• १३ असोज २०८१, आइतबार

पुलबाट खसेर राजकुमारको मृत्यु

blog

बासुदेव शर्मा 

जाजरकोट, माघ १६ गते । जाजरकोटमा एक जना पुरुषको पुलबाट खसेर मृत्यु भएको छ । नलगाड नगरपालिका –५ एरारीका २८ वर्षीय राजकुमार शाहीको पुलबाट खसेर मृत्यु भएको हो ।

नलगाड नगरपालिका दल्लीमा सञ्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्डको खेलकुद हेरी घर फर्किने क्रममा नलगाड खोलाको झोलुङ्गे पुलबाट चिप्लिएर एकसय मिटर तल खसेर टाउको र शरीरको भित्री भागमा चोट लागेपछि प्राथमिक उपचारका लागि अस्पताल दल्लीमा सामान्य उपचार गरिएको थियो । 

थप उपचारका लागि नेपालगन्ज लगिँदै गर्दा बाटोमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधव विश्वकर्माले बताउनुभयो ।  घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।