ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी १.१६ डेल्टा भेरिएन्टसँग मिल्दाजुल्दो भएकोले सचेत रहन सरुवारोग विशेषज्ञले आग्रह गरेका छन्।
ललितपुरका २० वर्षीय पुरुष एक महिना अघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज भएर भर्ना हुनुभयो । अस्पतालमा भर्ना भएको चार दिनपछि उहाँको मृत्युभयो ।
नेपालमा पनि छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ ।
राष्ट्रिय योजना आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा लगभग ४० प्रतिशतले कटौती गरेको छ ।
नेपालमा प्रतिलाख १५१ जना आमाको सुत्केरी अवस्थामा मृत्यु हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा मातृ मृत्यु हुने गरेको हो ।
नेपालमा ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा हुने गरेको पाइएको छ ।
सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको २८ महिना बित्दा समेत हालसम्म पनि कुनै पनि अस्पतालमा निमार्ण भइसकेका छैनन् ।
चिकित्सकका अनुसार बालबालिकामा पनि क्षयरोग हुन सक्छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा ३७ हजार ८६१ जनामा क्षयरोग पुष्टि भएका मध्ये जन्मेदेखि ४ वर्षका उमेर समूहका ८.७ प्रतिशतमा बालबालिकामा क्षयरोग पुष्टि भएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा नेपालमा ३७ हजार भन्दा बढी बिरामी थपिएका छन् । विश्व क्षयरोग दिवसको अवसर पारेर केन्द्रले एक कार्यक्रम गर्दै आर्थिक वर्ष २०७८-७९ मा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
पछिल्लो समय नेपालमा कुपोषण जनस्वास्थ्यको समस्या बन्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले जनसांख्यिक सर्वेक्षण २०२२ को प्रारम्भिक नतिजा अनुसार नेपालमा कुपोषण जनस्वास्थ्यको समस्या बन्दै गएको बताउनुभयो ।
मुखको स्वास्थ्यले हाम्रो अन्य अङ्गको स्वास्थ्यलाई पनि असर पार्ने हुँदा मुखको ख्याल गर्न चिकित्सकको सुझाव छ । वरिष्ठ कन्सल्टेन्ट डा. प्रकाशराज न्यौपानेले नेपालीले खैनी, चुरोट, गुट्का बढी सेवन गर्ने भएकाले नेपालीको मुखको स्वास्थ्य खराब नराम्रो भएको बताउनुभयो ।
पछिल्लो केही समय यता भारतमा ‘एच थ्री एन टु’ फ्लु व्यापक रूपमा फैलिरहेको छ । एच थ्री एन टु फ्लुबाट केही मानिसको मृत्यु पनि भएको विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा अङ्गदानसम्बन्धी जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिने दाबी गर्नु भएको हो ।
केही दिन अघि चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । अस्पतालमा उपचारका लागि लगिएका ३० देखि ४० प्रतिशतमा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको थियो ।
कतिपय यस्ता रोग छन् जुन महिलालाई मात्रै लाग्ने गर्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार महिलालाई देखिने प्रमुख समस्या सेतो पानी बग्ने, यौन अङ्गको सङ्क्रमण हुने, महिनावारी गडबडी हुने, पाठेघरमा ट्युमर, शिष्टहरू पलाउने हुन् ।