अध्यागमन अधिकृतसँग सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाउने दुई जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालगायत कर्मचारीमार्फत तीन सय जनालाई सेटिङ मिलाएर भिजिट भिसामा पठाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि
नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो ।
कांग्रेसद्वारा राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
धरौटी बुझाउन पूर्वगृहमन्त्री खाण जिल्ला अदालतमा
नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गर्दै धर्ना
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शनप्रति रुपन्देहीमा रहेका निजी क्षेत्रका संघ संस्था, राजनीतिक दल तथा सामाजिक संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
महानगरको स्वर्णिम योजना सम्पन्नपछि राजधानीको मुहार फेरिन्छ : उपप्रमुख
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै सङ्घीय राजधानीको मुहार फेरिने दाबी गर्नुभएको छ ।
काठमाडौंमा फोहोरको दिगो व्यवस्थापन हुन्छ : प्रमुख साह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोरकाे दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु, हवलदार गम्भीर
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मदन चोक नजिकै बोलेरो गाडीको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक प्रहरी हवलदार गम्भीर घाइते हुनुभएको छ ।
नाबालिकाको हत्या भएको अशंका
धनुषाको सबैला नगरपालिकाको सतोखर गाउँमा एक नाबालिकाको हत्या भएको आशंका गरिएको छ । बालिकाको घाँटी थिचेर हत्या भएको हुन सक्ने धनुषाका नायब प्रहरी उपरीक्षक रञ्जन आबाले जानकारी दिनुभयो ।
युरोपमा फेरिँदै नेपालीको हैसियत
मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । उहाँले स्मरण गर्नुभयो, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गर्नुभयो । उहाँले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ ।
गाजामा इजरायली सेनाद्वारा १११ प्यालेस्टिनी मारिए
गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
मुख्यमन्त्री यादवविरुद्ध प्रदर्शन, प्रजिअलाई ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजिनामा माग गर्दै पीडित पक्षले बिहिबार कलैयामा प्रदर्शन गरेका छन् ।
रैथाने बाली उत्पादनमा जोड दिऔँ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गर्नुभयो ।
परराष्ट्रको विशिष्ट श्रेणीमा लम्साल बढुवा
सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष ओलीद्वारा चार वर्ष पुरानो पार्क उद्घाटन
सङ्कल्प यात्राको क्रममा एमाले अध्यक्ष के पी शर्मा ओलीले धनकुटाको हिलेमा ४ वर्ष पुरानो पार्क उद्घाटन गर्नुभएको छ । प्रदेश सरकार वन, वातावरण तथा पर्यटन मन्त्रालय विराटनगरको लगानीमा धनकुटा नगरपालिका १ हिले बिच बजारमा करिब १ रोपनी भन्दा बढी क्षेत्रफलमा निर्माण भएको हिलेपार्क जोन उद्घाटन गर्नुभएको हो ।
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत
नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ ।
पेस्तोल देखाएर लुटियो पाँच लाख
सर्लाहीको हरिपूर्वामा बिहीबार बिहान अज्ञात व्यक्तिले हतियार देखाएर सहकारीका कर्मचारीको साथमा भएको पाँच लाख रुपियाँ लुटेका छन्। जिल्लाको दक्षिण-पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–६, हनुमान चोकस्थित महाजनको पोखरी नजिक बिहीबार बिहान ११ः३० बजेतिर लुटपाट भएको हो ।
चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म चार खर्ब ७७ अर्ब ९६ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
महेन्द्रनगरमा सात दिने निषेधाज्ञा जारी
कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी भएको छ । भीमदत्त नगरपालिका–४ मा रहेको संविधान चोकको आसपास क्षेत्रमा मूर्ति स्थापना गर्न दिने वा नदिने विषयमा राजनीतिक दलबिच मतभिन्नता देखिएपछि शान्ति सुव्यवस्थालाई कायम राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको हो ।
जन्तीको जिप दुर्घटना, वडा सदस्यको मृत्यु
प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप आज बिहीबार बिहान दुर्घटनामा परेको हो ।
पूर्वगृहमन्त्री खाणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी
उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिनुभएको निवेदनमाथि सुनुवाइ जारी रहेको छ ।
आज आकाशमा उल्का वर्षाको रमाइलो देखिने
बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिनेछ । आकाश खुला रहेको अवस्थामा जुनसुकै स्थानबाट मिथुन उल्का वर्षा देख्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताउनुभयो ।
भारतीय संसदमा धुवाँ आक्रमण, चारजना पक्राउ
भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुराएका थिए ।
रातको समयमा चोरी गर्ने ६ जना पक्राउ
प्रहरीले विभिन्न मिति र ठाउँबाट रातको समयमा चोरी गरेको अभियोगमा ६ जनालाई उपत्यकाका विभिन्न स्थानबाट मङ्गलबार पक्राउ गरेको छ ।