प्रधानमन्त्री र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता
इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डी म्याकअनबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट भएको छ ।
चीनमा व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु
उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाका लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
सुन प्रकरणमा भन्सार अधिकृतसहित छ जना पक्राउ
राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद प्रकरणमा भन्सार अधिकृतसहित छ जनालाई पक्राउ गरेको छ।
माओवादी उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ ।
राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधि मण्डलको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनका सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ।
ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कोशी प्रदेशका सभामुखबारे अदालतको फैसला स्वीकार्य हुन्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेश सभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्वीकार्य हुने बताउनुभएको छ ।
मौद्रिक नीति : सहकारी संस्थाको नियमनका लागि विशिष्टीकृत निकाय स्थापना गरिने
नेपाल राष्ट्र बैङ्कले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।
सौर्य बैठकमा सहभागी हुन मन्त्री बस्नेत नेतृत्वको टोली अबुधावी प्रस्थान
संयुक्त अरव इमिरेट्सको अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौं बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज त्यहाँका लागि प्रस्थान गरेको छ। बैठक जुलाई २४ देखि २६ (साउन ८ देखि १०) सम्म हुनेछ ।
बैठक गर्नुअघि लाइभको कार्यविधि बन्नुपर्थ्यो : नेता कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठक बस्नुअघि त्यसको कार्यविधि तय गरेर बैठक लाइभ गरेको भए राम्रो हुने सुझाव दिनुभएको छ । केन्द्रीय समिति बैठक सानेपामा आज आफ्नो धारणा राख्नुहुँदै उहाँले सो सुझाव दिनुभएको हो ।
मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने
नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०८०÷८१ मा मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने जनाएको छ ।
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ
कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ ।
उपत्यकामा थुप्रिएको फोहोर उठ्न थाल्यो
काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।
मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ
मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ ।
सामुदायिक विद्यालयको प्रवेश परीक्षामा ‘ओएमआर’ सिट
त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्नाको लागि सञ्चालन गरेको प्रवेश परीक्षामा अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिको प्रयोग गरेको छ ।
काठमाडौँका सबै विद्यालय व्यवस्थापन समिति भङ्ग
काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो। नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले ठाडो असन्तुष्टि जनाएका छन्।
सञ्चारमन्त्री रेखा शर्मा सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताउनु भएको छ ।
सुन प्रकरणबारे बुझ्न गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालयमा
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुग्नुभएको छ ।
काठमाडौं र ललितपुरमा शनिबार आठ घण्टा विद्युत अवरुद्ध हुने
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि (शनिबार) आठ घण्टा विद्युत् वितरण प्रभावित हुने भएको छ ।
घुस लिने इन्जिनियर पर्खाल नाघेर भागेपछि अख्तियारको टोली रित्तो हात फर्क्यो
सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेका थिए । यता खुस लिने कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका छन् ।
आपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लाग्दै : सीआईबी
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक वर्षको कार्यप्रगति सार्वजनिक गरेको छ । बिहीबार आर्थिक वर्ष २०७९/८० को कार्यप्रगति सार्वजनिक गर्दै सीआईबीले विभिन्न मुद्दामा १२५ जनालाई पक्राउ गरेको जनाएको छ ।
सुन तस्करी प्रकरणमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।