सांसदको भूमिका प्रभावकारी हुनसकेको छैनः सांसद तामाङ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउनुहुन्छ । “सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति–निर्माण गर्ने छ । तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन । जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन । सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन”, उहाँ भन्नुहुन्छ ।
भ्रष्टाचार मुद्दामा विराटनगरका पूर्व उपप्रमुख कार्कीसहित सबैलाई सफाइ
विराटनगर महानगरपालिकाका पूर्व उपप्रमुख इन्दिरा कार्कीसहित सबै नौ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ ।
सांसद सिंह धरौटीमा रिहा
मधेस प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव उच्च अदालत जनकपुर राजविराजको आदेशमा बिहीबार राती रिहा हुनुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सांसद यादवलाई उच्च अदालतले रु एक लाख २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका निमित्त रजिस्ट्रार फणीन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।
आयुर्वेदिक औषधी कम्पनीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनिवार्य
अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न सकेका छैनन् । नेपालमा ८० वटा आयुर्वेदिक औषधी उद्योग दर्ता भए पनि ५५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जिएमपी) लागु भएपछि जडीबुटीजन्य तथा परम्परागत औषधीजन्य उद्योगले समेत अनिवार्य जिएमपी लागु गर्नैपर्ने छ ।
मासिक रूपमा तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोबिल, बे्रक आयलबापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनुपर्ने छ । यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने छन् ।
भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग
एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उहाँलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँड्नुभयो । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै हुनुहुन्थ्यो । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भन्नुभयो, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”
भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढ छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउनु भएको छ ।
समस्या र समाधानका सूची बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।
पासाङको पुस्तक सरलता र इमानदारिताको प्रतीक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले लेख्नुभएको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताउनुभएको छ ।
गैर–नेपाली नागरिक मेहराविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा
गैर–नेपाली नागरिक अनुप मेहराविरुद्ध गैरकाुननी रूपमा पाँच करोड पाँच लाख ४२ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
तिहार झिलिमिली पार्न ६० करोडको बत्ती आयात
तिहार सुरु हुनै लाग्दा बिजुली पसलहरुमा ग्राहको चहलपहल बढ्दै गएको छ । यो पर्वमा विभिन्न प्रकारका झिलिमिली बत्तीको व्यापार फस्टाउँछ ।
‘छेपारे गाउँपुग्दा सग्लो घर थिएन’
जाजरकोटमा गएको भूकम्पले निम्त्याएको विपद्ले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गरेको छ । भौगोलिक रूपले विकट अति प्रभावित क्षेत्र आठविसकोटमा भूकम्पलगत्तै पुगेको नेपाली सेनाले खोज, उद्धार र उपचारमा अब्बल भूमिका खेलेको छ ।
प्रधानमन्त्री र मन्त्रीले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने
सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैङ्कका सीईओलाई अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुखकार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
अमेरिका नेपालको बृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले यहाँ महत्वपूर्ण भेटघाट गरी द्विपक्षीयहितका बहुआयामिक छलफल गर्नुभएको छ ।
युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मार्फत युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मङ्सिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) का लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ ।
नवलपुरका पीडितले सङ्गठित भएर मिटरब्याजीको घर घेराउ गर्ने
नवलपुरका मिटरब्याजी पीडितहरू सङ्गठित भएर आन्दोलित भएका छन् । कावासोतीमा मिटर ब्याज पीडितहरूले जिल्ला भेला गरी मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति गठन गरेका छन् । भेलाले गोमा घिमिरेको अध्यक्षतामा ११ सदस्सीय सङ्घर्ष समिति गठन गरेको छ ।
सीपीसी नेता वाङ र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
सबै गतिविधिको मुख्य आधार नै मानव अधिकार
नेपाल र युरोपेली सङ्घ (इयु) ले आगामी वर्ष नेपालमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सव मनाउँदै छ । लामो द्विपक्षीय सम्बन्धको इतिहासबाट वर्तमान र भविष्यको साझेदारीको सुन्दर गोरेटो निर्माण गर्ने पथमा यात्रारत छ । सङ्घले मानव अधिकारको विषयलाई आफ्ना सबै साझेदारीको प्रमुख बिन्दु मानेको छ । इयु–नेपाल सम्बन्धको यो यात्रामा सङ्घको नेपालप्रतिको दृष्टिकोण कस्तो रहेको छ र भविष्यमा साझेदारी कसरी अगाडि बढ्छ ? यो समग्र युरोप र नेपालको पनि चासोको विषय हो । यसै सेरोफेरोमा गोरखापत्र संस्थानका प्रकाशन गोरखापत्र दैनिकका तर्फबाट चाँदनी हमाल र द राइजिङ नेपालका तर्फबाट आशिष मिश्रले सङ्घ
इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र
जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४६६ भन्दा बढी पराकम्पन गएका छन् ।
पोखराको लेक साइड बन्द नगर्न उच्च अदालतको आदेश
उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराका न्यायाधीश राजन प्रसाद भट्टराईको एकल इजलासले सो आदेश दिएको हो ।
मखमली मालाको माग धेरै : उचित मूल्य नपाएकोमा व्यवसायी निराश
मखमली फूलको मालाको माग अत्याधिक भए पनि मूल्य नपाएको किसानहरुको गुनासो छ । गुण्डुका किसानहरुले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारका लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् ।
भूकम्पपीडितका लागि प्राधिकरणद्वारा एक करोड प्रदान
जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरे बमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ ।