• १३ असोज २०८१, आइतबार

जिप दुर्घटनामा २ जनाको मृत्यु

blog

गणेश खनाल

अर्घाखाँची, माघ २० गते । अर्घाखाँची जिल्लाको भूमिका स्थान नगरपालिका वडा नं २ उपल्लो ढाकावाङस्थित थापा डाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ढाकावाङबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १६७९ नम्बरको सवारी जिप शनिबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख प्रतीक सिंह राठौरले जानकारी दिनुभयो । मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर २ मुलटंकि निवासी देवा वेल्वासे र सन्धिखर्क नगरपालिका वाड नम्बर ८ खापडाडा निवासी डेमकला आचार्यको रहनुभएको छ ।

जिप थापा डाँडाबाट करिब १५० मिटर तल खोलाखर्क झरेको जनाइएको छ । घाइतेको उद्धार भइरहेको प्रहरीको भनाई छ ।