ज्याकेट लगाएको भन्दै 'प्रिन्सिपल'द्वारा विद्यार्थीमाथि कुटपिट
विद्यालय पोसाकको बाहिरपट्टीबाट ज्याकेट लगाएर आएका एक विद्यार्थीलाई प्रिन्सिपलले निर्घात कुटपिट गरेका छन्। रुपन्देहीको रोहिणी गाउँपालिका-७ मा रहेको मोडेल गोल्डेन फ्यूचर इङ्गलिस स्कुलका प्रिन्सिपल शम्भु यादवले कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई आकाश गुप्तालाई कुटपिट गर्नुभएको हो।
उखु किसानले अनुदानबापतको २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी
सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ ।
अम्रिसोको कुचो बिक्री गरी लाखौँ आम्दानी
नवलपुरको पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएको छ । पहाडमा बस्नेको अम्रिसो आम्दानीको बलियो स्रोत बन्दैगएको छ ।
उखुको न्यूनतम खरिद मूल्य तोकियो
सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपियाँ तोकेको हो ।
पूर्वमन्त्री न्यौपानेको निधन
नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको हो ।
देशभरको मौसम सफा रहे पनि चिसो बढ्यो
पश्चिमी वायुको प्रभावका कारण अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।
चीन भूकम्प : मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।
बारा दुर्घटनाका २७ जना घाइतेको पहिचान खुल्यो (नामावली सहित)
बुधवार बिहान २ बजे बारामा दुर्घटना २७ जना घाइते भएकाहरूको पहिचान खुलेको छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु , २७ जना घाइते
बुधवार बिहान २ बजे बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टा बाट काठमाडौँ तर्फ जाँदै गरेको बा.३.००१ख २५८७ न.को बस र हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना ७ ख ७३०० न.को ट्रक एक आपसमा ठक्कीएको थियो ।
बालविवाह गर्ने बेहुलासहित पाँच जना पक्राउ
नवलपुरमा जबर्जस्ती बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।
नक्कली भिजिट भिसा बनाउने वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा
नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।
चीनमा भूकम्पबाट १२७ जनाको मृत्यु, डेढ लाख भवन क्षतिग्रस्त
उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।
स्रोत नखुलेको १६ लाख नगदसहित एक व्यक्ति पक्राउ
स्रोत नखुलेको १६ लाख १० हजार रुपियाँसहित सशस्त्र प्रहरीले मंगलबार विराटनगरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।
बस र ट्रक ठोक्किँदा चार गम्भीर घाइते
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोक्किँदा ४ जना गम्भीर घाइते हुनुभएको छ ।
एनसेल छानबिन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई संसदीय समितिको निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ ।
चिकित्सा शिक्षा ऐन संशोधनपछि युवाको विदेश पलायन रोकिन्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेपछि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बन्ने र युवाहरुको विदेश पलायन रोक्न सकिने बताउनुभएको छ ।
एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ जारी
एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ ।
चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १११ पुग्यो
उत्तर पश्चिम चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।
भारतीय संसदका ७८ सांसद निलम्बित
विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ ।
सबै उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४८ साल पछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरू सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले सोमबार दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।
सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको ‘भर्चुअल’ निरीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रुम’बाट निर्माणाधीन नारायणगढ-बुटवल सडकखण्ड र मुग्लिन-पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गर्नुभएको छ ।