चितवन–२ मा उपनिर्वाचन
सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ ।
लामिछानेद्वारा सर्वोच्चको फैसलाको स्वागत, पदबाट राजीनामा
सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ।
सर्वोच्चमा भीडभाड : गृहमन्त्रीको नागरिकता मुद्दाको फैसलाको पर्खाइ
काठमाडौं, माघ १३ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकिएको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा उक्त विवादबारे पेसी तोकिएको थियो । शुक्रबार संवैधानिक इजलासमा गृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरुले बहस गर्नुभएको छ । त्यसपछि रिट निवेदकले जवाफी बहस गर्नुभएपछि सुनुवाइ सकिएको हो । गृहमन्त्रीको मुद्दामा सुनुवाइ सकिएपछि फैसलाको प्रतीक्षामा सञ्चारकर्मीको बाक्लाे भीड लागेको छ । सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो ।नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने : कार्यतालिका सार्वजनिक
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो।
टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडान
सीता एयरले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ।
सङ्घीय निजामती सेवा ऐन दुई महिनाभित्र संसदमा टेबल हुन्छ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले दुई महिनाभित्रैमा निजामती सेवा ऐन संसदमा टेवल गर्ने बताउनुभएको छ।
भारत लगिँदै थियो राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको १०१ थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ ।
सिमभन्ज्याङमा बन्दै छन् सात ताल
बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माणाधीन रहेका छन्। मकवानपुर जिल्लाको सबैभन्दा उचाइमा रहेको सिमभन्ज्याङ बजारनजिकै प्रदेश सरकारको ७२ लाख ६९ हजार रुपियाँ लागतमा पहिलो चरणमा एउटा ताल निर्माण हुनेछ। थाहा नगरपालिका–४ स्थित सिमभन्ज्याङमा निर्माण हुने तालको तल्लो आधार हात्तीपाइले निर्माणलगायतका काम सम्पन्न भएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थपिए ५३ प्रजातिका माछा
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५३ प्रजातिका माछा थपिएका छन्।