भूमिको दिगो व्यवस्थापन गर्ने लक्ष्यका साथ भूउपयोग नीति २०६९ पुनरवलोकन गरी भूउपयोग नीति २०७२ तर्जुमा गरिएको थियो । मानव जाति र भूमिको अन्योन्याश्रित सम्बन्ध रहेको हुँदा यसको संरक्षण, प्रभावकारी व्यवस्थापनसाथै दिगो उपयोगका लागि आवश्यक पहल गर्न नेपाल सरकारले भूउपयोग नीति जारी ग-यो ।
कैलालीका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिकाले चार वर्षमा एक अर्ब सात करोड ४८ लाख ६० हजार ४४ रुपियाँ रकम भौतिक पूर्वाधार विकासमा खर्च गरेको छ । सो रकम पक्की पुल, झोलुङ्गे पुल, सडक कालेपत्रे, सडक ग्राभेल, कल्भर्ट निर्माण, तटबन्धन निर्माण, खानेपानी, सामुदायिक भवन, मन्दिर निर्माण, पार्क निर्माण, डिप बोरिङ निर्माण, पक्की नाली निर्माण, पक्की पर्खाल निर्माण, गेट निर्माण, सार्वजनिक शौचालय र खेल मैदान निर्माणमा खर्च भएको हो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले प्रदेशभित्रका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’को व्यवस्था गरिने बताउनुभएको छ । आइतबार धुलिखेल अस्पतालको २५औँ वार्षिकोत्सव कार्यक्रमअन्तर्गत आयोजना गरिएको ‘बेसिक लाइफ सपोर्ट डे’ कार्यक्रममा मन्त्री लामाले प्रदेशभित्रका सबै माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरिने बताउनुभएको हो । मन्त्री लामाले प्रदेश सरकारले हालस
प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया पुनस्र्थापनाका काम–कारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । कमैया मुक्ति घोषणा भएको २२ वर्षपछि पनि मुक्त कमैया पुनस्र्थापनाको काम सम्पन्न हुन नसकेको भन्दै सरोकारावाला सबै मन्त्रालयलाई तत्काल पुनस्र्थापनाका बाँकी काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा ‘गैया बेह्रने’ प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो ।
नेपाल कमैया मुक्त देश घोषणा भएको २२ वर्ष पुरा भएको छ । कमैया मुक्तिसँगै पुनःस्थापनाका लागि तत्कालिन सरकारले २०५७ साल साउन २ गते देशलाई कमैया मुक्त घोषणा गरेको थियो ।
दैलेखमा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको आठबिस नगरपालिका–१ की डम्मकुमारी थापाको नेपाली सेनाको हेलीकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । सुत्केरी ब्यथाले च्यापेपछि थापालाई सात्तला स्वास्थ्य चौकीमा बिहान ६ बजे स्वास्थ्य संस्थामा लगिएको थियो ।
किरात एकेडेमीले विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङमय र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहासलाई संयुक्तरुपमा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रहरीले काठमाडौंको नक्सालस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबारका लागि तय भएको बैठक स्थगित भएको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको एन्फाले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओबीच शिष्टाचार भेट भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उहाँहरुबीच दुई देशको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोगका विषयमा कुराकानी भएको अध्यक्ष ओलीको निजी सचिवालयले जानकारी दिनुभयो ।
साउन महिनाको पहिलो सोमबार कपिलबस्तुकोे शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । कपिलबस्तु सदरमुकाम तौलिहवास्थित रहेको तौलेश्वरनाथ मन्दिर, बाणगंगाको लक्ष्मणघाट, शिवराजको धानखोलास्थित शिव मन्दिरमा विशेष पूजा गरिन्छ ।