नारायणगढ–बुटवल सडक विस्तारमा न्यून प्रगति
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ ।
सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौंः अर्थमन्त्री
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने बताउनुभएको छ ।
बाजुरा केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प
बैतडीमा मङ्गलबार दिउँसो भूकम्प गएको छ। मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिनुभयो।
प्रधानमन्त्री दाहाल र लुम्बिनी प्रमुख शेरचनबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ । भेटका क्रममा उहाँले प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खेल मिलेमतोको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरका दुई युवाको भारतमा हत्या, शव नेपाल ल्याइँदै
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।
जनताप्रतिको उत्तरदायित्व र जबाफदेहिता पहिलो प्राथमिकता : सभामुख
सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जबाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
सभामुख पदका लागि निर्वाचन सुरु
प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ । सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो ।
सभामुखको उम्मेदवारीका लागि काँग्रेस अनिर्णित
नेपाली काँग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबर पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।