स्वास्थ्य कार्यालय बाँकेले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न खोपको वितरणमा कुनै समस्या नरहेको जनाएको छ ।
मानसिक समस्या भन्नेबित्तिकै वयस्कलाई हुने समस्या भन्ने धेरैको बुझाइ छ । वयस्कलाई जस्तै बालबालिका तथा किशोर–किशोरीलाई पनि मनोरोगका समस्या हुने चिकित्सकहरू बताउँछन् ।
नेपालगन्जमा केही दिनयता दादुरा सङ्क्रमण तीव्ररूपमा फैलिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको ५, ७ र ८ नम्बर वडामा पुस १३ गतेदेखि फैलिएको दादुराबाट हालसम्म ६३ जना बालबालिका संक्रमित र एक जनाको मृत्यु भएको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाको तथ्यांक छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले नेपालमा कोरोना सङ्क्रमणदर कम हुँदै गए पनि संक्रमणको जोखिम कम भइनसकेको बताउनुभएको छ।
काठमाडौं उपत्यकालगायत देशैभरि जाडो बढ्दै गएको छ । जाडोबाट बच्न हामीले बाक्ला लुगा लगाउने, घाममा बस्ने, हिटर, आगो ताप्नेजस्ता उपाय अपनाउने गर्दछौँ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, बालबालिका र वृद्धवृद्धालाई यो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् ।
एक वर्षमा कोरोना सङ्क्रमणबाट ४२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक वर्षमा (सन् २०२२) मा ४२५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
काठमाडौँ, पुस १२ गते । पछिल्लो समय नेपालमा मुटु रोगीका बिरामीको सङ्ख्या बढ्ने क्रममा रहेको तथ्याङ्कले देखाएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार अस्पतालमा दैनिक रुपमा मुटुरोगका बिरामी बढ्दै गएको बताउनुहुन्छ । अस्पतालमा पेइङ र जनरल ओपिडीमा गरी सात सयभन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन् । जनरल ओपिडीमा पाँच छ सयको हाराहारीमा बिरामीले सेवा लिन्छन् भने पेइङ ओपिडीमा एक सय जना मुटुरोगीले सेवा लिने डा. अधिकारी बताउनुहुन्छ । आकस्मिक उपचार कक्ष (इमर्जेन्सी)मा ५० देखि ६० बिरामी आउने गर्दछन् । अस्पतालले चार वटा क्याथ ल्याब सञ्चालनमा छन् जसमा एक महिनामा एक हजारभन्दा बढीले सेवा लिने गरेका छन् ।उहाँका अनुसार अस्पतालमा विशेष गरी उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल युवा अवस्थामा हृदयघात र हार्ट फेलिएर (मुटुले रगत पम्प गर्ने क्षमता कम) भएका समस्या दिएर बिरामी आउने गर्दछन् । प्राय मानिसले मुटुरोग भन्नासाथ एउटा मात्र हृदयघात भन्ने सोच्ने गरे पनि मुटु रोग धेरै प्रकारका हुने डा. अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुटु एउटा पम्प हो यसले शरीरमा रगत पुर्याउने काम गर्छ । प्राय मानिसले मुटु रोग भन्न साथ हृदयघात भन्ने सोच्ने गर्ने गर्दछन् तर मुटु रोगका धेरै प्रकृतिका हुन्छन् । ”उहाँका अनुसार मुटुका रोगमा जन्मजात मुटुको रोग, धेरैजस्ता अवस्थामा मुटुको कोठामा प्वाल पर्छ, बाध मुटुको रोग पाँच देखि १५ वर्षका बालबालिकालाई ब्याक्टेरियाको कारणले गर्दा लाग्ने गर्छ । यसले पछि गएर मुटुको भल्बहरु बन्दा गराउने चिकित्सककाे भनाइ छ । त्यसका अतिरिक्त उच्च रक्तचाप, कोलेस्ट्रोल ,मधुमेह, हृदयघात मुटुको रोग, मुटुको चालसम्बन्धी रोगहरू, हार्ट फेलिएर [मुटुले रगत पम्प गर्ने क्षमता कम] रोग पर्ने डा. अधिकारीको भनाइ छ । विभिन्न कारणले गर्दा मुटुमा रोग लाग्ने चिकित्सक बताउँछन् । डा. अधिकारीका अनुसार बाथ मुटुको कारणले ब्याक्टेरियाको कारणले गर्दा हुने गर्छ । हृदयघात भनेको विभिन्न कारणले गर्दा हुन्छ । उच्च रक्तचाप भएका मानिसमा हृदयघात हुने सम्भावना बढी हुन्छ । सुर्तीचुरोट सेवन गर्ने मानिसलाई पनि हृदयघात हुने सम्भावना बढी हुन्छ । अस्वाथकर खानेकुरा, खराब जीवनशैली भएका मानिसलाई अन्य मानिसको तुलनामा बढी हुन डा अधिकारीको भनाइ छ । जाडोमा मुटु रोगका बिरामी बढ्नुका कारण ?जाडो बढेसँगै कतिपय बिरामीको उच्च रक्तचाप, छातीको इन्फेक्सन पनि बढ्ने गर्छ । इन्फेक्सन भएसँगै हाट फेलियरको समस्या भएका बिरामीलाई हार्ट फेलियरको लक्षण बढ्ने गर्छ । गर्मीको तुलनामा हृदयघातका बिरामी बढ्ने गर्दछन् । जाडोमा हृदयघातका बिरामी बढ्नुका विभिन्न कारण छन् । चिसोको बेलामा शरीरका साना साना नसाहरू खुम्चिने, इन्फेक्सनको सम्भावना बढ्ने हुन्छ, जाडो बढेसँगै सुर्ती चुरोट रक्सीको सेवन बढाउने हुँदा मानिसमा मुटुको समस्या बढ्ने डा. अधिकारीको भनाइ छ । जाडोमा मुटुको रोग बढ्न नदिन चिसोबाट बच्ने, न्यानो भएर बस्ने, सुर्ती चुरोट रक्सीको सेवन नगर्न चिकित्सकको सुझाव छ । जाडोमा मुटु रोगबाट बच्न स्वस्थकर खानेकुरा खाने, चिकित्सक सल्लाहमा औषधि नियमित सेवन गर्न र स्वस्थकर जीवनशैली अपनाउन डा.अधिकारीको सुझाव छ ।मुटुरोग भनेको के हो, जाडोमा मुटु रोग बढ्नुको कारण र यसको रोग थामका उपायमा केन्द्रित भई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री र मनोजरत्न शाहीले गरेको भिडियो संवाद :
चिसो मौसम बढेसँगै जाडोमा बालबालिकालाई धेरै स्वास्थ्य समस्या देखिने गर्दछन् । जाडोमा बालबालिकालाई रुघाखोकी, फ्लु, निमोनिया जस्ता सङ्क्रामक रोगले सताउने चिकित्सक बताउँछन् ।
जाडो मौसममा हाड जोर्नी दुख्ने, हातखुट्टा कक्रक र अररो हुनेजस्ता समस्या देखिन्छन् ।
जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । जाडोमा ब्याक्टेरिया र भाइरस सक्रिय हुने हुँदा विभिन्न स्वास्थ्य समस्या देखिने हुनाले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सका अनुसार जाडोमा मौसम परिवर्तनसँगै इन्फ्ल्युन्जाका र भाइरसका किटाणु सक्रिय हुन्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जाडो मौसममा सरुवा रोगमा श्वासप्रश्वास र पेट सम्बन्धी समस्या बढी देखिने बताउनुभयो ।
जाडो मौसममा देखिने स्वास्थ्य समस्या मध्ये इन्फ्लुएन्जा अर्थात् फ्लुले नेपाली जनजीवन प्रभावित बनेको छ । कोभिड कालमा केही कम भएको फ्लुको समस्या यो वर्ष पुनः देखिन थालेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
नेपालमा स्वास्थ्यमा विश्वव्यापी पहुँचसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्न सही दिशा नरहेको तथ्याङ्कले देखाएको छ ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका अनुसार निः सन्तानको समस्या महिला र पुरुष दुवैमा बराबर हुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो समाजमा महिलाका कारणले बच्चा भएन भनेर विभेद गरेको देख्न सकिन्छ ।
हरेक आमाबुवाको चाहना हुन्छ, आफ्नो बालबच्चा रुष्टपुष्ट (मोटो पुक्क परेको) हुन् भन्ने । मोटो बच्चा शारीरिक हिसाबले स्वस्थ हुन्छ भन्ने आम मानिसको बुझाइ छ । बालबालिका पुक्क परेको रुष्टपुष्ट राम्रो हुन्छ भनेर बस्दा कतै तपाईंका बालबालिका मोटोपनको सिकार त भएका छैनन् ? के तपाईंलाई थाहा छ ? मोटोपन एक प्रकारको कुपोषण हो । कुपोषणले दुब्लो मात्र होइन मोटोपनको समस्या निम्त्याउने चिकित्सक बताउँछन् । हाम्रो शरीरमा कार्बाेहाइड्रेड, प्रोटिन फ्याट, भिटामिन सबै प्रकारको प्रोटिन तìव आवश्यक हुन्छ । यदि शरीरमा आवश्यक पर्ने उक्त तìवको सन्तुलन बिग्रिएको खण्डमा बालबालिकामा मोटोपनको समस्या निम्तिन्छ । त्यसका अलवा प्रोटिनको कमीले पनि मोटोपन हुने गर्छ ।
देशैभर चिसो बढ्दै गएको छ । चिसोबाट बच्न हामीले विभिन्न उपाय अपनाउने गर्दछौँ । चिसोबाट बच्ने उपाय भनेको कोठा र शरीरलाई न्यानो बनाउन मकलमा आगो बाल्ने तथा हिटर बाल्ने र बाथरुममा ग्यास गिजरको प्रयोग गरेर नुहाउने चलन सहरी क्षेत्रमा छ ।