सञ्चार मन्त्री रेखा शर्माद्वारा नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन गर्नुभएको छ । आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्य बीमा फराकिलो बनाएर जनतामाझ लैजान्छौँ : स्वास्थ्य मन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै फराकिलो बनाएर जनतामाझ लैजाने बताउनुभएको छ । भरतपुरस्थित विपि कोइराला क्यान्सर अस्पतालमा अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा बोल्दै मन्त्री गिरीले यस्तो धारणा राख्नुभएकाे हो ।
चार करोडमा बनेको च्याम्बर प्रयोगविहीन
सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि.सं. २०७६ फागुनमा निर्माणसम्पन्न भएको च्याम्बर परीक्षण गरेर बन्द भएको थियो। गत वर्ष च्याम्बर सञ्चालन गरे पनि घाटा भएपछि सञ्चालकले बन्द राखेका छन्।
पहिलो गभर्नर हिमालय शमसेर राणाको निधन
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर राणाको निधन भएको छ । ९५ वर्षीय राणको उपचारका क्रमममा थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार बिहान ६:३० बजे निधन भएको पूर्वमन्त्री सुनिलबहादुर थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
यूएईमा नेपालीलाई ८२ करोडको चिट्ठा
सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जित्नुभएको छ । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जित्नुभएको हो । उहाँले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काट्नुभएको थियो ।
होमस्टेमा रमाउँदा
धेरै मान्छेलाई धन कमाउने अनि समाज, इस्टमित्रबाट ‘ओहो क्या राम्रो गरेको’ भन्ने आवाज सुन्न मन लाग्न सक्छ । यस्तो विचार लिएर एकसुरले हिँडिरहँदा आफ्नो संस्कार, संस्कृति र परम्परामा भने ध्यान नपुग्न सक्छ । यति मात्र होइन, विदेशीको नक्कल गर्न पनि पुग्न सक्छौँ । धेरै नेपाली दाजुभाइ, दिदीबहिनी विदेशको तातो ठाउँमा गएर दुःख मेहनत गरेर पेट पाल्न बाध्य छन् । यस्तो अवस्थामा स्वदेशमै रहेकाले आफूले जानेको कामबाट कहीँ कतै सहयोग पुगोस् भन्ने उद्देश्यले केही त गर्नैपर्छ, जुन कामले परिवारसँगै बस्नका लागि बाटो खोलोस् । आफ्नै देशमा बसेर धेरथोर कमाउन सकियोस् ।
सहकारीका बचतकर्ताको रकम जोखिममा
रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको पाइएको हो । लुम्बिनी प्रदेश सहकारी विकास बोर्डको उपाध्याक्ष टीकाराम पोखरेलले प्रदेशमा सञ्चालनमा रहेका केही सहकारी संस्थामा समस्या देखिएकाले सरकारले कानुुनी प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
विवाह गर्दै निहारिका र शिवराज
आफूलाई ‘कुमारी आमा’का रूपमा चिनाउँदै आउनुभएकी निहारिका राजपुत र आरोपित शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने हुनुभएको छ ।
बैंक एकाउण्ट ह्याक गरी चार लाख चोरी, आठ जना पक्राउ
ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।