ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बस्दै
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि विषयहरू तय गर्न आज शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो ।
पाल्पामा बिहे भोज खाएका ८० बढी बिरामी
बिहेको भोज खाएपछि पाल्पाको बगनासकालीस्थित चिर्तुङधारा ८० जना भन्दा बढी स्थानीयवासी बिरामी परेका छन् । बगनासकाली–१, चिर्तुङधारा स्थित घोर बन्दामा गएको शनिवार भएको बिहेको भोज खादा घोर बन्दा बुढाखान्डे, भाङ जेली, अम्रेली, पिपरटुङ, ढाडटोलवासी बिरामी परेका हुन् ।
प्रतिनिधि सभातर्फ सात स्थानको मत परिणाम आउन बाँकी
प्रतिनिधि सभातर्फको १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा छ ।
रामेछापबाट काँग्रेसका कान्छाराम विजयी
रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्नुभई उहाँ विजयी हुनु भएको छ ।
कैलाली–५ बाट कांग्रेसका पन्त निर्वाचित
कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
बाजुरामा भोलि मतदान हुने, दोलखा र स्याङ्जा घटनाको अनुसन्धान हुँदै
मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
धनुषा २ मा कांग्रेसका यादव र ३ मा एमालेका महतो विजयी
प्रतिनिधि सभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं.२ र ३ को मतपरिणाम सार्वजनिक भएको छ ।
सर्लाही ३ मा एमालेका उप्रेती विजयी
सर्लाहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का हरि उप्रेती निर्वाचित हुनुभएको छ ।
रुकुम पश्चिमबाट अर्थमन्त्री शर्मा चौथो पटक विजयी
अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित हुनुभएको हो ।