सिचुवानले छाडेका आयोजनामा रुरु आयोजनाको रुचि
चिनियाँ कम्पनीले बीचमै अलपत्र छोडेका आयोजनामा नेपाली निर्माण कम्पनीले रुचि देखाएको छ । कर्णाली प्रदेशको हुम्लामा प्रस्तावित दुई वटा जलविद्युत आयोजना निर्माणका लागि रुरु जलविद्युत परियोजना कम्पनी अघि सरेको हो ।
सरकार सुशासनको पक्षमा दृढ भएर काम गर्छ : उपप्रधानमन्त्री खड्का
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै शनिबार उपप्रधानमन्त्री खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि बढाउने स्पष्ट पार्नुभयो।
उपप्रधानमन्त्री खड्का सेनाको मध्य एयर वेशको भ्रमणमा
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयर वेशको निरीक्षण गर्नुभएको छ।
कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश : ‘पीडितलाई ३० लाख क्षतिपूर्ति दिनु’
सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा ३० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।
भ्रष्टाचारको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुगु र महोत्तरी जिल्लाका १२ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।
कोशी सरकार गठनका लागि आह्वान
प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियोे ।
कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा वीरेन्द्र सैनिक अस्पतालको निरीक्षण
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गर्नु भएको छ ।
भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा
तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् ।
भित्तेचित्र कोर्नुहुँदै ८२ वर्षीय चित्रकार
भक्तपुर नगरपालिका–९ तचपालस्थित भीमसेन मन्दिरको पाटीमा कालभैरवको भित्तेचित्र कोरिएको छ । ८२ वर्षीय रामकृष्ण चित्रकारले भिमसेन मन्दिरको पाटीमा कालभैरबको भित्तेचित्र कोर्नुभएको हो ।
निर्वाचन आयोगद्वारा सुदूरपश्चिमका ७९ जनालाई जरिवाना
निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाएको कसुरमा नेपाली कांग्रेसका नेताद्वय नारायणप्रकाश साउद (एनपी साउद) र रमेश लेखकसहित सुदूरपश्चिम प्रदेशमा ७९ जना उम्मेदवारलाई जरिवाना गरेको छ ।
‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ राष्ट्रिय सभाबाट पारित
राष्ट्रिय सभाको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो ।
हाँडे/गलफुलो लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे/गलफुलो लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।
डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै : चार दिनमै थपिए ३३०
पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ३३० जना डेंगु सङ्क्रमित थपिएका छन् ।
कोशी सरकार गठनविरुद्धको मुद्दाको फैसला आज
सर्वोच्च अदालत दायर भएको कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको फैसला आज आउने भएको छ ।
आजदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने
बागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो ।
एक लाख रुपियाँ घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ
सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले केहीबेर अघि नियन्त्रणमा लिएको छ ।
४२ लाखको मोबाइलका सामग्री सशस्त्र प्रहरीद्वारा बरामद
सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुरबाट बुधवार ४२ लाख रुपियाँभन्दा बढीका तस्करी गरेर भित्र्याइएको मोबाइलका पार्टसहरु बरामद गरेको हो ।
कात्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवहरुलाई अर्थमन्त्री डा. महतको निर्देशन
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा. प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिनुभएको छ। देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किनुभएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका लागि सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा सामूहिक छलफल गर्नुभएको छ ।
एमालेद्वारा प्रतिनिधिसभामा अवरोध : बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।
बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा
तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ ।
बाँकेमा आर्थिक अपराधमा वृद्धि : बैङ्किङ कसुरमा ३०५ उजुरी दर्ता
पछिल्लो समयमा आएर अन्य प्रकारका विभिन्न आपराधिक घटनासहित बाँकेमा आर्थिक अपराधका घटनाहरू पनि बढ्दै गएको प्रहरीले जनाएको छ ।
निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना
निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ।
अपराधमा संलग्न सबैलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभएको छ।