• १३ साउन २०८१, आइतबार

दुर्गम गाउँ पापुङका किसानलाई भैंसी वितरण

blog

दुर्गम गाउँ पापुङका किसानलाई उन्नत जातको भैंसी वितरण गरिँदै । तस्बिरः चन्द्र पन्दाक

ताप्लेजुङ, असार २० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले दुर्गम गाउँ पापुङका किसानलाई उन्नत जातको भैंसी वितरण गरेको छ । गाउँपालिकाले शुद्ध दूध उपभोग साथै किसानको आयआर्जन वृद्धि गर्नमा सहयोग पुर्याउने उद्देश्यले किसानलाई उन्नत जातको भैंसी वितरण गरेको हो ।

जिल्लाकै एक दुर्गम गाउँको रुपमा रहेको मिक्वाखोला गाउँपालिका–५ पापुङका किसानलाई आइतबार उन्नत जातको भैंसी वितरण गरिएको हो । चालू आर्थिक वर्ष २०७८-७९ को बजेटबाट गाउँपालिकाले उन्नत जातको भैंसी खरिद कार्यक्रमका लागि १७ रुपियाँ रकम विनियोजन गरेको थियो । सोही रकमले उन्नत जातको भैंसी खरिद गरी पापुङका ३० जना किसानलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले 

जानकारी दिनुभयो । कार्कीका अनुसार यसपटक भैंसी प्राप्त गर्न छुटेका किसानलाई आगामी आवमा वितरण गर्ने गाउँपालिकाको योजना रहेको छ ।