श्रीलङ्कामा खोजिँदै दुग्ध पदार्थको बजार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा बढी भएको दुग्ध पदार्थ बिक्रीवितरण गर्नका लागि श्रीलङ्काको बजार अध्ययन गरेको छ । कृषि मन्त्रालयले आफ्ना प्रतिनिधि पठाएर त्यसको अध्ययन गरेको हो । कृषि मन्त्रालयका सहसचिव मदन भुलेलको नेतृत्वमा गएका प्रतिनिधिमण्डल त्यहाँका पशु सेवा विभागलगायत अन्य सरोकारवाला निकायसँग छलफल गरेर फर्केको छ । श्रीलङ्का बजारमा दुग्ध क्षेत्रको निकै सम्भावना छ, त्यहाँको उत्पादनले ४० प्रतिशत मात्र धानिरहेका छन्, अरू बाँकी ६० प्रतिशत बाहिरबाट नै ल्याइरहेको कारण नेपालबाट निर्यात गर्न सकिने सम्भावना रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “दुग्ध पदार्थ क्षेत्रमा नेपालका लागि श्रीलङ्का राम्रो बजार हो ।”
चितवनका किसान नगदेबालीतर्फ आकर्षित
चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् ।
विपन्न किसानलाई साना सिँचाइ सुविधा
बाँकेको खजुरा र नरैनापुर गाउँपालिकाका ६ वटा गरिब किसान समूहलाई कृषि उत्पादन वृद्धिका लागि साना सिँचाइ सुविधा हस्तान्तरण गरिएको छ।
राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ
उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको लगाव घटेको छैन ।
आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती
आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन ।
छ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
मधेशका किसान उत्साहित
सरकारले मधेश प्रदेशका पाँच जिल्लामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित अगाडि बढाएको सुनकोशी–मरिण डाइभर्सनबाट सिँचाइ सुविधा पाउनेमा यहाँका किसान आशावादी देखिएका छन् ।
नार्क ऐन संशोधनका लागि प्रस्ताव
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नेपाल कृषि अनुसन्धान परिषद् (दोस्रो संशोधन) ऐन, २०८० स्वीकृत प्रव्रिmयाका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालसमक्ष प्रस्तुत गरेको छ । नार्कको ऐन, २०४८ अनुसार सञ्चालित रहेको छ । देश सङ्घीयतामा गइसकेको छ । त्यस अनुसार ऐन संशोधन गर्नुपर्ने देखिएकाले कृषिमन्त्री भुसालसमक्ष प्रस्तुत गरिएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले जानकारी दिनुभयो ।
कृषि तथा पशुपंक्षी नियमन एकाइ नाम मात्रका
पूर्वाधार र जनशक्ति नहुँदा गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले स्थापना गरेका कृषि तथा पशुपक्षी नियमन एकाइ कार्यालय निष्क्रिय बनेका छन् । प्रदेशमा भित्रने पशु तथा कृषिजन्य उपजको स्वस्थता परीक्षण एवम् नियमनका लागि आव २०७५/७६ मा तनहुँको आँबुखैरनी र स्याङ्जाको मालुङ्गामा ती कार्यालय खुलेका थिए ।
बगरखेती गर्ने किसानलाई अनुदान
कृष्णपुर नगरपालिका-२ बङ्क सालघारीमा बगरखेती गर्ने किसानलाई आज निःशुल्क अनुदानमा रासायनिक मल वितरण गरिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट ८० जना किसानलाई डिएपी रासायनिक मल वितरण गरेको हो ।
कुँडिएको मनले नै उखु बुझाउँदै किसान
उखुको मूल्यमा मन कुँडिइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला-१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (एभरेष्ट चिनी उद्योग)ले यसपालिको उखु क्रसिङ सुरु गरेपछि मूल्यमा चित्त नबुझे पनि किसानले उखु बुझाउन थालेका हुन् ।
बेनीमा सञ्चालनमा आयो कोल्ड स्टोर
म्याग्दीको बेनी नगरपालिका ४ मा निर्माण भएको कोल्ड स्टोर सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गरेर बेमौसमी रूपमा बिक्री गर्न सहज होस भनेर नगरपालिकाले कोल्ड स्टोर निर्माण गरेको हो ।
एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन
तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो ।
सुन्तलाको बोट सुक्दै गएपछि चिन्तामा कृषक
आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला कम फलेपछि किसान चिन्तित बनेका हुन् ।
बाख्रापालनबाट आम्दानी गर्दै पूर्णकुमार
फाकफोकथुम गाउँपालिका-४ इलामका पूर्णकुमार राई (दिपेन) ले छ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम-४ लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापलन व्यवसाय सञ्चालन गर्नुभयो ।
पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइसराइ
म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् ।
किसानका लागि बाँदर मुख्य शत्रु, ज्यान जोगाउनै मुस्किल
रेसुङ्गा नगरपालिका–१३ स्थानीयहरूको दैनिकी नै बाँदर धपाउने बन्न पुगेको छ । बारीमा लगाएको अन्नबाली घरमा ल्याएर राखेपनि घरभित्रै पसेर बाँदरले खाइदिने गरेपछि उनीहरूको दैनिकी नै बाँदर धपाउने बनेको हो ।
सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ
प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असहजता अन्त्य भएको छ ।
फापर खेती लगाउन किसानको मोह हराउन थाल्यो
ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ ।
बुढीचौरमा रैथाने बाली फापर सङ्कलन सुरु
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको न्यूनतम मूल्य निर्धारण गरेसँगै रैथाने बालीको खरिद सङ्कलनले तीव्रता पाएको छ ।
उखु किसानको बक्यौता रकम भुक्तानी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने ८० करोड रुपियाँ रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्षको बाँकी रहेको अर्बभन्दा बढी रकममध्ये ८० करोड रुपियाँ भुक्तानी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १ गते अर्थमन्त्री डा. प्रकाशरण महत, कृषिमन्त्री डा. वेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायत मन्त्रालयका सचिवसहितको छलफलमा उखु किसानले प्राप्त गर्ने अनुदान रकम भुक्तानी गर्न निर्देशन दिनुभएको थियो ।
रैथाने बाली जोगाउन बिउ बैङ्कको स्थापना
स्याङ्जामा रैथाने बाली जोगाउन बिउ बैङ्क (बिउ बिजन सङ्कलन तथा संरक्षण केन्द्र)को स्थापना गरिएको छ । पछिल्लो समय परम्परागत बाली लोप हुँदै जान थालेको भन्दै यसको संरक्षणका लागि वालिङ नगरपालिका-८ मा बिउ बैङ्कको स्थापना गरिएको हो ।
१६८ मुरी धान फलाएका किसान जोडीलाई ५० हजार पुरस्कार सहित सम्मान
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो ।
बिम्स्टेक कृषि सहयोग विज्ञ समूहको बैठक
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषि सहयोग विज्ञ समूहको बैठक नेपालमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न सो बैठकमा बिम्स्टेकका सदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलङ्का र थाइल्यान्डका प्रतिनिधि तथा बिम्स्टेक सचिवालयका प्रतिनिधिसहित ६३ जनाको सहभागिता रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिनुभयो । बिम्स्टेकको कृषि क्षेत्र समन्वय सबलीकरणका लागि तयार गरि