• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री दाहाल र लुम्बिनी प्रमुख शेरचनबीच भेटवार्ता

blog

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, माघ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र लुम्बिनी प्रदेश  प्रमुख अमिक  शेरचनबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ । भेटका क्रममा उहाँले प्रधानमन्त्री दाहाललाई बधाई  तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटवार्तामा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा  छलफल भएको सचिवालयले जनाएको छ ।