दुई जना गम्भीर घाइते, थप उपचारका लागि काठमाडौं लगियो
सङ्खुवासभाको भोटखोलामा हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
सूचनाको हक लोकतन्त्रको प्राण हो: सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । यहाँस्थित राष्ट्रिय सूचना आयोगको १६ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले सो धारणा राख्नुहुँदै सूचना विना मुलुककाे विकास सम्भव नभएकाे बताउनुभयाे ।
नेपाली भूमिमा बुद्धको जन्म गर्वको विषय : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमिमा बुद्धको जन्म नेपाली र नेपालीका लागि गर्वको विषय भएको बताउनुभएको छ ।
सङ्घीयताले सुगमतर्फ रूपान्तरण हुँदै दार्चुला
सुदूरपश्चिम प्रदेशको उत्तरी हिमाली भेगमा पर्ने दार्चुला जिल्ला भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक दृष्टिले धनी छ । नेपाल सरकारले घोषणा गरेका १३ वटा दुर्गम जिल्लामध्ये दार्चुला पनि एक हो । सङ्घीय संरचनाको निर्माणसँगै यो जिल्ला दुर्गमबाट बिस्तारै सुगमतर्फ फड्को मार्दै छ । सडक, यातायात, ऊर्जासँगै सूचना प्रविधिको प्रयोग र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुँदै आएको छ ।
पृथ्वी राजमार्गका पुल जोखिममा
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुख (सडक र पुल जोडिएको ठाउँ)मा सोमबार जमिन भासियो। भासिएको ठाउँमा ग्याबिन जाली लगाएर १८ घण्टापछि मङ्गलबार दिउँसोदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गरियो। बुधबार फेरि सो पुलको बीच (स्ल्याब)मा नै भ्वाङ परेर यातायात अवरुद्ध भयो।
तरकारी र फलफूलको विषादी परीक्षण प्रतिवेदन पेस गर्न सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायत देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ।
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही
मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज (बिहीबार) सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो ।
नवनियुक्त मन्त्रीले लिनुभयो शपथ
बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
महिलालाई विज्ञापनको साधन बनाइनु गलत हो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाउन नहुने बताउनुभएको छ ।
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।
भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई अझै बेपत्ता
दार्चुलाको व्यास गाउँपालिका –१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ ।
माग घटेपछि भन्सारमै थन्किए एक हजार बढी सवारी साधन
आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् ।
अझै घोडा चढेर यात्रा गर्छन् गुर्जावासी
म्याग्दीको दुर्गम गुर्जा गाउँमा अझै सडक पुगेको छैन । गुर्जालाई जिल्लाको अन्तिम मानव बस्ती मानिन्छ । गुर्जालाई लुकेको बस्ती पनि भन्ने गरिन्छ । धवलागिरि गाउँपालिकाको १ नम्बर वडामा पर्ने गुर्जामा सडक पुर्याउन अझै वर्षौँ लाग्न सक्छ । अनकन्टार भीर पहरा र वन जङ्गल पार गरेर मात्र गुर्जा पुग्न सकिन्छ ।
छ लेन सडकको रेलिङ चोरी
कैलालीको मोहना पुल छ लेन सडक किनारमा लगाइएको रेलिङ चोरी हुन थालेको छ ।
सरकारपिच्छे योजना : सुकुम्बासी बागमती किनारमै
काठमाडौँ महानगरपालिका–११, थापाथलीको सुकुम्बासी बस्ती स्थानान्तरणका लागि नागार्जुन नगरपालिका–१, रानीवनमा अपार्टमेन्ट निर्माण गरिएको नौ वर्ष भयो । सहरी विकास मन्त्रालयका अनुसार करिब १२ करोड रुपियाँको लागतमा सहरी विकास तथा भवन निर्माण विभागले बनाएको भवन २०७७ माघ १३ गतेदेखि मानव सेवा आश्रमलाई प्रयोग गर्न दिएको छ ।
आर्थिक सङ्कटको मारमा उद्योग व्यवसाय
मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अर्थतन्त्रको बाह्य क्षेत्र सुधार देखिए पनि आन्तरिक क्षेत्रमा देखिएको समस्याका कारण उद्योग व्यवसाय सङ्कटमा पर्न थालेका हुन् । बैङ्कको उच्च ब्याजदरका कारण समग्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नभई आर्थिक सङ्कट देखा परेको व्यवसायीको भनाइ छ । बैङ्कको ब्याज तिर्न नसकेका कतिपय ससाना व्यवसाय बन्द भएका छन् । धेरै उद्योग आंशिक रूपमा मात्र सञ्चालन भएको र कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ । आर्थिक सङ्कटबाट साना, मझौला र ठूला उद्योग नै प्रभावित छन् ।
हिमपहिरोमा परेका आमाछोरासहित तीन जनाको सनाखत
दार्चुलाको व्याँस गाउँपालिका –१, भोलेनमा मंगलबार दिउँसो हिमपहिरो खस्दा वेपत्ता भएका पाँच जनामध्ये तीन जनाको शव फेला परेको छ । तीनै जनाको सनाखत भएको छ । दार्चुला दुहँ गाउँपालिका –४, का १८ वर्षीय प्रवीण कुँवर, उहाँकी आमा ३६ वर्षीय कमला कुँवर र डोटीको जोरायल गाउँपालिका –२, बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताउनुभयो ।
सत्ता गठबन्धनको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो।
तीन मन्त्री नियुक्त : कांग्रेस उपसभापति गुरुङलाई कानुन मन्त्रालयको जिम्मेवारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो।
बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक
सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ।
दार्चुलाको हिमपहिरोमा पुरिएकामध्ये एक शवको पहिचान
दार्चुलाको व्यास गाउँपालिका –१ को भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा परेर बेपत्तामध्ये मृतक एक जनाको पहिचान भएको छ ।
राष्ट्रपतिबाट मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नुभएको छ।
अनियन्त्रित ट्रक घरमा ठोक्किँदा तीनको मृत्यु, पाँच घाइते
पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको बन्दिपुर गाउँपालिका –५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
हिमपहिरोमा पुरिएका दुई महिलासहित तीनको शव फेला
दार्चुलाको व्यास गाउँपालिका –१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।