देशकै पुरानो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को पुरानो भवनमा विशिष्ट व्यक्ति (भिआईपी र भिभिआइपी) उपचार कक्षहरू लामो समयदेखि सुनसान छ ।
सरकारले मिडवाइफ (महिलालाई सम्मानजनक प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मी)को उचित नीतिगत व्यवस्थापन एवम् परिचालन गर्न नसकेको देखिएको छ।
नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक पाँच वर्षमा गर्ने सर्वेक्षणमा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घटेको देखाएको हो ।
सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै ‘बृहत् खोज र खोप अभियान’ सुरु गर्ने भएको छ।
वीर अस्पतालमा टेलिमेडिसिनबाट दैनिक ५० जनाले सेवा लिने गरेका छन् । अस्पतालको टेलिमेडिसिन विभागका मेडिकल अधिकृत डा.सञ्जय धरेलका अनुसार सेवा सुरु भएदेखि अहिलेसम्म २१२ जनाले सेवा लिइसकेका छन् ।
हाम्रो समाजमा महिनावारीको विषयमा खुलेर कुरा गर्न अझै पनि हिचकिचाउँछन् । महिनावारीको विषयमा खुल्न नसकेको हाम्रो समाजमा ललितपुर खोकनाका ज्ञान महर्जनले भने यस्तो सोचमा परिवर्तन ल्याउन लामो समयदेखि अभियान नै सञ्चालन गर्दै आउनुभएको छ ।
नेपालमा आर्थिक वर्ष २०७८/७९ मा ४५३ जना आयातीत औलोका बिरामी पुष्टि भएका छन् । औलो दिवसको अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्यक्रम गर्दै सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
अस्पतालमा कोरोना कहरको दोस्रो लहरमा सरकारले कोरोना नियन्त्रण गर्न नियुक्त गरिका २७६ कर्मचारी र अन्य एक सय भन्दा बढी गरेर करिब चार सय कर्मचारीले तलब नपाएको गुनासो बेलाबेलामा गर्ने गरेका छन्।
कान्तिबाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौँ लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति दिएर लैजानुपर्ने बताउनुभयो।
स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले उक्त खोप बुस्टरडोजका रूपमा प्रयोग गर्न नमिल्ने र अधिकांशले पहिलो डोज लगाएकाले खोप प्रयोगमा आउन नसकेको जानकारी दिनुभयो ।
केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ।
नेपालमा हेमोफिलिया 'रक्तस्राव'का बिरामीको अवस्था निकै दयनीय छ । वीर अस्पतालका रक्तरोग तथा रक्तक्यान्सर रोग विशेषज्ञ डा. नीरजकुमार सिंहले हेमोफिलियाका बिरामी आजीवन उपचारमा बस्नुपर्ने भएकाले उहाँहरूको जीवन अत्यन्त कष्टकर हुने बताउनुहुन्छ ।
गर्मी महिना सुरु भएसँगै विभिन्न किटजन्य रोग महामारीको रूपमा देखापर्ने गर्छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले यस्तो मौसममा किटजन्य रोग बढ्ने हुँदा सचेत रहन आग्रह गर्नुहुन्छ ।
ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी १.१६ डेल्टा भेरिएन्टसँग मिल्दाजुल्दो भएकोले सचेत रहन सरुवारोग विशेषज्ञले आग्रह गरेका छन्।
ललितपुरका २० वर्षीय पुरुष एक महिना अघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज भएर भर्ना हुनुभयो । अस्पतालमा भर्ना भएको चार दिनपछि उहाँको मृत्युभयो ।