त्रिभुवन विमानस्थलमा अझै सुन रहेको आशङ्का
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पसिरमा अझै सुन रहेको आशङ्का गरिएको छ । परिसरमा अझै सुन रहेको आशङ्का रहेकाले राजश्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको जनाएको छ ।
ठेकेदार सम्पर्कविहीन भएपछि सडक निर्माण अलपत्र
‘सडक निर्माणको अवधि सकिएको वर्ष दिन हुन लागेको छ । सडकको मुख्य भागमा गिट्टी र ढुङ्गाको थुप्रो छ । स्थानीयलाई सडकमा सास्ती खेप्नुपरेको छ । ठेकेदार सम्पर्कविहीन भएको स्थानीयको गुनासो छ ।
कांग्रेस बैठक तेस्रो दिन जारी : नेतृत्व परिवर्तन बेमौसमी बाजा
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य उर्मिला नेपाल केसीले पार्टीमा नेतृत्व परिवर्तनको विषय बेमौसमी बाजा भएको बताउनुभयो ।
सुन तस्करी प्रकरण : भन्सार जाँचपासमा संलग्न सबैलाई निलम्बन गरिने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपियाँ कायम भएको छ ।
विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
अपडेटः विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा बढी, तीन जना पक्राउ
राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ।
आयुर्वेदिक चिकित्सालयलाई रङ्गीन अल्ट्रासाउण्ड
कैलालीको धनगढी उपमहानगरपालिका –३ स्थित राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई रङ्गीन अल्ट्रासाउण्ड प्रदान गरिएको छ । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले आयुर्वेद चिकित्सालयलाई अल्ट्रासाउण्ड उपलब्ध गराएको हो ।
ल्याण्डफिल्ड साइटका स्थानीयवासी र सरकारको बैठक बिना निष्कर्ष सकियो
ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ ।
दशगजा क्षेत्रमा बनाइएको टहरा हटाइयो
सर्लाहीको नेपाल–भारत सीमा क्षेत्र दशगजामा वर्षौदेखि अतिक्रमण गरेर बनाइएको घर, टहरा र पसल हटाइएको छ । दशगजा (नो म्यान्स ल्यान्ड) क्षेत्रमा नेपाल र भारत दुवै तर्फका नागरिकले अतिक्रमण गरी घर निर्माण गर्ने, घुम्ती पसल राख्दैआएका थिए ।
भद्राकुमारी घलेको घरमा डोजर चल्यो
काठमाडौं, साउन ३ गते । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा रहेको समाजसेवी भद्राकुमारी घलेको निवास भत्काएको छ । सो निवासको नाम भद्रा कुमारी घले सदन राखिएको थियो । महानगरको टोलीले धोबीखोला किनारतर्फ रहेको भवनको पर्खाल डोजरद्वारा भत्काएको हो । अनधिकृत रुपमा सरकारी जमिनमा बनाइएकाले सो भवन भत्काइएको महानगरको टोलीले जनाएको छ ।
कक्षा १२ को नतिजा साउन अन्तिममा आउने
यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
सरकारमा सहभागी दललाई विश्वासमा लिने वातावरण बनाउनु जरुरी छ: उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति एवम् सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धनमा जोडिएका दललाई विश्वासमा लिएर जानसक्ने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो।
पहिरो प्रभावित परिवारका लागि बन्ने अस्थायी टहराको ‘डिजाइन’ तयार
मैवाखोला गाउँपालिकाले पहिरो प्रभावित परिवारलाई राख्नका लागि निर्माण गर्न लागिएको अस्थायी टहराको ‘ड्रइङ डिजाइन’ तयार पारेको छ। पहिरोको जोखिममा रहेको ओदक बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि निर्माण गर्न लागिएको अस्थायी टहरा (आवास घर) ड्रइङ डिजाइन तयार पारिएको हो।
कांग्रेस केन्द्रीय सदस्यलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ।
स्वीस टूरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगरपालिका छनोट
काठमाडौं महानगरपालिका ‘स्वीस टूटिजम अवार्ड २०२३ ’का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौं महानगरपालिका छनोट भएको पत्र पठाउँदै आयोजकले भनेको छन्, ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीहरूको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो ।
कावासोतीको नमुना सदरमुकाम कागजमै सीमित
साबिक नवलपरासीबाट छुट्टिएपछि २०७६ साल वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कावासोतीमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नमुना सदरमुकामको शिलान्यास गर्नुभएको थियो।
अनुदानको मल सहकारी अध्यक्षको ससुरालीमा
जिल्लाको शुद्धोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्थाले कृषकलाई वितरण नगरी अध्यक्षको ससुरालीमा पठाएको अवस्थामा फेला परेको हो ।
तीन वर्षसम्म खोजिएन लम्पीको रोकथाम,पशुधनमा चालिस अर्बको क्षति
नेपालका पशुमा ‘लम्पी स्किन’ रोग देखापरेको तीन वर्ष भयो तर यसबिचमा रोकथामको प्रभावकारी पहल हुन नसक्दा महामारीको रूप लिएको छ। नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका पशुमा लम्पी स्किन रोग देखिएको थियो। अहिले लम्पीले प्रभाव नपारेको कुनै जिल्ला छैन।
बागमती प्रदेशमा भाडा समायोजन ढिलाइ
पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर सोमबारदेखि लागु हुने गरी घटाइसकेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन प्रक्रियामा रहेको जानकारी दिनुभयो।
उपत्यकाभित्रका नदी करिडोरका बस्ती व्यवस्थापनमा गृह मन्त्रालयको पहल
गृह मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ ।
युवतीहरूबीच मुक्का हानाहान : एक पक्राउ, चार फरार
सुनसरीको राजावसस्थित सप्तकोसी नदीको स्पर (नोज) माथि स्थानीय युवतीहरुबिच भएको सामूहिक कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी चारजना फरार छन् । उनीहरूबिच एकको कुरा अर्काले खोलिएको विषयमा मुक्का हानाहान भएको थियो ।
प्रतिवेदन पेश नगर्ने दललाई २० हजारसम्म जरिवाना
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन बमोजिम लेखापरीक्षण प्रतिवेदन पेश एवम् समयभित्र सार्वजनिक नगरेका विभिन्न राजनीतिक दललाई जरिवाना तोकेको छ ।
अख्तियारद्वारा एक वर्षमा ७६० जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा विभिन्न अभियोगमा ७६० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।