बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो जमिनमा गाजा खेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा राख्नुभएको छ ।
खाद्य कम्पनीले पाएन लक्ष्यअनुसारको धान
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले लक्ष्यअनुसार धान खरिद गर्न असफल भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यको करिब २० प्रतिशत मात्रै धान खरिद गर्न सकेको हो ।
चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्नुहुँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
थारु समुदाय उत्थान विशेष कार्यक्रम सञ्चालन
थारु समुदायलाई लक्ष्य गरी कृषि ज्ञान केन्द्रले अनुदानका विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘थारु समुदाय उत्थान विशेष कार्यक्रम’ अन्तर्गत उक्त केन्द्रले बसन्ते मकैखेती प्रवर्द्धन र बसन्ते तरकारीखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।
दूध किसानका समस्या समाधान गर्न पालिकासँग माग
इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । गाउँपालिकाले आयोजना गरेको ‘किसानका समस्या र समाधानका उपाय’ विषयक छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने समस्या समाधान गरिदिन पालिकासँग माग गरेका छन् ।
खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात
दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ ।
ओखलढुङ्गामा चार करोडको सुन्तला उत्पादन
ओखलढुङ्गामा यस वर्ष करिब चार करोड बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला खेती हुने जिल्लाको दुई सय ६७ हेक्टर क्षेत्रफलबाट करिब चार करोड सुन्तला उत्पादन भएको हो ।
म्याग्दीको सिङ्गा ठूलोखोलामा सामूहिक आलुखेती
बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् ।
गाउँमै बाली उपचार शिविर
कृषि ज्ञान केन्द्र कपिलवस्तुको आयोजनामा कपिलवस्त–९, केवलपुरमा एकदिने बाली उपचार शिविर सम्पन्न भएको छ । किसानले लगाएका विभिन्न किसिमका तरकारी बाली फल झर्ने, बोटका मुन्टा सुक्नेलगायतका समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो ।
आलु रोप्ने खेतमा आलु नै रोपियो
सरकारले दिएको अनुदान दुरुपयोग गरेर अघिल्लो वर्ष इँटा बनाएको खेतमा यो वर्ष आलु नै रोपिएको छ । आलु सुपर जोनका लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जग्गालाई इँटा बनाउन दिएपछि अघिल्लो वर्ष गोरखापत्रले प्राथमिकतासाथ समाचार प्रकाशित गरेपछि चौतर्फी आलोचना भएको थियो ।
किसानले गरे मकै र धानको बीउको मूल्य निर्धारण
गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो ।
बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने
बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२औँ संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० हुन लागेको हो ।
आधुनिक ढङ्गबाट कृषि उत्पादन वृद्धि गर्न आवश्यक : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढङ्गबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
श्रीमानलाई विदेशबाट घर फर्काउने सरिताको ट्रिक बन्यो तरकारी खेती
‘‘गाउँघरमा विदेश जाने लहर चल्यो । मेरो श्रीमान् पनि साथीहरूको लहलहैमा लागेर विदेश जानुभयो । मैले एक्लै कृषि पेसालाई थामेँ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थाल्यो । मेरो कमाई देखेर श्रीमान् विदेशबाट गाउँ फर्किनुभयो, अहिले सँगै कृषिमा रमाएका छौँ ’’ कृषक सरिताकुमारी शर्माले भन्नुभयो । अहिले सरिता र उहाँको श्रीमान् टेकनारायण आचार्य गाउँकै उदाहरणीय कृषक हुनुहुन्छ ।
म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ ।
धान उत्पादन वृद्धि
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा ४.३३ प्रतिशतले वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ । यो चालु आवमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष दुई लाख ३७ हजार ७६२ मेट्रिक टन धान बढी उत्पादन भएको छ । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो । धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले दाबी गरेको छ ।
मकै र धानको बीउको मूल्य निर्धारण
गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको समन्वयमा जिल्लास्तर खाद्यान्न बाली बीउ उत्पादक कृषक सञ्जालको बैठकबाट मूल्य निर्धारण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
स्ट्रबेरी खेती
नुवाकोटको ककनीमा व्यावसायिक रुपमा गरिएको स्ट्रबेरी खेती।
नगद अनुदानले बढ्यो कृषिजन्य उत्पादन
स्याङ्जाको फेदीखोला गाउँपालिकामा स्थानीय कृषि उत्पादन बढेको छ । कृषिजन्य उत्पादन गरी बेच्ने किसानलाई गाउँपालिकाले उत्पादन तथा बिक्रीको आधारमा १५ प्रतिशत नगद अनुदान दिँदै आएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
भारतीय छाडा चौपाया नियन्त्रण गर्न ५ हजार जरिवाना
झापाको मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका बासिन्दा रातको समयमा भारतबाट आउने जङ्गली हात्ती र दिनको समयमा छाडा चौपायाका कारण हैरानी बेहोर्न बाध्य भएका छन् ।
चिनी मिलमा उखु अभाव
सर्लाहीका चिनी मिलहरूमा उखुको अभाव भएको छ । बरहथवा भएको विवादका कारण प्रशासनले लगाएको निषेधाज्ञाले सवारीसाधन ठप्प भएपछि उखु अभाव भएको हो ।
सुन्तला बिक्री नहुँदा किसान मर्कामा
सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार नपाएपछि मर्कामा परेका हुन् ।
कृषकका लागि गाउँमै बाली उपचार शिविर
जिल्लाको कपिलवस्तु नगरपालिकाको वडा नंं ९ केबलपुरमा एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ । किसानले लगाएको विभिन्न किसिमका तरकारी बाली फलफूलको फल झर्ने, बोटका मुन्टा सुक्ने लगायतको समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो ।
कृषि उपकरणमा अनुदान
व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सुरु भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो ।