हाल विकसित कोरोनाविरुद्धको खोपले २४–२५ हप्तासम्म मात्रै रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ, त्यसैले सङ्क्रमणको जोखिम कम गर्न ६ वा एक वर्षमा बुस्टर डोज लगाउन जनस्वास्थ्यविदको सुझाव छ ।
नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजारभन्दा बढी पुगेका छन् । नेपाल मेडिकल काउन्सिलमा पुस १६ गतेसम्म दर्ता भएको तथ्याङ्क अनुसार नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजार ८० पुगेको हो । यी मध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन् ।
“नसासम्बन्धी रोग निको हुँदैन भनेर धेरैजना उपचारको दायरामा आउँदैनन् । नसासम्बन्धी रोग लाग्दैमा आतिहाल्नु पर्दैन समयमा नै उपचारको दायरामा आएमा धेरैजस्ता रोग पूर्णरुपमा निको हुन्छ ।”
संसारभर एक हजार जीवितै जन्मिएका शिशुमध्ये आठदेखि १० जनामा जन्मजात मुटुसम्बन्धी रोग फेला परेको अध्ययनले देखाएको छ ।
सरकारले फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन कार्यक्रम सुरु गर्ने भएको छ ।
गुल्मी निर्वाचन क्षेत्र न १ का सङ्घीय सांसद काँग्रेस नेता डा. चन्द्र भण्डारको बुद्ध नगर काठमाडौँस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा पोलेर उहाँ र उहाँकी आमा गम्भीर घाइते भई हाल कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ ।
नेपालमा पनि बुधबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 'जीवन रक्षा तपाईँको हातमा’ नारासहित बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउन अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई बालबालिकाको चिन्ह्र अङ्कित आयोडिनयुक्त नुन खान आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दुई बालबालिका अङ्कित आयोडिन भएको नुन सेवन गर्न आग्रह गरिएको बताउनुभएको हो ।
बच्चा जन्मिएपछि बिस्तारै शारीरिक तथा मानसिक विकाससँगै बौद्धिक विकास हुन्छ । हिँडडुल गर्ने, संवाद गर्ने, सामाजिक अन्तर्क्रिया गर्ने, सामाजिक व्यवहारहरू सिक्दै जाने बच्चाको सामान्य विकासक्रम हो ।
शरीरमा आयोडिनको मात्रा धेरै भएमा घाँटी, पेट पोल्ने, ज्वरो आउने, वाकवाकी लाग्ने, पखाला लाग्ने, नाडीहरु कमजोर हुने, ओयोडिनको मात्रामा धेरै भएमा 'कोमा'मा समेत जान सक्ने डा. काेइराला बताउनुहुन्छ ।
विश्वमा हरेक वर्ष विभिन्न रोगबाट लाखौँ नागरिकको ज्यान जान्छ। त्यसमध्ये क्यान्सर प्रमुख रोग हो। नसर्ने रोग भए पनि क्यान्सर विश्वव्यापी रूपमा मानव जातिकै लागि चुनौती बन्दै गएको छ। नेपालमा सबैभन्दा धेरै मानिसको मृत्यु नसर्ने रोगका कारणले हुने गर्छ।
नयाँ भेटिएका बिरामीमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ४० प्रतिशत अर्थात् ९१० जना कुष्ठरोगका बिरामी भेटिएका छन् । लुम्बिनी प्रदेशमा २५ प्रतिशत अर्थात् पाँच सय ८३ जना, प्रदेश नं १ मा तीन सय ४५ जना, सुदूरपश्चिम प्रदेशमा दुई सय पाँच जना, कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोगी भेटिएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।
विश्वमा हरेक वर्ष सात लाख २५ हजारमा पाठेघरको मुखको क्यान्सर लाग्ने गर्छ। नेपालमा महिलालाई लाग्ने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो।
पछिल्लो समय युवावस्थामा पनि हृदयाघात हुने सम्भावना बढ्दै गएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार हृदयघात भएर अस्पतालमा आउने मध्ये ४५ वर्ष नपुगेका १२ प्रतिशत युवा छन् ।