राष्ट्रपति पौडेलद्वारा युरोप भ्रमण स्थगित
राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ ।
रुकुमपश्चिममा १६ हजार ५७० घरमा पूर्ण क्षति
गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ । ठूलो मात्रामा भौतिक क्षति भएको छ ।
साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ ।
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्नुहुँदै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो ।
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगीलाई राष्ट्रपति पौडेलको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नुभएको छ ।
जाजरकोट क्षेत्रमा भूकम्पको रौद्ररूप
शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा भएको क्षतिअन्तर्गत मानवीय खोजी र उद्धारको काम लगभग सकिएको छ ।
चिसो रातमा किरिया पुत्री र पीडितको त्रिपालमुनि बास
भूकम्पले जनधनको क्षति गरेपछि रुकुम पश्चिमका विभिन्न स्थानमा रहेका भूकम्प पीडित र प्रभावित परिवारहरूले घरबाहिरै दिनरात कटाउने गरेका छन् ।
अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’
अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।
पूर्वसूचना दिने उपकरण चलाउन समस्या
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले २०७२ सालको भूकम्पपछि भूकम्प जानुभन्दा करिब ३० सेकेन्डअघि पूर्वसूचना दिने प्रणालीका साथै सेन्सर देशका विभिन्न स्थानमा स्थापना गर्यो । तर सो प्रणाली हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । चीन सरकारको सहयोगमा नास्टले हालसम्म देशभरका ६५ स्थानमा भूकम्प पूर्वसूचना प्रणाली (सेन्सर) जडान गरेको छ ।
सिकिएन २०७२ पछिको अनुभव
२०७२ को भूकम्पको ताजा अनुभवले नेपाललाई भूकम्पको पूर्वतयारी र भूकम्पपछिको पुनर्निर्माणका धेरै कुरा सिकाएको छ । तर तिनको प्रयोग भने नभएको जाजरकोट भूकम्पले स्पष्ट पारेको छ । पश्चिम नेपालमा यस वर्ष ४.० रेक्टर स्केलभन्दा माथिका थुप्रै पटक भूकम्प र पराकम्पन गएका छन् । जाजरकोटमा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प जानुअघि गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलका भूकम्प गए । त्यसअघि पनि गत वैशाख १४ गते बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?
गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ ।
भारतद्वारा १६ करोडको राहत सामग्री हस्तान्तरण
भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० कराेड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।
भूकम्प प्रभावितको सहयोगमा कमी हुन दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताउनुभएको छ ।
ओमानलाई ट्रफी प्रदान गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गर्नुभएको छ ।
नेपाल सुपर ओभरमा निराश
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइतबार आइसीसी टि२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको छ ।
भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गर्ने
सरकारले जाजरकोट क्षेत्रमा भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य एक वर्षभित्र सक्ने निर्णय गरेको छ ।
दुई दिनभित्र भूकम्प प्रभावितलाई राहत सामग्री पुर्याउन उपप्रधानमन्त्री खड्काको निर्देशन
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्त्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।
आजबाट २५ हजार टन चिनीको खरिद प्रक्रिया सुरु, तिहारअघि नै बिक्री गरिने
सरकारले २५ हजार टन चिनी खरिद प्रक्रिया आजबाट सुरु गर्ने जनाएको छ । उक्त चिनी सरकारले तिहार अघि नै बजारमा विक्री गर्ने जनाएको छ ।
संसद्को वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्ने अवस्था देखियो: महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई पन्ध्र दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताउनुभएको छ ।
घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, कात्तिक १९ गते । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो ।उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो । रासस
जुम्लामा अटो दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
जुम्लामा विरामी वाकेर ल्याएको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिमा गाउँपालिका १ देवार गाउँका अटो चालक अन्दाजी ४५ वर्षका पदमबहादुर शाही, सो गाउँका अन्दाजी ४२ वर्षका बलि रोकायाको मृत्यु भएको हो ।
९० वर्षको उमेरमा धनीपुर्जाको निस्सा पाएपछि भक्कानिनु भयो अनन्तमाया
झापाको दमकबाट नजिकै रहेको इलामको माङसेबुङ गाउँपालिकाको वडा नं. ४ की ९० वर्षीया अनन्तमाया देवान ३ घण्टा लगातर हिँडेर धनी पुर्जाको निस्सा पाइन्छ भनेको थाहा पाएर वार्ड कार्यालयसम्म आउनु भयो । जब निस्सा पाउनु भयो उहाँ एक छिन भक्कानिनुभयो ।
खलबलिँदै छ भूकम्पको शक्ति
नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको छ । यो पुरानो र नयाँ शक्ति हो । उहाँहरूका अनुसार शक्ति सञ्चित हुनुमा केही कारण छन्। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि केही वर्ष परकम्पमा बिते । त्यसले अर्को महाभूकम्पको शक्ति काठमाडौँको जमिनमुनि थुपारिदिएको छ ।