किसानले पाएनन् तरुलको भाउ
सुनसरी जिल्लाको महेन्द्रनगर, प्रकाशपुर, राजावास र भोक्राहाका किसानले तरुलको भाउ नपाउँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।
हिउँ र हिउँचितुवाको मारमा याक र चौँरी
हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आगमन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् ।
दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार
घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा हुनुहुन्छ । विगत २३ वर्षदेखि उहाँको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ ।
काभ्रेमा बृहत् कृषि-महोत्सव हुँदै
काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका संयुक्त आयोजनामा जिल्लाका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आउँदो फागुन ४ देखि ७ गतेसम्म बृहत् कृषि महोत्सवको आयोजना गरिने भएको हो ।
पोल्ट्री दिवसका अवसरमा ‘चिकेन एण्ड एग फेस्टिवल’
एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका-२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो ।
उखु किसानले पाए अनुदान रकम
सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम प्राप्त भएको छ ।
पूर्वशिक्षकको पशुपालन
कास्की जिल्ला, रुपा गाउँपालिका-६ भोर्लेका ७० वर्षीय तिलबहादुर खड्का गाउँ फर्केर व्यावसायिक पशुपालनमा रमाउन थाल्नुभएको छ ।
कृषि उपज बिक्री तथा सङ्कलन केन्द्र सञ्चालनमा नआउँदै भत्कियो
तनहुँको व्यास नगरपालिका-१० दुम्सीमा निर्माण गरिएको कृषि उपज बिक्री तथा सङ्कलन (हाट बजार) केन्द्र प्रयोगमा नआउँदै भत्किन थालेको छ । हाट बजारका लागि बनेको संरचना व्यवस्थित गर्न नसक्दा तीन वर्ष अघिदेखि अलपत्र अवस्थामा छ ।
यसरी पल्टिन्छ खुदो (फोटो फिचर)
कसैलाई केही फलिफाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ ।
इलामको एकै बगानबाट दश लाखको सुन्तला बिक्री
इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएको छ । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ ।
तोरी खेतीमा कृषककाे आकर्षण बढ्दो
झापा शिवसताक्षीका किसानमा तोरी खेतीमा आकर्षण बढ्दै गएको छ ।
कुखुरा फार्ममा आगलागी
झापा गाउँपालिका–३ फूलबारी टोलमा रहेको पोल्ट्री फार्ममा आगलागी हुदा १ हजार बोइलर कुखुरा र चारो जलेर नष्ट भएको छ । आइतबार राति स्थानीय मानबहादुर खड्काको कुखुरा फर्ममा आगलागी भएको हो ।
बन्द भयो चियाको उत्पादन
चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो ।
बजारीकरण गर्न सुन्तला महोत्सव
चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो ।
विदेशबाट फर्केर नाम र दाम कमाउँदै युवा कृषक
नवलपुरको बुलिङटार गाउँपालिका–४ देउरालीका ३४ वर्षीय लक्ष्य आले मलेसियामा चार वर्ष, कतारमा तीन वर्ष ९ महिना गरी ७ वर्ष ९ महिना विदेशी भूमिमा पसिना बगाउनुभयो ।
मौरीपालन व्यवसायमा जम्दै मानबहादुर
गुल्मीको गुल्मी दरबार गाउँपालिका –१, बलिथुमका मानबहादुर फुङ्जेली मौरीपालन व्यवसायमा हुनुहुन्छ । उहाँ बिहान उठेदेखि साँझ अबेरसम्म मौरीको हेरचाहमा व्यस्त रहने गर्नुभएको छ ।
तरकारी खेतीबाट पर्याप्त आम्दानी गर्दै बास्तोला
लगनशील हुने हो भने कृषि गर्न आफ्नै जग्गा चाहिन्छ भन्ने छैन, भाडामा लिएको जग्गाबाट पनि पर्याप्त आम्दानी गर्न सकिन्छ भनेर यहाँका एक कृषकले उदाहरण दिनुभएको छ ।
माछापालनतर्फ किसानको आकर्षण बढ्दो
पछिल्लो समय सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।
व्यावसायिक रूपमा मौरीपालन
दाङको तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका ४८ वर्षिय माधव केसीले व्यावसायिक रुपमा पालन गरेको उन्नत जातका मौरी । विगत डेढ दशकदेखि सो पेसा अङ्गालेका केसीले तीन जनालाई रोजगारी दिनुभएको छ ।
मौरी पालेर वार्षिक आठ लाख कमाउँदै केसी
तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित हुनुभएको छ ।
म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी
सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् ।
इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै
पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
झापामा पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती
झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि यहाँका किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।
गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण
सरकारले २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।