पाँचथरबाट पुनः एमालेका नेम्बाङ विजयी
मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएसँगै पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार वसन्तकुमार नेम्बाङ विजयी हुनु भएको छ ।
रौतहट १ मा एसका अध्यक्ष माधवकुमार नेपाल विजयी
रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएकाे हाे ।
चितवन-२ मा रवि लामिछाने विजयी
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।
तनहुँ १ बाट छैटौँ पटक कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी
तनहुँ–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारी मतान्तरले विजयी हुनुभएको छ । एमालेका एकबहादुर रानाभन्दा ५ हजार ३८८ मतान्तरले पौडेल विजयी हुनुभयो ।
दोब्बर मतान्तरले गोरखाबाट माओवादी अध्यक्ष प्रचण्ड विजयी
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी हुनुभएको छ ।
गोरखा–१ मा कांग्रेसका बजगाईँ विजयी
गोरखा–१ बाट वाम–गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका राजेन्द्र बजगाईँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
कैलाली ४ मा भट्टलाई हराउँदै बलायर विजयी
कैलाली क्षेत्र नम्बर ४ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलाएर प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ ।
ललितपुरबाट तोसिमा कार्की विजयी
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ।
रुपन्देही ५ मा वासुदेव घिमिरे विजयी
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार वासुदेव घिमिरेले फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।