मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन
कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यहाँ आयोजित सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री थापालाई सपथ गराउनुभएको हो ।
माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण नगर्ने
नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । माओवादी केन्द्रीय कमिटीको बैठक बुधवार दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा बस्दैछ ।
असोजभित्र सिंहदबारको प्रवलीकरण सक्न मन्त्री गुरुङको निर्देशन
सहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलीकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकियो, अर्को बैठक साउन १८ गते
संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ । मंगलबार अपराह्न ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निष्कर्षबिहीन बनेको हो ।
कोशीको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापाको दाबी
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले गठबन्धन दलको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको छ ।
कोशी प्रदेशका सभामुखको राजीनामा
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ। कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल दुई गठबन्धनमा आबद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने सम्भावना नभएपछि सरकार बनाउनकै लागि सभामुखले पदबाट राजीनामा गर्नुभएको हो।
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक मङ्गलबार अपराह्न ४ः३० बजेदेखि सुरु भएको हो ।
राप्रपा नेपाल र संयुक्त मोर्चाबीच एकता घोषणा
कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबिच पार्टी एकता घोषणा भएको छ। राष्ट्रिय सभा गृहमा एक औपचारिक कार्यक्रममार्फत एकता घोषणा भएको हो।
उपराष्ट्रपति यादवद्वारा मधेसलाई सुख्खाग्रस्तक्षेत्र घोषणा गर्न आग्रह
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ।
प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्मका लागि स्थगित
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
राष्ट्रपतिसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले शिष्टाचार भेट गर्नुभएको छ ।
कोशी प्रदेश सरकार गठनका लागि दाबी गर्ने गठबन्धनको तयारी
कोशी प्रदेश सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिनुभएको समय आज सकिँदैछ ।
व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाइने
निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत व्यावसायिक भवनले पार्किङ शुल्क लिएमा खबर गर्न काठमाडौँ महानगरपालिकाले सेवाग्राहीलाई आग्रह गरेको छ । महानगरपालिकाले त्यसका लागि सम्पर्क अधिकारीसमेत तोकेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निजी व्यावसायिक भवनमा पार्किङ शुल्क नतिर्न सेवाग्राहीलाई आग्रह गर्दै त्यस्ता भवन सञ्चालकले पार्किङ शुल्क लिएमा सम्पर्क अधिकारी नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तत्काल खबर गर्न बताउनुभयो ।
उपत्यकामा विशेष बस सेवा सञ्चालनबारे छलफल
काठमाडौं उपत्यकामा सार्वजनिक विशेष बस सेवा सञ्चानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुभएको छ ।
दृष्टिविहीनले गरे प्याराग्लाइडिङ
सोमबार दिउँसो प्याराग्लाइडिङ ल्यान्ड हुने ठाउँमा भिडभाड थियो । भीडकै माझ थिए, फरक खालका यात्रुहरू । दुई विदेशीसहित १० नेपाली दृष्टिविहीन प्याराग्लाइडिङमा कास्कीकोटको मान्द्रढुंगाबाट चढेर त्यहाँ उत्रिएका थिए ।
नेदरल्याण्ड पठाइने भनेर ४४ लाख ५० हजार ठगी गर्ने पक्राउ
नेदरल्याण्डमा वैदेशिक रोजगारीमा पठाइदिने भनेर पीडितहरूबाट ४४ लाख ५० हजार रुपियाँ ठगी गर्ने ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
घरभित्र पसेको व्वासे सर्प
दाङको घोराही उपमहानगरपालिका–१४ शिवमन्दिर टोलस्थित स्थानीयको घरभित्र व्वासे सर्प पसेको छ ।
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ मा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
सिकारलाई हानेको गोली लागेर सिकारी घाइते, तीन जना पक्राउ
सिकारलाई हानेको गोली लागेर कपिलवस्तुका एक सिकारी घाइते भएका छन् ।
नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र सूचना प्रविधि बन्नसक्छ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताउनुभएको छ ।
पाल्पाको कचलमा बाढीपहिरोले सात परिवार विस्थापित
केही दिनदेखि परेको वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१, कचलका सात घरपरिवार विस्थापित भएका छन् । कचलको विभिन्न स्थानका सात घरपरिवार पहिरोका कारण विस्थापित बनेका हुन् ।
माओवादी केन्द्रकाे विधान सम्मेलन मङ्सिरमा गर्ने प्रस्ताव
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टीको विधान सम्मेलन आगामी मङ्सिरमा गर्ने विषयमा छलफल भएको छ ।
पाकिस्तानमा राजनीतिक सभास्थलमा बम विष्फोट, ३५ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।
प्रधानन्यायाधीश नियुक्तिबारे शीर्ष तहमा छलफल
संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।