• १३ साउन २०८१, आइतबार

किसानलाई मल पहिलो प्राथमिकता : नवनियुक्त कृषिमन्त्री यादव

blog

नवनियुक्त मन्त्रीहरु पद तथा गोपनियताको शपथपछि सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै । तस्बिर : रासस

काठमाडौं, असार २० गते । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । 

सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैं मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनु भएको बताउनुभयो । उहाँले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिनुभयो ।

हाँले भन्नुभयो, ‘प्राथमिकता त सबभन्दा पहिले मलखादको अभाव छ । कृषकहरुले पाइराखेका छैनन् । त्यसैको लागि सबभन्दा पहिला मलखाद कसरी किसानहरुमा पुर्‍याउने सबभन्दा पहिला त्यही कुरा हो । विभिन्न कारणले मल ल्याउन सकिएन त्यो त हो तर मेरो प्रयास सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पुर्‍याउने हुन्छ ।’ मन्त्री यादवले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको शपथ लिनुभएको थियो ।