ढैंचा मल, रासायनिक मलको विकल्पमा उत्तम
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका किसान रामपुकार यादवले ढैंचा मलको प्रयोग गरेर धान रोपाइँ शुरु गर्नुभएको छ । उहाँ रासायनिक मलको विकल्पमा विगत तीन वर्षदेखि ढैंचा नामक बिरुवा उमारेर मलको रुपमा प्रयोग गरी धान र गहुँलगायत अन्नबाली उत्पादन गर्दै आउनुभएको छ ।
राष्ट्रपतिसँग कफी गफ
राष्ट्रपति भण्डारीले भन्नुभयो,‘हाम्रो देशमा विस्तारै कफी संस्कृति विकास भईरहेको छ । युवालाई कफी खेतीमा आर्कषण गर्न आवश्यक छ । बाँझो खेतबारीको सदुपयोग गरी खाद्यान्नमा आत्मनिर्भर बन्नु र आयात घटाउनु अहिलेको आवश्यकता हो ।’
केरा खेतीले फेरियो जिन्दगी
केरा खेती गरेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।
बागलुङमा सहज हुँदै रासायनिक मल
साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखि रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ ।
गुल्मीमा यस वर्ष ५७५ रोपनीमा फलफूल खेती
गुल्मीमा ५७५ रोपनी जग्गामा फलफूल खेती सुरु भएको छ । जिल्लामा थप एक सय रोपनी जग्गामा अन्य खेती गरी कुल ६७५ रोपनी क्षेत्रफलमा चक्लाबन्दी खेती सुरु भएको हो ।
किसानलाई मल पहिलो प्राथमिकता : नवनियुक्त कृषिमन्त्री यादव
नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
फोहोरबाट जैविक मल
जिल्लाका दुई पालिकाले फोहोर व्यवस्थापनमा नयाँ अभ्यासको सुरु गरेका छन् । घोराही उपमहानगरपालिकाले सड्ने फोहोरबाट बायो ग्यास र जैविक मल उत्पादन सुरु गरेको छ भने तुलसीपुर उपमहानगरपालिकाले जैविक मल उत्पादनका लागि परीक्षणमा रहेको छ ।
दुर्गम गाउँ पापुङका किसानलाई भैंसी वितरण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले दुर्गम गाउँ पापुङका किसानलाई उन्नत जातको भैंसी वितरण गरेको छ । गाउँपालिकाले शुद्ध दूध उपभोग साथै किसानको आयआर्जन वृद्धि गर्नमा सहयोग पुर्याउने उद्देश्यले किसानलाई उन्नत जातको भैंसी वितरण गरेको हो ।
कृषिको रैथाने संरक्षण अभियानमा अभियन्ता ढकाल
गाउँको उत्पादन शहरमा, रैथाने खाना घर–घरमा भन्ने अभियानकासाथ संरक्षणकर्मी तिलक ढकाल अहिले नेपालका विभिन्न जिल्लामा उत्पादित रैथाने वस्तुलाई शहरका उपभोक्ता माझ पु¥याउन व्यस्त हुनुहुन्छ ।
बाढीले अस्थायी पुल बगाएपछि स्थानीयलाई सास्ती
कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको पुल बाढीले बगाएपछि स्थानीयलाई सास्ती भएको छ । बिहीबार आएको बाढीले कृषि सडक अन्तर्गतको काठे पुल बगाएपछि स्थानीयलाई ओहोरदोहोर गर्न सास्ती भएको हो ।
पाल्पामा सिँचाइले फेरिएको जीवनशैली
सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् ।
घोडाघोडीले गर्यो उत्कृष्ट १२ कृषकलाई सम्मान
कैलालीमा बिहीबार १२ जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिकाले नगरका १२ वडाबाट एक एक जना किसान छनौटगरी उत्कृष्ट किसान लाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।
गुल्मीका भलामीलाई रहरले तान्यो च्याउखेतीमा
गुल्मी तम्घासकी कमला भलामीको दिनचर्या बिहान सुरु हुन्छ । उठेदेखि उहाँ च्याउ खेतीमा लाग्नुहुन्छ । उहाँका दिनचर्या यसरी नै बितिरहेको छ । उहाँले रेसुंगा नगरपालिका–८ खानीगाउँमा च्याउ खेती गर्दै आउनुभएको छ । भलामी फर्मको स्थापना गरी उहाँले व्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएको हो ।
बाढीपहिरोका कारण सिँचाइ कुलोसहित ६ घर जोखिममा
पर्यावरणीय अध्ययन विना बस्तीमाथि डोजरले जथाभावी सडक खन्दा आएको बाढी पहिरोले बैतडीको सिगसमा दुई वटा सिँचाइ कुलो बगाउनुका साथै ५० रोपनी खेत र छ वटा घर उच्च जोखिममा परेका छन् ।
प्लटिङका कारण अन्नबाली उत्पादनमा कमी आयो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढङ्गले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताउनुभएको छ । अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।
धान रोपेर रमाए बालबालिका
यलु जोशी काठमाडौं, असार १५ गते। हाम्रो संस्कृति हामीले बचाउनुपर्ने उद्देश्यले बालबालिकाले असार १५ गते हिलो खेल्दै धान रोपेर मनाएका छन्। राष्ट्रिय धान दिवसको अवसर विभिन्न स्कुलबाट आएका बालबालिकाले कोही धान रोपेर त कोहीले हिलो खेलेर रमाइलो गरेका हुन्। मध्यपुरथिमी लोकन्थलीस्थित भक्तपुर निस्ट माध्यमिक विद्यालयका स–साना बालबालिकालाई असार १५ र धानको महत्त्व बुझाउन रोपाइँ गर्न लगाएको विद्यालयको शिक्षिका साधना शर्माले जानकारी दिनुभयो। उहाँले बालबालिकालाई सानैदेखि नैतिक शिक्षाको आवश्यकता पर्ने भएकाले असार १५ मा धान रोप्न लगाएको बताउनुभयो। विद्यालयका शिक्षक ज्ञानु श्रेष्ठले बालबालिकालाई हामीले खाने खाना (भात) कसरी आउछ भन्ने बुझाउने उद्देश्यले रोपाइँमा सहभागी गराएको जानकारी दिनुभयो। किसानले कति मिहिनेतका साथ रोपाइँ गर्छन् भन्ने कुराको ज्ञान नयाँ पुस्तालाई सिकाउन रोपाइँ कार्यक्रम गरेको उहाँले प्रष्ट पार्नुभयो। स–साना बालबालिका पानी र माटोमा रमाएर धान रोप्न सक्रिय थिए। धान रोप्न सिकाउँदै गर्नुभएको सूर्जमाया द्वारेले हाम्रो संस्कृति र परम्पराको संक्षण गर्नका लािग यस्तो नैतिक शिक्षाको महत्त्व रहेको उल्लेख गर्नुभयो। बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ। रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई असारे गीत गाएर पोख्ने गरिन्छ। यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ।
इलामको समालबुङका कृषकद्वारा सडकमै रोपाइँ
इलाम नगरपालिकाको दुलालबेसीमा बेठी लगाएर खेतमा धान रोपी रहँदा इलामको सूर्योदय नगरपालिका ५ समालबुङका कृषकले सडकमै धान रोपेका छन् । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाएर किसानका खेतबारीमा धान रोपाई भैरहँदा सडकको कन्तबिजोग भोगेका समालबुङबासीले भने सडकमै धान रोपेर बिरोध जनाएका हुन् ।
पोखरामा रोपाइँ महोत्सव : हिलोमा रमाए पर्यटक
कृषकहरु मल बिउँको चिन्तामा रहेकाबेला पोखराका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकलाई सहभागी गराएर १७ औं असारे रोपाइँ महोत्सव मनाएका छन् । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूलनाराकासाथ पोखरा पर्यटन परिषद्ले आज महोत्सव आयोजना गरेको हो ।
कृषिका विद्यार्थीले मनाए धान दिवस
बुधबार बिहान ७ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२मा रहेको मेट्रो कलेजमा कृषि विषय पढ्ने विद्यार्थीहरु हिलाम्य खेतमा देखिए ।
बाँकेमा असार १५ सम्म पाँच प्रतिशत मात्र रोपाइँ
बाँके जिल्लामा यस वर्ष वर्षा ढिलो हुँदा १५ असार अर्थात धान दिवसका दिन बुधवारसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । सो कार्यालयका प्रमुख सागर ढकालकाअनुसार गत वर्ष धान दिवसको दिनसम्म पुग्दा जिल्लामा ४५ प्रतिशत रोपाई सकिएकोमा यस वर्ष वर्षा नहुँदा हालसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो ।
धानको उत्पादन वृद्धिका लागि जैविक विविधताको संवर्द्धन
बुधबार असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ विविध कार्यक्रमका साथ १९औँ धान दिवस मनाइँदै छ ।
सामुदायिक वन महासङ्घद्वारा जनप्रतिनिधिलाई सम्मान
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ ताप्लेजुङले स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ । जिल्ला महासङ्घले सामुदायिक वन क्षेत्रमा क्रियाशील रही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विभिन्न पदमा निर्वाचित हुने जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
हराउँदै गयो रोपाइँको मौलिकता : सुनिनै छोडे असारे भाका
लोकगायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजभोलि असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् ।
२७ अर्बको चामल र १५ अर्बको धान आयात
मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ ।