• १३ असोज २०८१, आइतबार

जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु, पाँचजना गम्भीर घाइते

blog

हेलम्बु गापाको मिलारेपा गुफा जाँदै गरेको बा २ च ४४५० नम्बरको जिप दुर्घटना स्थल ।

चित्र मिजार

सिन्धुपाल्चोक, माघ १७ गते । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ । पाँचजना गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार हेलम्बुको दोरिङ भीरबाट बा २ च ४४५० नम्बरको जिप खस्दा भुटानी नागरिकको मृत्यु भएको हो । उक्त जिपमा  एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए । 

उक्त जिप दुर्घटनामा परेर मृत्यु हुनेमा ७१ वर्षीया वान मो, ३३ वर्षीय टग्प गेङ रहेको इप्रका हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइते भएका अन्य चारजनालाई हेलम्बु स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उपचार गराइरहेका चार जना मध्ये तीनजना गम्भीर अवस्थामा रहेका छन् । अधिकांशको टाउको र हातपाउमा गहिरो चोट लागेको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले गम्भीर घाइतेलाई हेलिकप्टरबाट राजधानीमा उपचार गराउन लैजाने तयारी भइरहेको बताउनु भयो । 

उक्त जिप हेलम्बुको मिलारेपा गुफा जाँदै थियो । गुम्बा जाने कच्ची सडकमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो ।