा १३ अर्बको चामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत्र सम्म १२ अर्ब ९५ करोड ५ लाख ८१ हजार बराबरको चामल आयात भएको हो ।
नारायणीमा ‘सिग्नेचर पुल’ को ठेक्का
पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा छनोट भएको जानकारी दिनुभयो ।
विदेशबाट आउनेले थप एक मोबाइल ल्याउन पाउने
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक थान मोबाइल ल्याउन पाउने निर्णय गरेको छ ।
अवैध रुपमा वैदेशिक रोजागारीमा गएकालाई वैधता दिने सरकारको तयारी
सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकलाई एक पटकका लागि वैधता दिने तयारी थालेको छ ।
भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ।
घुर्ने बिरामीका लागि निद्रा प्रयोगशाला
के तपाईँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाईँ ठूलै समस्या बन्नु भएको होला ।
मौद्रिक नीति खुकुलो हुने अर्थमन्त्री महतको अपेक्षा
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैङ्कले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताउनुभएको छ।
प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ गर्नु आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एक अर्कासँग जोडिएको बताउनुभएको छ ।
शैक्षिक क्षेत्र सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
जनप्रतिनिधि र व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थ चोरी
जिल्लाको विभिन्न स्थानमा जनप्रतिनिधि तथा निर्माण व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थको चोरी निकासी भएको छ ।
क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग
राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गर्नुभयो । सदस्य गुरुङले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गर्नुभयो । उहाँले क्यान्टनमेण्टको काण्डलाई न्यायसङ्गत रूपमा छानबिन गर्न आग्रह गर्नुभयो ।
कार्यालय सहयोगीको भरमा अस्पताल
तनहुँको भानु नगरपालिकामा अस्पताल निर्माण गर्न जग्गा दान दिने परिवारले नै उपचार नपाएर टाढा धाउनु पर्ने बाध्यता भएको छ ।
कानुन व्यवसायीदेखि प्रधानन्यायाधीशसम्म
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । पाँच महिनादेखि पद रिक्त पदमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीको नाम सिफारिस गरेको हो ।
सिंहलाई कारबाही नहुने
नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणले सदनमा प्राथमिकता पाउँदा प्रतिनिधि सभाको सुव्यवस्थामा नै प्रश्न उठ्न थालेको छ । यस प्रकरणमा बोल्न
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस
संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । छ ।
शिक्षाको गुणस्तर सुधार गर्न सरोकारवाला गम्भीर हुनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शिक्षाको गुणस्तर सुधार गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।
गोरखापत्र संस्थानको ऐतिहासिक तस्बिर प्रदर्शनीमा
गोरखापत्र संस्थानमा वि. सं. २०३० देखि २०६० सम्मका ऐतिहासिक फोटो प्रदर्शनका लागि राखिएका छन् । गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ वर्ष प्रवेशको विशेष अवसरमा वैशाख २४ बाट यो प्रदर्शनी सुरु भएको हो ।
बिरामी नआएपछि सुनसान छ वीरको विशिष्ट उपचार कक्ष
देशकै पुरानो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को पुरानो भवनमा विशिष्ट व्यक्ति (भिआईपी र भिभिआइपी) उपचार कक्षहरू लामो समयदेखि सुनसान छ ।
सम्झौता भएको २ वर्षपछि सेतिबेनी पुल निर्माण सुरु
कालिगण्डकी नदीमा सेतिबेनी मोटरेबल पुल सम्झौताको २ वर्ष पुग्नै लाग्दा निर्माण थालनी भएको हो ।
नदीजन्य पदार्थ अवैध उत्खनन् गर्ने उपकरण नियन्त्रणमा
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरू नियन्त्रणमा लिएको छ ।
पशुपतिको विद्युतीय शव दाह अव निःशुल्क
पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ ।