पौडीमा मंगलबार दुई कीर्तिमान
नवौँ राष्ट्रिय खेलकुदमा पौडी प्रतियोगितातर्फ मड्गलबार दुई राष्ट्रिय किर्तिमान कायम भएका छन् । पुरुष २ सय मिटर बटरफ्लाई हिट राउण्ड र ५० मिटर फ्रिस्टायलको हिट राउण्डमा कीर्तिमान कायम भएका हुन् ।
महिला लङजम्पमा जयरानीको कीर्तिमान
एथलेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । पोखरा रंगशालामा ५.५८ मिटर जयरानीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभयो ।
नौ वर्षीया छोरीकी आमा बिन्द्रालाई म्याराथनमा स्वर्ण
नौ वर्षीया छाेरीकी आमा, छ महिनाअघि मात्र म्याराथन खेलेकी । पहिलो पटक म्याराथनमा सहभागी र ३६ वर्षको ढल्कँदो उमेर । यी कारणले विन्द्राधन्के श्रेष्ठ देशारले नवौँ राष्ट्रिय खेलकुदमा महिला म्याराथनमा स्वर्ण पदक जित्छ भन्ने अपेक्षा कसैले गरेका थिएनन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अग्रता बढाउँदै आर्मी
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउदै लगेको छ । हालसम्म चार सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कांंस्य पदकसहित कूल एक २८ पदक हात पारिसकेको छ ।
महिला भलिबल : एपीएफ फाइनलमा
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय प्रतियोगीतामा खेलकुद विकास समिति भूमिकाविहीन
गण्डकी प्रदेशमा अहिले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जारी छ । प्रतियोगिताको आयोजक हो, राष्ट्रिय खेलकुद परिषद (राखेप) । प्रतियोगितामा स्थानीय पालिका, जिल्ला हुँदै प्रदेशबाट खेलाडी छनोट भइ अहिले राष्ट्रिय खेलकुदमा खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
जयरानीले जित्नुभयो तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान
गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
महिला भलिबल : पुलिस, एपीएफ, गण्डकी र बागमती सेमिफाइनलमा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन्
पदक तालिकामा आर्मीको अग्रता कायमै
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ ।