बाजुरामा भोलि मतदान हुने, दोलखा र स्याङ्जा घटनाको अनुसन्धान हुँदै
मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
धनुषा २ मा कांग्रेसका यादव र ३ मा एमालेका महतो विजयी
प्रतिनिधि सभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं.२ र ३ को मतपरिणाम सार्वजनिक भएको छ ।
सर्लाही ३ मा एमालेका उप्रेती विजयी
सर्लाहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का हरि उप्रेती निर्वाचित हुनुभएको छ ।
रुकुम पश्चिमबाट अर्थमन्त्री शर्मा चौथो पटक विजयी
अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित हुनुभएको हो ।
पाँचथरबाट पुनः एमालेका नेम्बाङ विजयी
मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएसँगै पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार वसन्तकुमार नेम्बाङ विजयी हुनु भएको छ ।
रौतहट १ मा एसका अध्यक्ष माधवकुमार नेपाल विजयी
रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएकाे हाे ।
चितवन-२ मा रवि लामिछाने विजयी
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।
तनहुँ १ बाट छैटौँ पटक कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी
तनहुँ–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारी मतान्तरले विजयी हुनुभएको छ । एमालेका एकबहादुर रानाभन्दा ५ हजार ३८८ मतान्तरले पौडेल विजयी हुनुभयो ।
दोब्बर मतान्तरले गोरखाबाट माओवादी अध्यक्ष प्रचण्ड विजयी
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी हुनुभएको छ ।