• १३ साउन २०८१, आइतबार

कुखुरा फार्ममा आगलागी

blog

लीलाराज खड्का

बिर्तामोड, पुस १६ गते ।  झापा गाउँपालिका–३ फूलबारी टोलमा रहेको पोल्ट्री फार्ममा आगलागी हुँदा १ हजार बोइलर कुखुरा र चारो जलेर नष्ट भएको छ । आइतबार राति स्थानीय मानबहादुर खड्काको कुखुरा फर्ममा आगलागी भएको हो ।

आगलागीबाट कुखुरा फर्ममा रहेका १ हजार बोइलर कुखुरा, २२ बोरा कुखुराको दाना र पोल्ट्र फर्म जलेर नष्ट भएको छ । स्थानिय इन्दिरा कटुवाल खड्काले सञ्चालन गरेको टु ब्रदर्स पोल्ट्री फर्ममा अचानक आगलागी भएको स्थानीयले जनाएका छन ।

आगलागीबा कुखुरा, दाना र पोल्ट्री फर्म पूर्णरुपमा जलेर नष्ट हुँदा करिब १५ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो प्रहरी, बारुण यत्र र स्थानीयवाशीले नियन्त्रणमा लिएका थिए । यता एक साताभित्रै यस क्षेत्रका अन्य दुई कुखुरा फार्ममा समेत आगलागी हुदा झण्डै थप एक करोडको क्षति भएको थियो। 

झापा गाउँपालिका ६ र कनकाई नगरपालिका ५ का दुई बोइलर कुखुरा फार्ममा समेत आगलागी भएको थियो । सबै कुखुरा फार्ममा अज्ञात समुहले आगजनी गरेको पीडित कुखुरा फार्म सञ्चालकको भनाइ छ ।